शनिबार, वैशाख १५, २०८१

स्वर्गिय जोशिको तेह्रौं पुण्य तिथिमा श्रद्दान्जली सभा

नेपालप्लस समाचार २०७७ चैत २४ गते २३:५१


बेल्जियम- जनसंपर्क समिती बेल्जियमले नेपाली कांग्रेसका नेता स्वर्गिय नविन्द्रराज जोशीको तेह्रौं पुण्य तिथिमा श्रद्दान्जली सभाको आयोजना गरेर शोक ब्यक्त गरेको छ । भर्चुअल माध्यमद्वारा गरिएको कार्यक्रममा जनसम्पर्क समिती बेल्जियमका संस्थापक अध्यक्ष ध्रुब पौडेल, निबर्तमान अध्यक्ष शुभाष जोशी लगायत समितीका पदाधिकारी तथा सदस्य एवं सल्लाहकारहरुले श्रद्धान्जली ब्यक्त गरेका थिए । जनसंपर्क समिती बेल्जियमका सभापति सिता सपकोटाको सभापतित्वमा भएको सभामा वक्ताहरुले स्वर्गिय जोशिको योगदानको चर्चा गरेका थिए । गत मार्च २६ तारिख पक्षघातका कारण नर्भिक अस्पातलमा उनको निधन भएको थियो । जोशीले २०५२ सालमा गणेशमान सिंहको अध्ययन र अनुसन्धान गर्न अध्ययन प्रतिष्ठान खोलेर गणेशमान सिंहको जीवनीमा आधारित वीर गणेशमान चलचित्र समेत निर्माण गरेका थिए। गणेशमान सिंहका अनुयायी जोशी २०६४ र ७० को संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–८ बाट संविधानसभा सदस्यमा निर्वाचित बनेका थिए । उनी नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत थिए ।

तपाइँको प्रतिक्रिया