मंगलबार, वैशाख ७, २०७८

सिंगो गाउँमा ११ वर्ष देखि एक्लै बाँचिरहेको मानिस

आन्द्रेइ तापालागा२०७७ चैत २७ गते ५:०६

सन् २०१६ मा खिचिएको लिउ शिन्हिजाको फोटो, (Source: CEN)

चीन विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको देश भनेर चिनिन्छ । करीव १४ अरब मानिससँग (विश्वको जनसंख्याको १८%) तपाईंले कल्पना गर्नुहुनेछ कि देश एकदमै भीडले भरिएको छ । यद्यपि यस सुन्दर देशभित्र धेरै हलचल मच्चाउने शहरहरू छन् । त्यहाँ केही गाउँहरू छन् जसलाई संसारले बिर्सिएको छ र बिस्तारै छुट्टिएको छ समाजबाट ।

यद्यपि, प्रायजसो घटनाहरूमा त्यस्ता गाउँ र तिनीहरू भित्रका गाउँलेहरू हुन् जसले आफ्नो सरल जीवनलाई प्राविधिक प्रगति वा अन्य आधुनिक बर्चस्वले पार्ने नकारात्मक प्रभावबाट बचाउनको लागि समाजबाट अलग राख्छन् ।

एक जना मात्रै बस्ने सिंगो गाउँ

लिउ शिन्हिजाको घर (Source-CEN)

यही विचार लियू शेनिजालाई पनि लागू हुन्छ जसले सन् २००६ मा सबैले गाउँ परिवर्तन गर्ने छनौट गर्दा उनले आफू जन्मिएको गाउँमै बस्न रोजेका थिए । यो गाउँ उत्तरी चीनको गान्सु प्रान्तस्थित सोंगबाई गाउँमा पर्ने सुएहान समूदायको कोम्मुनेमा अवस्थित छ ।

सन् २००० को शुरुमा गाउँमा २० भन्दा बढी परिवारहरू थिए । किनभने त्यो गाउँले उनीहरूका बच्चाहरूको कुनै भविष्य देखाएन । गाउँ यति टाढा छ कि नजिकको पसल पुग्न करिब २० माईल हिँड्नुपर्छ । यस क्षेत्रमा कुनै फोन सम्पर्कसमेत छैन ।

गाउँ पहाडहरूको खोंचमा अवस्थित भएकोले जीवनशैली धेरै गाह्रो छ । गाउँमा बसोबास गर्ने अधिकांश मानिसहरू कि त किसान वा गोठालाहरू थिए । ति आफ्नै जग्गामा बसोबास गर्थे । जमिनको आम्दानीमै जिवन निहित थियो । किनभने त्यस गाउँ वरपर कुनै रोजगार थिएन । गाउँको नजिक अन्यत्रपनि रोजगार पाइन्थेन । चट्टानी इलाकाहरूको कारणले गाउँ जान धेरै गाह्रो छ ।

चीनका धेरै गाउँहरू यस्तै समस्याबाट पीडित छन् । त्यसैले अधिकांश गाउँलेहरू या त सुख, सुविधा र सभ्यता भएको नजिकको गाउँमा बसाई सर्न चाहान्छन् वा शहरतिर जान चाहन्छन् ।

सन् २००६ मा बाँकी रहेको गाउँ नछोड्ने लिऊको छनौट वास्तवमै बाध्यकारी जस्तो थियो । उनको विकल्प थिएन । किनकि ऊनी आफ्नी बिरामी आमा र भाइको कारणले हात बाँधिएका जस्तै थिए । किनकि यात्रा गर्न सक्षम नहुँदा ति ओछ्यानको ओछ्यानमै सिमित थिए ।

सन् २०१० सम्म लियुको जीवन त्यति खराब थिएन । किनकि उनले आमा र भाइको साथ पाएका थिए । सन् २०१० मा उनीहरू दुबैको मृत्यु भयो । तिनले लिउलाई गाउँमा एक्लै छोडेर गए । गाउँले दिएको साधारण जीवनमा उनी यति व्याकुल थिए कि उनले त्यसलाई कहिल्यै छोड्न मानेनन् ।

एकांकीपनको सामना गर्दै

सन् २०१६ मा उनको अन्तर्वार्ता लिने पत्रकारहरूले पहिले उनलाई एक्लै बस्न धेरै गाह्रो भएको उल्लेख गरे । विशेष गरी रातको समयमा ब्वाँसोहरू गाउँ वरिपरि कराइरहेका हुन्थे । एकाकीपनको सामना गर्न उनले केहि भेडा र साथी संगतीकोलागि कुकुर पाले ।

लिउ शिन्हिजाको ढलेको कौसी (Source-CEN)

सन् २०११ मा आएको आँधीबेहरीले उनको घरको कौसी ढाल्‍यो । त्यसपछि उनी गाउँको अन्य बिभिन्न घरमा सरे । उनले भबे कि यसले केही फरक पार्दैन । गाउँलाई सबैले परित्याग गरेकोले जे छोडिएको छ त्यो सिंगो गाउँ आफ्नो अधिकारमा पर्छ । निष्पक्ष हुनका लागि उनले सोचे, ‘म तिनीहरू जस्तो होइन जसले पुरानो घरहरू छोडे, पछाडि परिरहेका गाउँ छोडेर अन्यत्र लाग्छन् ।’

यदि कसैसँग ऊनको मानविय संपर्क हुन्छ भने आफ्नो गाउँ पर, निकै परको बजारमा आफ्नो भेंडा बेच्न जाँदा मात्रै हुन्छ । उनले नजिकको स्टोरबाट केही सामानहरू किन्छन् । तर उनी जग्गा जमिनको कुनै समस्या बिना बस्न सक्छन्।

उनी त्यस क्षेत्रका एकमात्र व्यक्ति भएकोले सरकारले उनलाई स्थानीय वन संरक्षकको रूपमा काम दियो । त्यहाँ उनले गैरकानुनी रूपमा रूखहरू काट्न जंगल वरपर कोही पनि जान नपाउने कुराको सुनिश्चित गर्नुपर्दछ ।

यस कामबाट उनले एक महिनामा ७०० युआन (१०० डलर) कमाउँछन् । पैसा उनको लागि वास्तवमै महत्त्वपूर्ण छैन । किनकि उनीसँग खर्च गर्ने धेरै बाटो र ठाउँपनि छैन । न त उनी धनी हुन चाहन्छन् ।

वरिपरिका सबै भौतिक चीजहरू हुँदाहुँदैपनि उनको आँखामा देख्न सकिन्छ कि कसरी यति धेरै वर्षसम्म एक्लो रहनुले उनलाई असर गरेको छ । “परिवार बाहेक अरु कसैको मतलव छैन” लिउ शेन्हिजा भन्छन् ।

उनी यस्ता व्यक्ति हुन् जसले जीवनलाई धेरै साधारण जस्तो देख्दछन् । उनले केको लागि एक्लो बनेकोपनि बुझ्छन् । यस महामारीको कारण हामीमध्ये धेरैले एक्लोपनको स्वाद पाएका छौं । तर केहि मान्छेकालागि त्यो एक्लोपन अझ धेरै एकान्तिक बनेको पक्कै छ । लियुले हामीलाई मितव्ययी जीवनबाट जिउने महत्त्वपूर्ण पाठहरू सिकाउँछन् जुन उनी विगत ११ वर्षदेखि बाँचिरहेका छन् ।

यो उनको जीवनमा केहि पूरा गर्नुको सट्टा, केहि कमाउनु, जोड्नु र ठूलो सफलता प्राप्तीको सट्टा आध्यात्मिक रूपमा सम्पन्न हुनुको सोचको परिणाम हो । हामी सबै आफ्नो लागि नाम कमाउने दिशामा काम गरिरहेका छौं । तर कहिलेकाँही हामीले वास्तवमै जीवनको लागि यो बिर्सिदिन सक्छौं त्यो के हो, यो सारा नाम कमाउने दौडधुप केका लागि हो ?

(हिस्ट्री अफ यस्टरडे डटकममा प्रकाशित आलेखलाई नेपालप्लस डटकमले भावानुवाद गरेको हो-संपादक)

तपाइँको प्रतिक्रिया

फेसबुक