शुक्रबार, चैत १६, २०८०

बेलायती राजाकुमार फिलिपको निधन

नेपाल प्लस२०७७ चैत २७ गते १४:२४

बेलायती महारानी एलिजावेथ द्वित्तिएका पती राजाकुमार फिलिपको ९९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । बकिंघम प्यालेसले बिज्ञप्ती जारी गरेर राजाकुमार फिलिपको निधन भएको पुष्टी गरेको छ ।

बिज्ञप्तीमा महारानी एलिजावेथले आफ्ना प्रिय पति शाही राजाकुमार एडिनबर्गको ड्यूकको मृत्युको भएको भोषणा गर्नुभएको उल्लेख छ । तर अन्तिम संस्कारका वारेमा अझै प्रष्ट पारीएको छैन । राजकुमारी एलिजावेथ महारानी बन्नु पाँच वर्ष अघी सन् १९४७ मा यिनिहरुको विवाह भएको थियो ।

बीबीसीले राजाकुमार फिलिप र महारानी एलिजावेथको जोडीलाई बेलायतकै ईतिहासमा सबैभन्दा लामो समय सेवा गर्ने शाही दम्पती भनेको छ । यि दम्पतिका ४ जना छोराछोरी, ८ जना नातिनातिना र १० जना पनाती पनातिनी छन ।

तपाइँको प्रतिक्रिया

फेसबुक