बिहीबार, चैत १५, २०८०

एनआरएनद्वारा हिसाब किताब सार्वजनिक

नेपालप्लस संवाददाता / पेरिस२०७७ चैत २७ गते १६:२७

गैर आवाशिय नेपाली संघले पौष मशान्तसम्मको आफ्नो सम्पूर्ण हिसाब किताव सार्वजनिक गरेको छ । हरेक ३ महिनामा हिसाब सार्वजनिक गर्ने प्रतिवद्धता अनुसारनै कार्य गरिएको संघले जनाएको छ ।

संघको वेभसाइट मार्फत प्रकाशित विवरणमा आर्थिक आयब्ययका साथै लाप्राक वस्ती निर्माण, आइएलओको सहयोगमा संचालित उद्दार कार्यक्रम साथै कोभिड- १९ का सन्दर्भमा संघले गरेका आर्थिक कृयाकलाप पनि समावेश गरिएको छ ।

शुक्रबार सार्वजनिक गरिएको पुष मसान्तसम्मको रिपोर्टमा सबै खाले आर्थिक कारोबारहरु समेटिएका छन । त्यसमा गैर आवाशिय नेपाली संघको चल्ती र बचत खातामा गरेर ४ करोड ७८ लाख ब्यालेन्स छ भने संघ लगभग २५ करोड घाटामा छ ।

संघका अनुसार लाप्राक बस्ती निर्माण, आफ्नै भवन निर्माण र शंखमुल पार्क निर्माण गर्दा कारीव २५ करोड रुपैयाँ अपुग भएको छ । अपुग रकम परिपुर्तीका लागि अन्य कोषहरु प्रयोग गरिएको जनाइएको छ ।

संघले आर्थिक पारदर्शिता र अनुशासन कायम गर्न हरेक तीन महिनामा आर्थिक प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्दता अनुसार यो प्रतिवेदन आएको हो । संघका कोषाध्यक्ष महेश श्रेष्ठ भन्छन- “संघ संस्थामा आर्थिक पाटो निकै महत्वपूर्ण हुन्छ । त्यसले पनि यो पक्ष पारदर्शी हुनु जरुरी छ ।”

उनका अनुसार बिभिन्न देशमा रहेका एनसीसीहरुले पनि अब हरेक ४ महिनामा आफ्नो आर्थिक प्रतिवेदन केन्द्रलाई बुझाउनेपर्ने छ । श्रेष्ठले गैर आवाशिय संघलाई आर्थिक हिसावले दिर्घकालिन रुपमा सवल बनाउनका लागि संघले हालै ल्याएको १० अर्व लगानी कोषबाट भएको फाईदाको १ प्रतिशत रकम एनआरए फाउन्डेशनमा जानेछ । त्यहीँबाट सम्पूर्ण आर्थिक गतिविधी हुनेछन् । संघले निकट भविष्यमा एनआरएनए फाउन्डेशन स्थापना गर्दै छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक