मंगलबार, वैशाख ४, २०८१

नर्वेकी प्रधानमन्त्रीलाई कोरोनाको नियम उल्लंघन गरे बापत जरिवाना

नेपालप्लस समाचार डेस्क२०७७ चैत २८ गते १४:०४

कोरोना खोप विरुद्ध आफ्नै सरकारले बनाएको नियम उल्लंघन गरे बापत नर्वेकी प्रधानमन्त्री यर्ना सोल्बर्गलाई नर्वेजियन पुलिसले जरिवाना तिराउने निर्णय गरेको छ ।

सरकारले १० जना भन्दा बढि जम्मा हुन नपाउने नियम बनाएकै बेला ६० वर्ष पुगेको जन्मदिनमा प्रधानमन्त्रीले सोल्बर्गले परिवारसँग शहर भन्दा टाढाको रिसोर्टमा भोज गरेकी थिइन् ।

नर्वेजियन पुलिसका प्रमुख ओले सेभोर्डले पत्रकार सम्मेलन गरेर भनेका छन् ‘जसले नियम बनायो, उसैले उल्लंघन गरेपछि जनतामा शान्ति सुरक्षा कसरी कायम गर्ने ? कानून सबैको लागि एक हुन्छ भन्ने सन्देश दिन पनि हामीले यो निर्णय लिएका हौं ।’

उनका अनुसार अब प्रधानमन्त्री सोल्बर्गले कानून उल्लंघन गरेबापत २० हजार नर्वेजियन क्रोनर अर्थात् २३ सय ५२ डलर जरिवाना तिर्नुपर्नेछ । यसबारे प्रधानमन्त्रीको कार्यालय मौन छ ।

फरबरीको अन्तमा भएको सो भोजमा प्रधानमन्त्रीका श्रीमान् सहित परिवारका १३ जना सदस्य जम्मा भएका थिए । पुलिसले भोजमा सामेल उनका श्रीमान् र भोजको बन्दोबस्त गर्ने रिसोर्टलाई भने कारवाही नगरेको रोयटर्सले उल्लेख गरेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक