बिहीबार, चैत १५, २०८०

महिला स्यानटरी प्याडको विषयमा स्विसभरी छलफल

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७७ चैत २८ गते १७:३८

कोरोनाको महामारीको विषयमा गर्मागर्मी बहस भइरहेको बेला स्विजरल्याण्डमा महिलाहरुले प्रयोग गर्ने स्यानटरी प्याडको विषयमा बहस र वादविवाद भैरहेको छ ।

ग्रिन पार्टीको अगुवाइमा संसदमा प्रवेश पाएको स्यानटरी प्याडको विषयमा जनमत विभाजित हुन पुगेको छ । सार्वजानिक स्थलहरु, नियमित गैरहनुपर्ने कार्यालय, स्कूल, कलेजहरुमा स्यानटरी प्याड निःशुल्क प्रयोग गर्ने प्रबन्ध मिलाउन ग्रिन पार्टीका सांसदहरुले माग गरेपछि वादविवाद वडासम्मै आइपुगेको हो ।

संघियता भएको हुनाले केन्द्रिय संसदले पास गरेर मात्रै यो विषय लागू गर्न प्रदेश सरकारहरु बाध्य हुँदैनन् । प्रदेश सरकारहरुको आफ्नै विचार र नीति हुन्छ । प्रदेश संसदबाट पास नभै लागू नहुने हुँदा तल्लो तहमै बहसको विषय बनाइएको छ ।

स्विस कर कार्यालयको नियम अनुसार स्यानटरी प्याडलाई उच्च सुविधायुक्त अर्थात् लक्जरियस सामानको सूचीमा राखेर कर लिने गरिएको छ । सँगै विवाद पनि चलिरहेको छ कि स्यानटरी प्याड कसरी उच्च सुविधाको निम्ति प्रयोग हुने साधन भयो ? यही करको निहुँ बनाएर लुर्सनको प्रदेश सरकारले निःशुल्क स्यानटरी प्याड उपलब्ध नगराउने निर्णय गर्यो । अरुहरुले पनि निर्णय गर्दैछन् ।

जेनेभाको हकमा भने उपलब्ध गराउनु महिला अधिकारको मात्रै सम्मान हुने होइन उनीहरुको स्वास्थ्यमा सकारात्मक सहयोग पुग्ने भएकोले स्यानिटरी प्याड उपलब्ध गराउने विषयमा सकारात्मक अभियान चलिरहेको छ ।

स्विजरल्याण्डसँग जोडिएको फ्रान्सका नगरहरुमा निःशुल्क स्यानिटरी प्याड अभियान चलिरहेको असर स्विसमा पनि परेको हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक