शुक्रबार, वैशाख १४, २०८१

म्यानमारको अर्थ मन्त्रालयद्वारा ८० भन्दा बढि कर्मचारी बर्खास्त

नेपाल प्लस२०७७ चैत ३० गते ०:१५

Source-myanmar-now.org

म्यानमारको सैनिक सरकारले आइतवार अर्थ मन्त्रालयका ८० भन्दाबढि कर्मचारीलाई बर्खास्त गरेको छ । नागरिक अवज्ञाकारिता आन्दोलन (सीडीएम) मा संलग्न रहेको आरोपमा तिनलाई जागिरबाट बर्खास्त गरेको हो ।

त्यहाँको अर्थ मन्त्रालय पूर्व सैनिक अफिसर उङ नाइङ ऊले नेत्रित्व गरेका छन् । म्यानमार नाउ अनलाईनका अनुसार लगानी र वैदेशिक आर्थिक सम्बन्ध मन्त्रालय (अर्थ मन्त्रालय) का ८० जना कर्मचारीलाई बर्खास्त गरिएको हो । तिनको उद्देश्य म्यानमारको सैनिक शासनलाई पतन गर्नु रहेको छ ।

अर्थ मन्त्रालयका प्रमुख पूर्व सैन्य प्रमुख उङ नाइङ्ग ऊले आइतवार ८३ जनालाई बर्खास्त गरेको म्यानमार नाउले उल्लेख गरेको छ । उक्त अनलाईनका अनुसार फर्वरी १ ​​मा सैनिक कु भएको भोलिपल्टै ऊलाई अर्थ मन्त्रीमा नियुक्त गरिएको थियो ।

रोजगारी गुमाएकाहरूमा ब्यवस्थापकीय स्तरका १७ कर्मचारी, लगानी तथा कम्पनी प्रशासन निर्देशनालय (डीआईसीए) का ४५ जना सर्वसाधारण कर्मचारी, व्यवस्थापनबाट सात व्यक्ति र वैदेशिक आर्थिक सम्बन्ध विभाग (एफईआरडी) का ११ जना कर्मचारी छन् ।

मन्त्रालयले कर्मचारीहरू अनुपस्थिति हुने, अनधिकृत बिदा लिने र उनीहरूको जिम्मेवारी वहन गर्न वा अर्डरको पालना गर्न असफल भएकोमा बर्खास्त गरेको आरोप लगाएको छ ।

बर्खास्त गरिएका केहि कर्मचारी सदस्यले सीडीएममा भर्ती हुने विचार गरिरहेका मन्त्रालयका अन्य कर्मचारीहरूलाई सैनिक सरकारले या त धम्की दिने वा पदोन्नतिको आश्वासन दिएर प्रलोभनमा राखिएको छ ।

म्यानमारमा कूल ७५६ व्यक्ति अर्थ मन्त्रालयमा काम गर्छन् । ति मध्ये अनुमानित १०० ब्यक्ति सीडीएममा सामेल भएका छन् ।

म्यानमार संवन्धि तलका समाचार र लेखपनि हेर्नुस्

मानवता रोएको म्यानमार र सैनिक सत्ता

म्यानमारमा सैनिकहरुद्वारा एकै दिन दर्जनौं मारिए

म्यानमारमा सैनिक कूबिरुद्द दोस्रो पटक हजारौं नागरिक सडकमा

म्यानमारमा सैन्य कूको विश्वभरिबाट निन्दा

आङ सान सुकीमाथि गैरकानुनी रुपले सन्चार उपकरण आयात गरेको आरोप

आङ साङ सुकीले वाचा तोडिन्, सेनाले सत्ता हत्यायो

तपाइँको प्रतिक्रिया