बिहीबार, वैशाख १३, २०८१

चीनियाँ बाँध जसले पृथ्वीको परिक्रमालाई ढिलो बनाईदियो

संसारको सबैभन्दा ठूलो जलविद्युत बाँध

आन्द्रेइ तापालागा२०७७ चैत ३० गते १७:४०

चीनको हुबेई प्रान्तस्थित विश्वको सबैभन्दा ठूलो जलबिद्युत बाँध । फोटो-विकिमेडिया कमन्स

चीनको थ्री गोर्जेस बाँध सन् २००३ मा निर्माण गरिएको थियो र यो हाल विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध मानिन्छ । सन् १९९४ मा चीनले बढ्दो जनसंख्या र देशभरको प्रविधीको मागलाई पूरा गर्न उर्जा उत्पादन गर्ने हरित, प्राक्रितिक प्रणाली अपनाउँदै थियो । अधिक प्रभावकारी तरीकाको खोजीमा रहेको बेला यस परियोजनाको सुरूवात भएको थियो ।

यो बाँध अर्को एक महत्वपूर्ण उद्देश्यका साथ निर्माण गरिएको थियो । याङ्चे नदीको आकारका कारण अर्थात् धेरै ठूलो भएकाले स्थानीय जनताले बाढीको सामना गर्नु परेको थियो । विशेष गरी वर्षा याममा लाखौं बासिन्दाहरू प्रभावित थिए । बाँध हुबेई प्रान्त भित्रका मानिसहरूका लागि जीवनको गुणस्तर सुधार गर्न निर्माण गरिएको थियो । तर यसले वास्तवमा अवस्था झनै खराब बनायो र पृथ्वीको परिक्रमणलाई सुस्त बनाईदियो । बाँधले कसरी एउटा ग्रहलाई सुस्त बनाउन सक्छ ? खुलदुली पक्कै लाग्न सक्छ ।

जब बाँध बनाइएको थियो त्यो बेला अत्याधुनिक प्रविधिको लागि डिजाइन गरिएको थियो । जस्तै उच्च क्षमताका पछिल्लो अत्याधुनिक प्रविधीसहित हाइड्रो टर्बाइनहरू बनाइएका थिए ।

बाँध पछाडिको वास्तुकला यति उच्च स्तरिय तरिकासित बनाईएकोछ कि यसले ३ शंख ९० खरब (३९ ट्रिलियन किलोग्राम) पानी जम्मा गर्न सक्दछ । यो नदी समुद्री सतहदेखि १७५ मिटर उचाईमा छ । यति धेरै पानी जम्मा पारेर यसले “इन्सरटिय को पल (Moment of Inertia) भन्ने प्रभाव सिर्जना गर्‍यो । अर्थात् बाँध लगाइदिएकाले अत्यधिक मात्रामा पानी जम्मा भयो । त्यो पानीमा दबाब, शक्तिपनि बढि हुन्छ । बाँधमा धेरै पानी जम्मा हुँदा यति भार भयो त्यो पानी कि पृथ्वीले चक्कर मार्दा वा पृथ्वी घुम्दा केही ढिलो हुनगयो । यो क्षण मुख्यतया यस ग्रह (पृथ्वी) को वरिपरि चलिरहेको पानीको विशाल शरीरले सिर्जना गरेको हो।

photo credit-Reuters Via historyofyesterday.com

यद्यपि यसले हामीलाई त्यति धेरै असर गर्दैन । त्यो किनभने नासाको गणनाबाट बाँधले पृथ्वीको परिक्रमणको शुन्य दशमलव ६ माइक्रोसेकन्ड मात्रै ढिलो घुम्ने बनाउँछ । पृथ्वीको यो परिक्रमण वास्तवमै प्रायजसो अन्य कारकहरू जस्तै चन्द्रमाको स्थिति, भूकम्प र हालसालै प्रमाणित मौसम परिवर्तनको कारणलेपनि सुस्त बनाउँछ ।

त्यस समयमा यो आकारको आयोजना चीनको सबैभन्दा ठूलो लगानी थियो । बाँधको कुल लागत २८ अरब डलर भन्दा बढी थियो । विशाल लागत हुँदाहुँदै बाँधले ठूलो मात्रामा पानी सन्चित गरेर राखेकाले यसले चीनको पश्चिमी क्षेत्रमा सानो भूकम्प गएको थियो ।

भूकम्प गएकाले र फेरि फेरि जाने त्रासले चीनका जनतालाई सुरक्षित राख्न भूकम्प गएको त्यस क्षेत्रका १३ लाख मानिसलाई बसाई सरिएको थियो । मानिसहरूले आफ्नो मातृभूमि छोड्नु पर्‍यो । बाँध निर्माणले ऐतिहासिक स्मारकहरूपनि ध्वस्त पार्‍यो । विभिन्न प्रजातिहरूका जीवजन्तुहरूको जिव परिब्रित्ति प्रणाली (ईकोसिस्टम) नै ध्वस्त बनायो । त्यस क्षेत्रका कतिपय जिवजन्तु अहिले लोप हुने खतरामा छन् ।

बाँधका कारण वास्तवमा तीन प्रमुख शहरहरूमा विशाल बाढि गयो । ११४ साना शहर र १६८० गाउँहरूलाई बाढिले क्षती गरेको थियो । त्यस बेला चीनमा कम्युनिष्ट शासनका कारण बाँधको विरोध गर्नेहरूलाई सरकारले मारिदिएको सिएनएनको रिपोर्टमा उल्लेख छ ।

(हिस्ट्री अफ येस्टरडेको आलेखलाई नेपालप्लसले भावानुवाद गरेको हो-संपादक)

तपाइँको प्रतिक्रिया