शुक्रबार, चैत १६, २०८०

विश्व प्रसिद्द वियर कम्पनीको लाखौं लिटर वियर नदीमा

निलम घिमिरे / बेल्जियम२०७७ चैत ३० गते २२:२९

Photo- Elevate via Unsplash /.brusselstimes.com

विश्वमै प्रचलित बेल्जियमको वियर उद्योगले गत साता लाखौं लिटर वियर नदीमा फालेको छ । ६ महिना पहिल्यै पिईसक्नुपर्ने त्यो वियर कोरोना लकडाउनले गर्दा भण्डारमा थन्किएको थियो । वियरहरु वेच्नकालागि सबैभन्दा उपयुक्त भनेको नै क्याफे र वार हुन् । ति वियरका ग्राहकहरु आउने मुख्य ठाउँ हुन् । लकडाउनले बन्द भएका होटल रेष्टुराहरु नखुलेपछि वीयर मुउज नदीमा मिल्काउनुपरेको बेल्जियन अधिकारीहरुले उल्लेख गरेका छन् ।

वियर कम्पनी इनवेवले वियरलाई डिस्पोज गर्दा पर्यावरणिय सुरक्षाकालागि वातावरणिय निति र नियममा पनि ध्यान दिनुपर्ने हुन्छ । यी कुरालाई मध्यनजर गर्दै नियम पालना गर्नुपर्ने हुन्छ । उनीहरुले आफूले नियमानुसार काम गरेको, सुरुमा आफूहरुले इनवेवकै आफ्नो शुद्धिकरणको संयत्र रहेको भन्दै इनवेवका प्रबन्धक स्टीवन वान बेलिगमले पर्यावरणकालागि उपयुक्त अवस्थामा पुगेपछि मात्र वियर मिल्काइएको बताएका छन् ।

इनवेवले पुन क्याफेहरुले माग गरेर प्रयोग गर्न नपाउँदै बन्द भएपछि बाँकि रहेका सबै वियरका ब्यारेलहरु फिर्ता ल्याउन लागेकाले केहि समयपछि फेरी धेरैनै मिल्काउनुपर्ने बताएका छन् । अब मे महिनाको अन्तिम साता देखी रेष्टुरा लगायत हस्पिटालिटिका व्यवसायहरु खोल्ने तैयारी गर्न सरसफाइको आवस्यकता पनि रहेकोले भन्ने उनको भनाई स्थानिय टेलिभिजन र पत्रपत्रिकामा उल्लेख छ ।

इनवेवको मुख्य वियरहरु तिन प्रकारका छन् । जुन धाराबाट दिने गरि ठूलो भाटमा क्याफे र बारहरुमा बेचिन्छ । जसमध्ये स्टेला एयरटोएस, जुप्लियर र लिफे हो । बेल्जियमको बोयर फेडरेशनका अनुसार गत वर्ष रेष्टुरा र क्याफे बन्द भएकाले ४४ करोड ५० लाख ग्लास वियर बिक्री भएको थिएन । जबकी जुप्लिले मात्र चार देखि ५ लाख लिटर वियर एकदिनमै उत्पादन गर्ने क्षमता छ । उसले त्यति मात्रा उत्पादन गरिरहेको पनि थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक