बिहीबार, चैत १५, २०८०

सेनाको गोली लागेर म्यानमारमा फेरि दुई नेपाली भाषी मारिए : दर्जनौंको हत्या, सयौं सैनिक हिराहतमा

नेपालप्लस संवाददाता / पेरिस२०७७ चैत ३१ गते १५:१०

आज मारिएका दुई नेपाली भाषी वर्मेली । फोटो स्रोत- लक्ष्मण नेउपानेको फेसबुक

म्यान्मारको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भएका नेपाली मूलका दुई जना वर्मेली नागरिकको आजै मगंलवार सैनिक गोली प्रहारबाट ज्यान गएको छ । वर्माको उत्तर पस्चिम भाग र भारतको पूर्वी भागमा रहेको मनिपुर प्रान्तसित सिमा जोडिएको टमु शहरमा किशन गौतमसहित दुई जना नेपालीको ज्यान गएको हो । आज दिउँसो करिब एक बजे उनीहरुमाथि गोली प्रहार गरिएको हो ।

वर्मामा रहेका नेपाली वर्मेली साहित्यकार तथा लेखक लक्ष्मण नेउपानेले आज आफ्नो सामाजिक सन्जालमा उल्लेख गरेको जानकारि अनुसार सैनिक आक्रमणमा परेर दुई नेपालीको ज्यान गएको छ । यस अघि अन्य एक जना नेपाली भाषी वर्मेलीसहित हालसम्म तिन जना मारिएका छन् ।

नेउपानेले राखेको जानकारि अनुसार हालसम्म ६ जना नेपाली भाषी वर्मेलीलाई सेनाको गोली लागेको छ । ति मध्ये तिन जना मारिएका छन् । पक्राउ परेका १६ जना मध्ये १२ जनालाई थुनामुक्त गरिएको छ । र बाँकि चार जना अझै थुनामै छन् ।

नेउपानेले लेखेका छन् “म्यान्मार राष्ट्रको प्रजातान्त्रिक आन्दोलनमा नेपाल मूलका म्यान्मार नागरिक गोर्खा जातिहरू फेरि पनि शहिद भएको दुखी मनले जानकारी गराउँदछु । अहिलेसम्म देशभरीको यस आन्दोलनमा बर्मेली गोर्खाली ६ जनासम्मलाई गोली लागेर ३ जना शहिद भएका छन भने १६ जना थूनामा परेका थिए र थूनाबाट १२ जना पुन: मुक्ति पाईसकेका छन । ४ जना थूनामै रहेको जानकारी प्राप्त भएको छ ।”

यांगुनस्थित नेपालप्लसका एक सहयोगीका अनुसार हाल वर्मामा बाहिरबाट हेर्दा ठिक जस्तो देखिएपनि वास्तबिक अवस्था भने फरक छ । सैनिक शासन र प्राजातान्त्रिक आन्दोलनकर्मीहरु दुबै तर्फ मर्ने र मारिने क्रम जारि छ ।

सुरक्षाका कारण नाम उल्लेख नगरिदिन आग्रह गरेका म्यानमारको राजधानी यांगुनस्थित नेपालप्लसका ति सहयोगीका अनुसार आन्दोलनमा वर्माका नेपाली मूलका युवायुवतीहरुको समेत संलग्नता छ । ‘हामी त यहिँ जन्मेहुर्केका हौं । हाम्रा साथीहरु गएका छन् । त्यसैले हामीपनि जान्छौं भनेर नेपाली भाषी वर्मेली युवायुवतीहरुपनि संलग्न छन्’ उनले नेपालप्लससित भने ।

उनका अनुसार हालसम्म पक्राउ परेका २० जना नेपाली मूलका वर्मेहरु म्यानमारको बिभिन्न ठाउँका सैनिक हिरासतमै छन् । ‘आन्दोलनमा पक्राउ परेकाहरुलाई सैनिक वा प्रहरी हिरासत मै गोली हानेर मारेको भन्ने सुनिएको छ नी ?’ भन्ने प्रश्नमा उनले भने ‘त्यस्तो देखेको छैन । तर गोली लागेर अस्पताल पुर्‍याइएकाहरु मध्ये कतिपयको अस्पतालमै मृत्‍यु भएको छ । केहि गम्भिर अवस्थामा छन् ।’

हाल अति महत्वपूर्ण काम नपरि दूतावासबाहिर कूटनितिज्ञहरु प्राय: ननिस्किने उनले बताए । आन्दोलनको शुरुतिर धेरै दुतावासमा आन्दोलनकारीहरु दुतावासकै अगाडि नाराजुलुस गर्ने र धर्ना बस्ने गरेका थिए । तर हाल त्यो समाप्त भएको छ । दमन बध्ढ्दै जाँदा आन्दोलनकारी र प्रजातन्त्रका पक्षधरहरुले पनि आन्दोलनका नयाँ खाले अक्किलहरु अपनाउन थालेका छन् । त्यहाँको आन्दोलन अनुशासित छ र प्रभावकारि दुबै छ ।

केहि दिन अघि बागो भन्ने ठाउँमा दुईतिरकै सडक थुनेर सेनाले गोली हान्यो र त्यहाँ मारिएका ८२ जनाको त लासनै निकालियो । त्यो आक्रमण भएको ठाउँमा स्वास्थ्य चिकित्सक र एम्बुलेन्ससमेतलाई सेनाले जान दिएन । गयो कि गोली हानीहाल्ने अवस्था थियो । ठाउँ ठाउँमा एकदमै भायवह स्थिति थियो ।

सैनिक सरकार नरम हुने लक्षण देखिएको छैन । बरु जथाभावी मान्छेको हत्या गरिरहेको छ । उनीहरु जसरिपनि नियन्त्रण गर्छौं भनेर लागिरहेका छन् । केहिदिन अघि सरकारका प्रवक्ता उपप्रधानमन्त्री ज एचटेले ‘अब आन्दोलन शान्त हुन लाग्यो । अब स्थिति नियन्त्रणमा आ उन थालिसक्यो’ भनेका थिए । सडकमा मानिसहरु कम देखेपछि त्यसो भन्ने गरेका छन् ।

सैनिक शासनबिरुद्द अहिले गाउँ गाउँमा जनजातिय लडाकुहरु जुर्मुराएका छन् । दशकौं देखि लडेका ति नेपालका माओवादी लडाकु जस्ता जनसेनाहरु गाउँ गाउँमा सैनिक शासनबिरुद्द लड्न सक्रिय भएका छन् । भित्रभित्रै भुसमा आगो सल्किएझैं भैरहेको छ । त्यसरि गाउँ गाउँमा लड्ने २० वटा जति समूह छ । ति मध्ये १२ वटा समूह एकै ठाउँमा आएर सैनिक शासन बिरुद्द लड्ने भनिरहेका छन् । त्यसैले यो देश अब बिस्तारै बिस्तारै गृहयुद्धमा जाने जस्तो देखिन्छ ।

शुरु शुरुको आन्दोलनमा आन्दोलनकारीहरु आङसाङ सुकीको फोटो बोकेर सडकमा आए । उनीहरुको भनाई ‘हामीले दिएको भोटको सम्मान र प्रजातन्त्र चाहियो, सैनिक शासन खत्तम हुनुपर्‍यो’ भन्ने छ । सबैले सुकीलाई समर्थन् गर्छन् भन्ने छैन । तर सर्वमान्य नेता त कोहि चाहियो । त्यसैले सुकी सर्वमान्य नेता भएकोले उनको समर्थन् गरेको देखिएको हो ।

नेपालप्लस सहयोगीका अनुसार वर्माको रोहिन्जा मुस्लिन समूदाय राजधानीबाट धेरै टाढा वंगलादेशको सिमाक्षेत्रतिर छन् । यांगुन र अन्य शहरका मुस्लिमलेपनि सैन्य शासनको बिरुद्दको प्रदर्शनीमा भाग लिएका छन् । ति मुस्लिमहरु मध्ये कतिलाई गोली हानेर मारिएको छ । कतिपयलाई पक्राउ गरिएको छ ।

यांगुनस्थित एक जना कूटनितिज्ञका अनुसार गत आइतवार घरबाट दूतावास जाने क्रममा एक जना कूटनितिज्ञको गाडी बिच बाटोमै खानतलासी गरियो । संयुक्त राष्ट्र संघको भियना कन्भेन्सनका अनुसार कूटनितिज्ञहरुको गाडी त्यसरि जाँच गर्न पाइन्न । तर त्यसलाइ अबज्ञा गरेर वर्माका सैनिकहरुले बिच बाटोमै जाँच गरेका थिए । ‘फलानो राजदूतको गाडी चेक गरियो के गर्ने’ भन्दै कूटनितिज्ञहरुले एक अर्कासित सल्लाहह गरेका थिए । फ्रान्सेली, डेनिस लगायतका केहि राजदूतहरु यताउति भेट्न गएको थाह पाएपछि म्यानमारको सैनिकले कडा पत्र लेखेर कूटनितिज्ञहरुलाई पठाएका थिए । एकल देशका कूटनितिज्ञले छुट्टाछुट्टै बिरोध नगरेपनि युरोपेली युनियनका कूटनितिज्ञहरुका तर्फबाट सामूहिक बिरोध र प्रेस बिज्ञप्तीहरु निकालिरहेका छन् । उनीहरुले आन्दोलनकारिहरुलाई नैतिक समर्थन गरिरहेका छन् ।

‘सुकीको जिवन कत्तिको खतरामा छ ?’ भन्ने नेपालप्लसको प्रश्नमा ति कूटनितिज्ञले भने ‘त्यस्तो त कुनै आँट गर्न सक्दैनन् । सुकीले म बिरामी परें भनेको खण्डमापनि जनता सडकमा उत्रिन्छन् । अहिलेनै सैनिकहरुलाई गाह्रो भैरहेको छ त्यसैले त्यस्तो हिम्मत नगर्लान् ।’

म्यानमार संवन्धि तलका समाचार र लेखपनि हेर्नुस्

म्यानमारको अर्थ मन्त्रालयद्वारा ८० भन्दा बढि कर्मचारी बर्खास्त

मानवता रोएको म्यानमार र सैनिक सत्ता

म्यानमारमा सैनिकहरुद्वारा एकै दिन दर्जनौं मारिए

म्यानमारमा सैनिक कूबिरुद्द दोस्रो पटक हजारौं नागरिक सडकमा

म्यानमारमा सैन्य कूको विश्वभरिबाट निन्दा

आङ सान सुकीमाथि गैरकानुनी रुपले सन्चार उपकरण आयात गरेको आरोप

आङ साङ सुकीले वाचा तोडिन्, सेनाले सत्ता हत्यायो

तपाइँको प्रतिक्रिया