मंगलबार, चैत ६, २०८०

भारतद्वारा रुसी खोप ‘स्पुत्निक भि’ अनुमोदन

नेपालप्लस संवाददाता / फ्रान्स२०७७ चैत ३१ गते १६:३४

भारतले कोरोना बिरुद्दको रुसी खोप स्पुत्निक भी अनुमोदन गरेको छ । विश्वमा कोरोना भाईरसका संक्रमितको संख्या दोस्रो स्थानमा पुगेको भारतले रुसी खोप अनुमोदन गरेको हो । भारतले रुसी खोप अनुमोदन गरेलगत्तै अब यसको बितरण र प्रभाव ब्यापक हुने देखिएको छ ।

आफ्नो अघिल्लो रिपोर्टलाई पुष्टी गर्दै रूसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) ले सोमबार यसलाई थप पुष्टि गरेको हो ।

भारत ब्राजिललाई पछाडि पारेर संयुक्त राज्य अमेरिकापछि विश्वमै दोस्रो ठूलो संक्रमणको देश बन्न पुगेको छ । भारतले हाल कोरोना भाईरसको दोस्रो तर ब्यापक संक्रमण लहरसित संघर्ष गरिरहेको छ । भारतले अहिलेसम्म कोरोना भाईरस बिरुद्दको खोप आफ्नो १० अरब ४० करोड जनसंख्या मध्ये बल्ल १० करोड ५० लाख नागरिकलाई दिएको छ ।

रुसी खोप विदेशमा मार्केटिंगका लागि जिम्मेवार आरडीआईएफले भारतको ड्रग कन्ट्रोलर जनरल (डीसीजीआई) ले स्पुतनिक भि प्रयोग गर्न स्वीकृति दिएको आजै मंगलवार सार्वजनिक गरेको हो ।

“विश्वको दोस्रो जनसंख्या भएको भारत स्थानीय तिन चरणमा क्लिनिकल अध्ययनको सकारात्मक नतिजा पछि स्पुत्निक खोप दर्ता गर्ने ६० औं देश बन्यो । स्पुतनिक भि हाल विश्वका ६० भन्दा बढी देशमा आधिकारिक स्विक्रित गरिएको छ” स्पुतनिक भि को आधिकारिक ट्विटरमा उल्लेख छ ।

आरडीआईएफले भारतका घरेलु फर्महरुमा ७५ करोड भन्दा बढी मात्रा उत्पादन गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

भारतले हालसम्म एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले विकसित गरेको र अर्को घरेलु फर्म भारत बायोटेकले उत्पादन गरेको गरि दुईवटा खोपहरू प्रयोग गरिसकेको छ ।

मास्कोको गामलिया इन्स्टिच्यूटले विकसित गरेको स्पुतनिक भि कोरोना भाईरस बिरूद्ध ९१ दशमलव ६ प्रतिशत प्रभावकारी साबित भएको छ र ५० भन्दा बढी देशहरूमा प्रयोगको लागि अनुमोदित छ ।

भारतमा खोप मार्केटिंग गरिरहेको भारतीय औषधि कम्पनी डा रेड्डीले बह्ने यो अधिकारीहरुबाट औपचारिक पत्रको पर्खाइमा रहेको बताएका छन् ।

(रोयटर्स र फ्रँस २४ न्युजको सहयोगमा)

तपाइँको प्रतिक्रिया

फेसबुक