मंगलबार, वैशाख ११, २०८१

नयाँ वर्षको शुभकामना र विक्रमसंवत शुरुवातको प्रचलन

नेपालप्लस मुख्य डेस्क२०७७ चैत ३१ गते २३:४२

आज बिक्रम सम्बत् २०७७ समाप्त भएर २०७८ प्रारम्भ भएको छ । यो सम्बत् हिन्दू र वौद्ध धर्म संस्कृतिमा आधारित रहेर शुरु गरिएको थियो । नेपालमा बिक्रम सम्बत लिच्छविकालदेखि चलन चल्तीमा छ । तिथि, वार, नक्षत्र, योग र करणको अंग मिलाउँदा पान्चांग तयार हुन्छ । यसैलाई गणना गर्दा बिक्रम सम्बत भित्र समेटिएको तीन सूत्र चन्द्र मास, नक्षत्र मास र सूर्य मास समेटिन्छ ।

पंचांग चक्रलाई खगोलीय तत्वसँग जोड़दा बाह्र महिनाको एक वर्ष र ७ दिनको सप्ताह निस्किन्छ जसको प्रचलन विक्रम संवतबाटै शुरू भएको हो । महिनाको हिसाब सूर्यलाई देखेर पृथ्वी र चन्द्रमाको गतिमा स्थापित गरिएको हुन्छ । विक्रम सम्बत भारतीय सम्राट विक्रमादित्यले स्थापना गरेको पात्रो हो । यो नेपालको आधिकारिक पात्रोको रूपमा मान्यता प्राप्त छ । यसका अलावा बिक्रम संबतलाई भारतीय उपमहाद्विपमा रहेका अन्य बिभिन्न समुदाय तथा राज्यहरुले पनि आधिकारिक रुपमा यो पात्रो स्विकार गरेका छन ।

विक्रम संवत्’ को उत्पत्ति र प्रयोगको बारेमा विद्वानहरुमा फरक मत छ । धेरैको विश्वास अनुसार सम्राट विक्रमादित्यले ईसापूर्व ५८ मा सुरु गरेअक थिए । तथापी कती ईतिहासकारहरुले यसको शुरुवात ईश्वी संबत् ७८ मा सुरु भएको जिकिर गरेका छन् । तथापी यो संबतको प्रारम्भलाई नेपालको हरेक समुदायले उल्लासका रुपमा मनाउने गर्दछन् ।

हुन त ईसाई नयाँ वर्षलाई पनि उत्तिकै रुपमा नेपाली समुदायले स्वागत गर्ने गर्दछ । अहिले खास गरेर नेपालीहरुको ठूलो संख्या विदेशमा भएको हुनाले नेपाली नयाँँ वर्षको प्रभाव प्रवासमा समेत बढेको छ ।

नेपालीहरुले वैशाख १ गतेलाई सुख शान्तिको कामना गरेर उत्सवको रुपमा मनाउने गरेका छन । कोरोनाको महामारी भएपनि नेपाल देखि विदेशका विभिन्न ठाउँमा बसोवास गर्ने नेपालीहरुले सामाजिक संजाल प्रयोग गरेर भएपनि नयाँँ वर्षमा खुशी साटासाट गरिरहेका छन । नेपालप्लस डट कम परिवार हाम्रा सम्पूर्ण पाठक, सुभेक्षुक तथा बिज्ञापनदाताहरुलाई नयाँँ वर्ष २०७८ को हार्दिक शुभकामना ब्यक्त गर्दछ ।

तपाइँको प्रतिक्रिया