बिहीबार, वैशाख ६, २०८१

बेल्जियमको हस्पिटालिटि क्षेत्रका युनियनद्वारा ब्यापार खुला गर्नुपर्ने माग

निलम घिमिरे / बेल्जियम२०७८ वैशाख १ गते ०:०२

आज मंगलवार बेल्जियममा हस्पिटालिटि क्षेत्रमा कार्यरत कम्पनीहरुले संयुक्त रुपमा सेवा र सुविधा पुन खोल्न पाउनुपर्ने माग राखेका छन् । एकवर्ष भन्दा लामो लकडाउन पछि पहिलो पटक वेल्जियममा हस्पिटालिटी क्षेत्रमा कार्यरत कम्पनीहरुले पुन यो क्षेत्रको ब्यापार खोल्नकालागि सरकारसँग माग गरेका हुन् ।

हस्पिटालिटि उद्योगहरुले देशभरी नै योजनावद्ध तवरले चेन बनाएर संयुक्त रुपमा अभियान चलाएका छन् ।

एकदिन अघि सरकारले सम्वन्धित निकायसँग आगामी मे एक देखि खोल्ने वाचा गरेको तर हालसम्म पनि कुनै प्रकृया थालनी नभएको र सम्भावना नदेखिएपछि यसक्षेत्रका उद्योगहरुले सरकारले गरेको वाचा याद दिलाएका छन् । उनीहरुले एक दिन पहिले बैठक बसेर मंगलवार घोषणा गरेका छन् । सरकारलाई आफूले गरेको वाचाको सम्मान गर्न आह्वान गरिएको उनीहरुले बताए ।

राष्ट्रिय स्तरको यस अभियानमा रित्तो वार पनि रातभरी खुल्ला एवं जागा राख्न सकिने बताएका छन् । होरेका वालोनिया, होरेका ब्रसेल्स्, होरेका फलान्दर्सका साथै बेल्जियम ब्रुअरेस, फेविया, स्प्रिट लगायत धेरै कम्पनीहरु यो मागमा एकजुट छन् । बेल्जियमका स्थानिय पत्रपत्रिका र टेलिभिजनमा यस विषयलाई निकै महत्वकासाथ प्रसारण गरिएको छ ।

उनीहरुको मागमाथि सरकारी धारण भने आइसकेको छैन ।

तपाइँको प्रतिक्रिया

फेसबुक