शनिबार, वैशाख १५, २०८१

सेप्टेम्बर ११ सम्ममा अफ्गानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता हुने

नेपालप्लस संवाददाता२०७८ वैशाख १ गते १७:५३

Photo Credit-Master Sgt. Alejandro Licea/Army Via militarytimes.com

अमेरिकी राष्ट्रपती जो वाईडेनले सेप्टेम्बर ११ सम्ममा अफ्गानिस्तानमा रहेका सबै अमेरिकी सेना फिर्ता बोलाउने तयारि गरेका छन् । अमेरिकी बिदेश मन्त्री एन्टोनी ब्लान्केनले बुधबार अफगानिस्तानबाट सैनिक फिर्ता लिने समय आइसकेको बताएका हुन् । वाशिंगटनले नाटोका सहयोगीहरूसँग मिलेर काम गर्ने तयारी गरेको समेत उनले उल्लेख गरेका छन् ।

“सँगै मिलेर हामीले लिएका लक्ष्यहरू हासिल गरेका छौं र अब हाम्रो सेनालाई घर ल्याउने बेला भएको छ” ब्रिन्सेनले नाटोका साझेदारहरूसँग वार्ता अगाडि ब्रसेल्समा भने “अमेरिकी राष्ट्रपति जो वाइडेनले बुधवार पछि औपचारिक रूपमा घोषणा गर्ने छन् कि वाशिंगटनले सेप्टेम्बर ११ सम्ममा अफ्गानिस्तानबाट आफ्ना बाँकी २,५०० सेना फिर्ता लिने छ । अमेरिकामा २० वर्ष अघि भएको आक्रमणले अमेरिकालाई सबैभन्दा लामो युद्धमा पुर्‍यायो ।”

ब्रसेल्समा नाटोका साझेदारहरू मध्ये केहिको प्रत्यक्ष र धेरैको भर्चुअल माध्यमबाट बैठक बसेको थियो । वास्तवमा यो गठबन्धनको सबैभन्दा शक्तिशाली अमेरिकाले अफ्गानिस्तानमा अरुलाई समेटेको थियो । यहि समूहको प्रमुख सैन्य शक्तिले छोडेपछि अन्य राष्ट्रपनि अफ्गानिस्तानबाट सेना फिर्ता बोलाउन सहमत भएका छन् ।

“हामी सँगसँगै अफ्गानिस्तानमा गयौं । हामीलाई आक्रमण गर्नेहरूसँग व्यवहार गर्न गएका थियौं । अफ्गानिस्तानले फेरि हामीमध्ये कसैमाथि पनि आक्रमण गर्ने आतंककारीहरूको आश्रय नहुने कुरा सुनिश्चित गर्ने छ” ब्लिन्केनले भने “सहयोगीहरूले हप्तौं र महिनौं अफ्गानिस्तानबाट हाम्रो सेनाको सुरक्षित, सुझबुझपूर्ण र समन्वयात्मक निकासामा सँगसँगै काम गर्नेछन ।”

उनले जोड दिए “निकासको बाबजुद पनि अफ्गानिस्तानप्रति हाम्रो प्रतिबद्धता र यसको भविष्यप्रति यथावत रहनेछ “।

टर्कीले अफ्गानिस्तानमा अन्तर्राष्ट्रिय शान्ति सम्मेलनको घोषणा गरेपछि लगभग ४० वर्षको युद्धले ग्रस्त राष्ट्रमा स्थिरता ल्याउने आशामा यो निर्णय आएको हो । तर त्यहाँ लडिरहेका तालिम प्राप्त तालिवानले भने उक्त सम्मेलन बहिष्कार गर्ने बताएका छन् ।

तपाइँको प्रतिक्रिया