शुक्रबार, वैशाख ७, २०८१

बेल्जियमले लकडाउन खुकुलो पार्दै लैजाने

निलम घिमिरे / बेल्जियम२०७८ वैशाख २ गते २२:५३

बेल्जियम सरकारले अब बिस्तारै लकडाउनलाई खुकुलो पार्दै लैजाने भएको छ । स्कूल, हस्पिटाली (होटेल, रेस्टुरा, बार लगायत) क्षेत्रका ब्यापार ब्यवशाय र सांगितिक क्षेत्रपनि खुलाउँदै लैजाने निति लिएको छ ।

त्यसैले, इस्टरको छुट्टीपछि बेल्जियम सरकारले राहत महसुस गर्ने भएको छ । बिस्तारै सरकारले अवस्था सामाय गराउने निर्णय गरेको हो । बेल्जियमका प्रधानमन्त्री एलेक्जेण्डर दि ग्रोले यस्तो निति लिएको सार्वजनिक गरेका हुन् ।

कोभिड १९ को तेस्रो छालले बेल्जियमलाई नराम्रोसँग गाजेपछि इस्टर चाडको विदासँगै तिन साताका लागि भनेर बेलिजयम सरकारले लगभग पुर्ण जस्तै लगडाउन गरेको थियो । बुधवार बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णय अनुसार आगामी अप्रिल २६ देखि अवस्था सामान्य गराउँदै लैजाने सम्मेलनमा बेल्जियमका प्रधानमन्त्री एलेक्जेण्डर दि ग्रोले बताएका हुन् ।

मंगलबार बेल्जियमका हस्पिटालिटि क्षेत्रमा कार्यरत कम्पनीहरले राष्ट्रिय स्तरमा सरकारले पुर्व सहमतिमा गरिएको निर्धारित मिति मे १ मा ब्यापार, ब्यवशाय खोल्ने भनेको कुरालाई सम्मान गर्न आग्रह गरेका थिए । त्यसपछि सरकारले बुधवार लिपिवद्ध योजना सार्वजनिक गरेको हो । जसमा आगामी १९ अप्रिल देखि स्कुलहरु खुल्ने भएका छन् । साथमा जनवरीदेखि बन्द गरिएको अत्यावस्यक यात्रा बाहेकका अन्य यात्रा पनि खुलाउने भएको छ । तर यात्रु रेडजोनबाट आएकालाई भने क्वारेन्टिनमा बस्नु पर्ने र कोरोना परिक्षण गरिनु पर्ने प्रावधान भने यथावत नै रहने बताइएको छ ।

त्यस्तै, आगामी २६ अप्रिलदेखि अत्यावस्यक बाहेकका किनमेल पनि खुल्ला गर्ने भएको छ । तिन साता अघि सवै पसलहरु बन्द गरिएको थियो । अत्यावस्यक सामाग्रि बिक्रि गर्ने मात्र अग्रिम बुकिङ गरेर जान पाइने व्यवस्था थियो । त्यो व्यवहारिक नभएको भन्दै निकै आलोचना खेप्नु परेको थियो ।

त्यसैगरि बाहिर पनि १० जनाको समुहमा भेटघाट गर्न सकिने भएको छ । सांस्कृतिक तथा खेल क्षेत्रलाई पनि खुल्ला गरिएको छ ।

हुन त अस्पतालको सघन उपचार कक्षको अवस्था हेर्दा सरकारले यो योजना बाहिर ल्याउँनु उचित देखिने भन्दै मन्त्रीले समेत उल्लेख गरेका थिए । त्यसैले ४ हप्ताको इस्टरको छुट्टी गरिएको उनले थपेका छन् । त्यसपछि मात्र यी योजना कार्यान्वयन हुने हुन् ।

अवस्था क्रमैसँग सामान्य भएपछि पहिलो कोसे ढुंगामा २ प्रमुख खोपलाई राखिएको छ । जुन ६५ माथीका प्रौढलाई प्रत्येक १० जनामा ७ जनालाई पहिलो खोप लगाइसकिएको र ति ब्यक्तिको सघन उपचार कक्षमा सुधार भएको हुनुपर्ने भनिएको छ ।

त्यसपछि मात्र ८ मेतिरबाट बेल्जियम बृहतरुपमा सार्वजनिक स्थललाई खुकुलो गर्ने योजनामा जाने मन्त्री ग्रोले बताएका छन् ।

लकडाउन खुकुलो पार्ने योजना अन्तर्गत राति तिनजना भन्दा बढी जमघट गर्न नपाइने यस अघिको कर्फु तोडिने छ । हस्पिटालिटिका ब्यापार ब्यवशायपनि खोल्न अनुमति दिइने छ । उनीहरुले आफ्ना बार्दली (ट्यारेस) खोल्न पाउने छन् ।

सार्वजनिक स्थलमा २५ जनाको जमघट गर्न पाइने छ । त्यस्तै सांस्कृतिक तथा सांगितिक कार्यक्रम गर्न र त्यसमा ५० जना जमघट गर्न पाउने छन् । मनोरन्जन पार्क खुल्ला गरिने छन् ।

दोस्रो कोसेढुंगाको रुपमा सबै प्रौढ र शारिरिक वा मानसिक अपांगता भएकाहरुलाइै खोप दिइने छ । यसपछी सामाजिक सम्पर्क र कार्यक्रमहरु सबै सम्भव हुनेछन् । सबैभन्दा महत्वपुर्ण भनेको सघन उपचारकक्ष सामान्य हुनुपर्ने छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक