बिहीबार, चैत १५, २०८०

फ्रान्समा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघेपनि लकडाउन खुकुलो पार्दै लगिने

नेपाल प्लस२०७८ वैशाख ३ गते २०:४८

बिहिवार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख पुगेकै दिन फ्रान्समा लकडाउनलाई खुकुलो पार्दै लगिने घोषणा गरिएको छ । मे महिनाको मध्यदेखि क्षेत्रगत रुपमा खुकुलो पार्दै लगिने लक्ष्य लिएको फ्रान्सका राष्ट्रपती एमानुयल माख्रोंले बताएका हुन् ।

मेको मध्यदेखि संग्रहालय र होटेल, रेस्टुरेन्ट तथा बारका बार्दलीहरुमा राखेर खान, पिउन पाइनेगरि खुला गरिने उद्देश्य राखेको बताएका छन् । तर फ्रान्सभरि एकैपटक सबै खुला नगरि सुधार भएका ठाउँको अवस्था हेरेर क्षेत्रगत रुपमा खुला गरिने उनको भनाई छ ।

हाल बन्द गरिएका स्कूलहरु भने यहि अप्रिल महिनाको अन्त्य वा मेको पहिलो साताबाटै खुला गरिने छ । विहिवार फ्रान्सेली राष्ट्रपतीले यसो भनिरहँदा फ्रान्समा कोरोना भाईरबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ ।

माख्रोले विहिवार संवोधन गर्दै सावधानी, प्रगतिशीलता र क्षेत्रीयकरण यी तिन शब्द खुबै प्रयोग गरे । लकडाउन खुलाउन ति तिन अवस्थालाई आधार मानिने उनको आशय हो । अर्थात् मेको मध्यदेखि लकडाउन खुकुलो पार्न सावधानी अपनाईने छ । त्यस्तै कोरोना भाइरसबाट बढि प्रभावित क्षेत्रहरुमा के कस्तो सुधार भयो वा भएन त्यसको प्रगतिशिलता हेरेर मात्रै लकडाउन खोल्ने वा यथावत राख्ने निर्णय गरिने छ । त्यसैगरि, फ्रान्सभरि एकैपटक लकडाउन खुल्ला नगरेर क्षेत्रगत रुपमा बिस्तारै गरिने छ । उनले यि योजनाहरु विहिवार फ्रान्सका मेयरहरुका बिच सुनाएका हुन् ।

राष्ट्रपति माख्रोले पन्ध्र जना मेयरलाई पक्का गर्दै मध्य मेदेखि संग्रहालय र रेस्टुरेन्ट, बारका बार्दलीहरूमा बसेर खान, पिउन पाउनेगरि फेरि खोल्ने विचार ब्यक्त गरेका थिए । उनले अवस्था सुधार हुँदै गएमा हरेक तिन हप्तामा अन्य क्षेत्रहरुपनि खोल्दै लैजाने योजनापनि सुनाए ।

राष्ट्रपती माख्रोंले स्कूलहरु अप्रिल २६, कलेज र माध्यमिक स्कूलहरु भने मे महिनाको ३ बाट खुला हुने बताए ।

भिडियो कन्फरेन्स छलफलमा जुटेका मन्त्रीहरुका बिच सांक्रितिक तथा सांगितिक कार्यक्रमका खोल्न दिन कुनै संकेत दिएनन् । खास गरेर क्षेत्रगत अवस्था हेरी लकडाउन खुला गरिने राष्ट्रपतीले बताएका छन् । होटेल र बारहरु खुला गर्ने योजना भने दोस्रो प्राथमिकतामा राखिएको मन्त्रीहरुले उल्लेख गरेका थिए ।

महामारी सुरु भएदेखि नै एक लाख फ्रान्सेली महिला र पुरुष कोरोना भाइरसको शिकार भए । “हामी सबैको आ-आफ्ना परिवार, आफ्ना प्रियजनहरू, आफ्ना बाबुआमा वा हजुरबा, शोकमा परेका भाईबहिनीहरू, टुक्रिएको मित्रता गुमाउने बच्चाहरूको लागि सोच्दछौं” ट्विटरमा राष्ट्रपतीले भनेका छन् ।

बिहीवार एक लाख मृत्युको प्रतीकात्मक सीमा पार गरेर फ्रान्सले बेलायत (एक लाख २७ हजार मृत्यु) र इटाली (एक लाख १५ हजार मृत्यु) लाई पछ्याउन लागेको छ । अन्य देशहरूमा बेल्जियम र पोर्चुगल युरोपमा प्रति व्यक्ति उच्च मृत्युदर हुनेमा छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक