मंगलबार, चैत ६, २०८०

एनआरएनमा राजनिति नगर्न सानालाई उपदेश, नेतृत्वकर्ता हाकाहाकी राजनिति गर्दै

ददि सापकोटा२०७८ वैशाख ४ गते १६:५१

गैह्र आवाशिय नेपाली संघ (एनआरएनए) को गत निर्वाचनमा केन्द्रिय महासचिव डा. हेम राज शर्मा र अध्यक्ष कुमार पन्तले तिन वटा मुख्य नारा अघि सारेका थिए । आगामी निर्वाचनदेखि अनलाईन मतदान । एनआरएनएमा निशुल्क सदस्यता । तेस्रो थियो- राजनितिक प्रभावबाट एनआरएनए मुक्त। बाँके दुई विषयमा फेरि छलफल गरौंला । तर तेस्रो बुँदा, एनआरएनएलाई राजनितिक प्रभाव, ब्यक्तिको संलग्नताबाट मुक्त गराउने नारा सफल त भएननै, समग्र एनआरएनए केन्द्रनै राजनितिमा संलग्न भयो । केन्द्रिय समितिनै संलग्न भएर छानबिन टोली निर्माण गर्दापनि राजनितिक भागबण्डाका आधारमा राजनितिक ब्यक्तिहरु छानियो । यो प्रसंग आइएलओ प्रकरणमा लगेर जोड्दा छर्लङ्ग देखिन्छ ।

नेपाली श्रमिक, नेपाली मजदूरलाई कोरोना भाइरसको महामारीका बेला संयुक्त राष्ट्र संघ अन्तर्गतको विश्व श्रम संगठन (आइएलओ) ले मोटो रकम दियो । मिनेटमिनेट, क्षणक्षणमा श्रमको मूल्य चुकाउँदा झर्ने पसिनालाई कचौराभरि थापेर एनआरएनएले ति पसिनासित डलरमा साट्यो । तर कचौरामा एनआरएनएले भरेको मजदूरको पसिना कतै छकल्कियो । पसिना देखाएर ल्याएको दामका नाममा कुनै बन्द कोठामा नक्कली बिलहरु रातारात बने । मध्यपूर्वका बिलहरु काठमाडौं शहरमै बसिबसिपनि तयार भए । यसको गुइय कुरा सप्रमाण समुद्रका छालझैं आएर किनारका ढुंगामा बज्रिए र सारा दुनियाँले छर्लग्गै देख्यो । तरपनि एनआरएनएको केन्द्रिय पदाधिकारीहरुका आँखा पद, शान, भोटको बैंक र सुखि देशमा बसेको अहंको तुवाँलोले ढाकिदियो। तिनले देखेनन् । पदको शान र सुकिलामुकिला देश वा अवस्थामा रहेकाले श्रमिकका पसिनाको मूल्य बुझ्ने कुरोपनि सायद हुन्न । त्यसैले छोएन । आएका रिपोर्टहरुलाई मजाकमा उडाए । रिपोर्टको सत्यता बुझिबुझिपनि मुतको न्यानोमा निदाएको बाहना पारिरहे ।

कचौरामा एनआरएनएले भरेको मजदूरको पसिना कतै छकल्कियो । पसिना देखाएर ल्याएको दामका नाममा कुनै बन्द कोठामा नक्कली बिलहरु रातारात बने । मध्यपूर्वका बिलहरु काठमाडौं शहरमै बसिबसिपनि तयार भए ।

तर जब निरन्तर रुपमा आएका सत्यतथ्य रिपोर्टको भारीले थिच्न थाल्यो, बल्ल एउटा छानबिन समिति गठन गरे । छानबिन समिति यसरि गठन भयो, फेरि तिनले हिजो निर्वाचनमा दिएका आस्वाशन तोडे । भोटसँग बाँडेका गुलिया बाचाहरुमा आफैं लात्ताले बजारे । तिनले एनआरएनए युएईमा नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी गरि प्रमुख पार्टीका जनवर्गिय संगठन सम्हालिरहेका नेतालाई छानबिन समितिमा ल्याए ।

राजनितिक दलका सदस्य, कार्यकर्तालाई एनआरएनमा राख्दैनौं, भात्रि संस्थाका संघसंघठन, राजनितिक ब्यक्तित्वहरुलाई हामी निषेध गर्छौं । संस्थामा स्थान दिँदैनौं । यसलाई गैर राजनितिक राख्छौं भनेर भोट सोहोरेका थिए ।

अहिले साउदी र युएईकै कमिटीमा राजनितिक दलका कार्यकर्ता छानेर र एनआरएनएमा राजनिति भित्राएर सामाजिक संस्थाको फैसला अब राजनितिक पार्टीहरुले गर्ने अवस्थामा पुर्‍याइदिएका छन् । अहिले युएइका पाँच जना मध्ये दुई जना त एमाले (नेकपासमेत) र कांग्रेसको अध्यक्षलाईनै राखेका छन् । यसको अर्थ के गैर राजनितिक भयो त एनआरएनए ?

एनआरएनए साउदी अरेबियाका दिपक रेग्मी र शिवराज जैसीपनि राजनितिक ब्यक्ति हुन् । जैशी नेकपाको सउदी इन्चार्ज हुन् । दिपक रेग्मी जनसंपर्क समितिको अध्यक्ष । ओम घले एमालेकै नेता । नारायन पासवान भन्ने आइएलओको तलब खाने आइसिसि सदस्य । यिनीहरुलाई राखेर साउदीको कमिटी बनेको छ ।

‘निर्वाचन जितेर आए हाम्ले के गर्ने त ?’ भनेर उम्किने ठाउँ र निहुँ केन्द्रलाई छैन । किनकि केन्द्रिय बिधानले राजनितिक ब्यक्तिलाई निर्वाचनमा जान रोक्न सक्छ । जबर्जस्ति गए निलम्बन गर्ने अधिकारपनि छ । त्यसो गरेनन् किन ? स्पष्ठ छ, ति सबै केन्द्रिय साँठगाँठमै आएका हुन् ।

यस्तो छानबिन समिति बनाउँदा तिनले युएईमा रातदिन नभनि बिचल्लीमा परेकालाई सहयोग गर्ने स्वयंसेवी नेपालीको अनुहार देखेनन् । आफ्नै गोजीको पैसा खर्च गरिगरि उद्दारमा खटिएकाहरु त झन तिनले चिनुन् कसरि ? त्यसैले तिनले राजनितिक दलका नेताहरु भागबण्डा मिलाइमिलाई सुटुक्क छाने ।

युएईका पाँच जना मध्ये तिन जना राजनितिक हुन् । अध्यक्ष १०० प्रतिशत राजनितिक हुन् । एक जना जनसम्पर्क समितिको । अर्को नेकपा फुटेपछिको दुबै समुहको । अर्को एक जना जनता समाजवादी  पार्टीको । एनआरएनए साउदीका दिपक रेग्मी र शिवराज जैसी मध्ये जैशी नेकपाको सउदीका इन्चार्ज । दिपक रेग्मी जनसंपर्क समितिको अध्यक्ष । ओम घले पनि एमालेकै नेता ।

राजनितिक दलका सदस्य, कार्यकर्तालाई एनआरएनमा राख्दैनौं, भात्रि संस्थाका संघसंगठन, राजनितिक ब्यक्तित्वहरुलाई हामी निषेध गर्छौं । संस्थामा स्थान दिँदैनौं । यसलाई गैर राजनितिक राख्छौं भन्नेहरुनै अहिले साउदी अरब, युएईकै कमिटीमा राजनितिक दलका कार्यकर्ता राखेर, राजनितिक कार्यक्रममा भाषण ठोकेर एनआरएनभित्र राजनिति गरिरहेका छन् । यसको अर्थ के गैर राजनितिक भयो त एनआरएनए ? आफूले भाषण ठोक्दा राजनितिक नहुने अरुले गर्दा राजनितिक हुने ? यो दोहोरो चत्रित्र कहिलेसम्म ?

एनआरएनएमा राजनिति गर्न पाइन्न भनेर सानाहरुलाई अर्ति दिने एनआरएनएका महान नेताहरुलेनै राजनिति यहिँबाट शुरु गरे । राजनितिको विरुवामा मल र पानी छर्केर हुर्काउन कत्तिपनि दकस मानेनन् । किनभने यिनकोपनि भित्रि नशामा राजनितिको रगत कुदेको छ । तिनका छालाको आवरण राजनितिको कोषकोषले निर्मित छ । यिनले श्वास राजनिति गर्न हुन्न भनेर बाहिर फ्याँक्छन् । तर श्वाश तान्दा राजनितिकै श्वासको मुस्लो तान्दा रहेछन् । बाहिर देखाउन राजनिति गर्न पाइन्न भन्दै तर्साएपछि आफूले राजनिति गर्न पाइने भयो ।

अझ कति एनआरएनएका पदाधिकारी त हाकाहाकि राजनितिक दलका कार्यक्रममै सरिक हुने गरेका छन् । अझ राजनितिक संघसंगठनमै नेत्रित्व लिनेहरु छन् ।

एनआरएनएमा राजनिति गर्न पाइन्न भनेर सानाहरुलाई अर्ति दिने एनआरएनएका महान नेताहरुलेनै राजनिति यहिँबाट शुरु गरे । राजनितिको विरुवामा मल र पानी छर्केर हुर्काउन कत्तिपनि दकस मानेनन् । किनभने यिनकोपनि भित्रि नशामा राजनितिको रगत कुदेको छ । तिनका छालाको आवरण राजनितिको कोषकोषले निर्मित छ ।

नेकपा बिभाजन भएपछि कार्यकर्ता तानातान शुरु भयो, प्रवाशमापनि । गत फर्वरी ८ मा स्पेनमा केपी ओली पक्षले जनवर्गिय संगठन खडा गर्दै थियो । प्रवासी नेपाली एकता मञ्चको भर्चुअल भेलाले गठन गरेको कमिटीका ६७ जना पदाधिकारी र सदस्यहरुलाई प्रधानमन्त्रीका विदेश सल्लाहकार, नेकपाका केन्द्रीय सदस्य तथा प्रवास संयोजक डा. राजन भट्टराईले सपथ गराए । नेकपा स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङसमेत थिए कार्यक्रममा । एनआरएनए युरोप उपसंयोजक मुक्त गुरुङ विस्तारित कमिटीलाई शुभकामना मन्तब्यका दिने नाममा “अहिलेको अवस्थामा जनतामा केपी ओलीको जस्तो लोकप्रियता अरु नेतामा नभएको” राजनितिक भाषण दिँदै थिए ।

सोहि भेलामा एनआरएनए मानार्थ आईसीसी सदस्य दीपक खरेल ‘हाल अन्य संस्थामा आफ्नो जिम्मेवारी रहेकोले मंचको अहिलेको कार्य समितिमा रहन नसकेतापनि आफू केपी कमरेडकै पक्षमा रहेको र पूर्ण सहयोग रहने प्रतिवद्धता’ जनाउँदै थिए ।

एनआरएनएका आइसिसि सदस्य बेलायत निवासी रामशरण सिम्खडापनि यहि राजनितिक कमिटिलाई शुभकामना दिन पुगेका थिए ।

एनआरएनए केन्द्रिय प्रवक्ता डिबी क्षेत्रीको त झन कुरै गर्नु पर्दैन । नेकपा फुटको संघारमा पुगेलगत्तै उनले प्रचण्ड र माधव नेपाल पक्षलाई प्रशँसा र केपी ओली पक्षलाई आलोचना गरेर लामो स्टाटस लेखे । उनले केपी ओली पक्षलाई खुइल्याउने र खासगरि प्रचण्ड पक्षलाई प्रशंसाका हार गुथाइदिने दर्जनौं राजनितिक स्टाटस लेख्दै आएका छन् । “राजाबादीको आन्दोलन, राष्ट्रपतिको कदम, केपी ओलीका हर्कत सबैले व्यवस्था माथि धावा बोलेको अवस्था हो । संघीय संसदको बलात्कारको प्रयास हो । यो क्षमा योग्य कतै छैन” एनआरएनए केन्द्रिय प्रवक्ता डिबी क्षेत्रीको स्टाटस मध्येको एक हो यो ।

अझ अर्को स्टाटसमा त डिबी क्षेत्रीले स्पष्ठ लेखेका छन् “देशका लागी के पी ओली घातक ।” उनको भनाईमा यस्ता घातक प्रधानमन्त्रीसित एनआरएनएले कसरि काम गर्न सक्छ ? एनआरएनएले आफ्नो ब्यापारिक र सामाजिक काम गर्न को, कुन दलको प्रधानमन्त्री चाहिने हो ?

एनआरएनएका केन्द्रिय संरक्षक जीवा लामिछाने प्रधानमन्त्री केपी ओलीको आर्थिक सल्लाकार सदस्य छन् । प्रवक्ताको मूल्यांकनमा ‘देशका लागी घातक केपी ओली’ लाई एनआरएनए केन्द्रिय संरक्षकले कसरि सल्लाह दिनसक्छन् ? कस्तो सल्लाह दिन सक्लान् भन्ने प्रश्नपनि तेर्सिन्छ ।

एनआरएनएले संस्थागत रुपमा कुनै पार्टीको लाईन लिन्न । देशमा जुन सरकार आउँछ उसैसित काम गर्ने एनआरएनएको निति रहेको उल्लेख छ । राजनितिमा तटस्थ बस्ने संस्थाको प्रवक्ताले प्रधानमन्त्रीलाई “केपी ओलीका हर्कत सबैले व्यवस्था माथि धावा बोलेको अवस्था” भनिसकेपछि यो संस्थाका नेत्रित्वकर्ताहरुले राजनिति गर्छन् कि गर्दैनन् भन्ने प्रस्ट छ । संस्थाको प्रवक्ताले संस्थाका बिचार, समाचार, सूचना र राजनितिक पार्टीका नेता, देशको कार्यकारी, राष्ट्रप्रमुखसमेतलाई गाली गरेर दिने अभिब्यक्ति कसरि निजात्मक हुन सक्छन् ? कुनै नेतामाथिको गाली र कुनै नेतामाथिको प्रशंसा, फेरि त्यहि फेसबुकबाट एनआरएनएका गतिबिधी सम्प्रेषण कसरि कुनै निजात्मक र कुनै संस्थागत हुन सक्छन् ?

एनआरएनएका केन्द्रिय सल्लाहकार कुल आचार्य त नेपाली कांग्रेस जनवर्गिय संगठनका भ्याए र पाएसम्म हरेक बैठक, भेलामा उपस्थित हुने गरेका छन् । गैर राजनितिक संस्थाको केन्द्रिय सल्लाहकार राजनितिक दलका भेला र बैठकमा उपस्थित हुनु राजनिति भित्र पर्छ कि पर्दैन ?

राजनितिमा तटस्थ बस्ने संस्थाको प्रवक्ताले प्रधानमन्त्रीलाई “केपी ओलीका हर्कत सबैले व्यवस्था माथि धावा बोलेको अवस्था” भनिसकेपछि यो संस्थाका नेत्रित्वकर्ताहरुले राजनिति गर्छन् कि गर्दैनन् भन्ने प्रस्ट छ ।

त्यसो त, एनआरएनएका केन्द्रिय अध्यक्ष कुमार पन्त राजनितिक कार्यक्रमहरुमा सक्रिय देखिँदैनन् । तर उनीपनि राजनितिक प्रशिक्षणमा पुगेको घटना छ । प्रधानमन्त्री केपी ओलीको फ्रान्स भ्रमणका बेला पेरिसको पाँच तारे होटेलको एउटा हलमा केपी ओलीले युरोपस्थित नेकपाका कार्यकर्तालाई प्रशिक्षण दिएका थिए । त्यहाँ कुमार पन्तसमेत पुगेका थिए । त्यहि कार्यक्रममा तत्कालिन एनआरएनए युरोप संयोजक शिव बरुवालसमेत पुगेका थिए ।

यहिँनिर अर्को एक घटनापनि उल्लेखनिय छ । एनआरएनएको निर्वाचनमा यो संस्थाका अभियन्ताहरुले बिभिन्न पार्टीका ढोका चहारेको त छर्लङ्गै छ । यता प्रवाशमापनि नेपाली कांग्रेसको जनवर्गिय संगठमा नेपाली जनसंपर्क समितिको भर्चुवल भेला भयो । भेला एनआरएनएमा कांग्रेसका उमेदवारहरुको हारजितको समिक्षा गर्न केन्द्रित थियो । त्यस भेलामा कोषाध्यक्ष महेश श्रेष्ठमाथि कांग्रेस उमेदवारतिर नलागेर कुमार पन्त (वामपन्थी हुन् भन्दै) तिर लागेको, कांग्रेस उमेदवारलाई सहयोग नगरेको आरोप लाग्यो । चारैतिरबाट आफूमाथि खनिएपछि नेपाली जनसंपर्क समिति (कांग्रेसको भात्रि संगठन) जापानका पूर्व अध्यक्ष रहिसकेका तुलनात्मक रुपमा सोझा महेश श्रेष्ठले ‘म त अहिलेपनि कांग्रेसतिरै छु, मैले जितेपनि मेरा भोट त कांग्रेस उमेदवारलाई नै दिएको हुँ” भन्दै दिएको स्पष्ठिकरणको अडियो नेपालप्लससम्म आइपुग्यो । उनले तत्काल उम्किनकालागि यस्तो स्पष्ठिकरण मात्रै दिएका हुनसक्छन् । तर यसले एनआरएनएमा राजनितिक दलको भूमिका, राजनितिक खेल कति दबाबपूर्ण, कति प्रभावकारि छ भन्ने देखाउँछ ।

तपाइँको प्रतिक्रिया

फेसबुक