मंगलबार, चैत ६, २०८०

अमेरिकी भिसा शुल्क तिर्नेको मान्यता डिसेम्बरसम्म, ‘३ हजारभन्दा बढीलाई फाइदा’

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ वैशाख ४ गते १७:०६

अमेरिकी दुतावासले कोरोनाको अवधीमा एक वर्ष अगाडी भिसा शुल्कबापत शुल्क तिरेर अड्किएरै बसेको अवस्थामा पनि यो शुल्क र भिसा प्रकृयालाई मान्यता दिने भएको छ ।

‘भिसा आवेदकहरुले भिसा आवेदन शुल्क बुझाएर पनि भिसाका लागि अन्र्तवार्ताको प्रतीक्षामा रहेका थुप्रै आवेदकहरु अन्यौलमा रहेको थाहा पाएका छौं,’अमेरिकी दूतावासले आफ्नो वेवसाइट बिज्ञप्तीमा भनेको छ—‘अमेरिकी मिसनले तपाईले गर्नुभएको भुक्तानी (एमआरभी शुल्क)को म्याद २०२१ डिसेम्बर ३१ सम्म थपिदिएको छ ।’

स्रोतका अनुसार, यसरी काठमाडौंमा शुल्क तिरेर पनि भिसा प्रकृया रोकिने नेपाली आवेदकको संख्या ३ हजारभन्दा बढी छ जसले कम्तिमा २० हजार जनही शुल्क तिरेका हुन्छन् । आपतकालिन अवस्थामा तत्काल यात्रामा निस्कनुपर्ने आवेदकलाई अमेरिका जान भिसा प्रकृया सुचारु रहने समेत जनाइएको छ ।

‘विद्यमान महामारीको असरका कारण विद्यार्थी तथा पहिलो पटकका पर्यटकका लागि लगायतका नियमित भिसा आवेदन प्रक्रिया सञ्चालन गर्न काठमाडौँस्थित अमेरिकी दूतावास असमर्थ रहेको छ । यद्यपि हाम्रो कन्सुलर शाखाले सीमित सङ्ख्यामा आप्रवासी भिसा, केही भिसा नवीकरण, र सीमित आपत्कालीन अवस्थाहरूमा गैरआप्रवासी भिसाको प्रक्रिया सञ्चालन गरिरहेको छ’,सूचनामा उल्लेख छ—‘नियमित भिसा सेवाहरू पुनः आरम्भ गर्न र थप भिसा अप्वाइन्टमेन्टहरू खुला गर्न हामी कहिले सक्षम हुनेछौँ भन्नेबारे हामी अझै अनभिज्ञ छौँ । नियमित भिसा प्रक्रिया सञ्चालन गर्न सुरक्षित भएको यकिन भए लगत्तै हामी सो कार्य गर्नेछौँ ।’

यस्तै, अस्थायी अवधिका निम्ति संयुक्त राज्य अमेरिका प्रवेश गर्न चाहनेलाई र संयुक्त राज्य अमेरिकामा अनिश्चित कालका लागि वा स्थायी रूपमा बसोबास गर्न चाहनेहरूलाई भिसा सेवा उपलब्ध गराउनका लागि काठमाडौँस्थित अमेरिकी दूतावासको कन्सुलर शाखा जिम्मेवार रहेकोपनि जनाइएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक