शुक्रबार, वैशाख १४, २०८१

चेक गणतन्त्रद्वारा १८ रसियन कूटनीतिज्ञहरु निष्कासित

नेपालप्लस संवाददाता२०७८ वैशाख ५ गते १७:१७

फोटो- द सन डेली डट कम

चेक गणतन्त्रले १८ जना रसियाली कूटनितिज्ञहरुलाई निष्काशन गरेको छ । सन् २०१४ को गोला बारुद विष्फोटनमा संलग्न रहेको आशंकामा चेक गणतन्त्रले ति कूटनीतिज्ञहरुलाई निष्कासन गरेको चेक प्रधानमन्त्री अन्द्रज बेबिस र परराष्ट्र मन्त्री जन हमासेकले शनिबार बताएका हुन् ।

फ्रँस २४ न्युजका अनुसार इन्टरफेक्सले उद्धृत गरेको कूटनीतिक स्रोतलाई उल्लेख गर्दै यो निष्कासन पछि रसियाले मस्कोस्थित चेक गणतन्त्रको दूतावास बन्द गर्न लगाउनसक्ने उल्लेख गरेको छ ।

“चेकको भ्र्बेटिस क्षेत्रको गोलाबारूद भण्डारको विस्फोटनमा रूसी गुप्तचर सेवा जीआरयूका अफिसरको संलग्नताबारे गम्भीर शंका छ” बाबिसले टेलिभिजनमा प्रत्यक्ष देखाइएको ब्रीफिंग मार्फत् भनेको भन्दै फ्रँस २४ न्युजले उल्लेख गरेको छ ।
इन्टरफेक्स न्यूज एजेन्सीले उद्धृत गरेका एक रूसी सांसदले उक्त आरोपलाई बेतक भनेका छन्।

सन् २०१४ को अक्टुबर १६ मा चेकको राजधानी परागबाट ३३० किमी दक्षिणपूर्वमा रहेको गोलाबारुद भण्डारमा बिस्फोट भएर त्यस कम्पनीलाई छतबिक्षत पारेको थियो । उनीहरुले एक निजि कम्पनीका दुई कामदारको हत्या गरिदिएका थिए । त्यस डिपोले सरकारी सेनाको संगठनबाट भाडामा लिएको थियो ।

चेक परराष्ट्र मन्त्री हमासेकले रसियाली दूतावासका गोप्य सेवाकर्मीका रूपमा चिनाइएको कर्मचारीलाई ४८ घण्टा भित्र नाटोका देश छोड्न आदेश दिइने बताएका छन् ।

इन्टरफेक्स समाचार एजेन्सीले रसियाली माथिल्लो सदनको अन्तर्राष्ट्रिय मामिला समितिका प्रथम उपप्रमुख व्लादिमीर जाजाबारोभलाई उद्धृत गर्दै प्रागको दाबी बेवास्ता गरिएको र रूसको प्रतिक्रिया आनुपातिक हुनुपर्ने उल्लेख गरेका छन् ।

यसबाहेक, चेक प्रहरीले शनिबार विभिन्न पासपोर्ट बोक्ने दुई व्यक्तिको खोजी गरिरहेको जनाएका छन् । तिनमा रसियाली अलेक्ज्याण्डर पेट्रोभ र रुसलान बोशीरोभको नाम थियो । ती पुरुषहरू सन् २०१४ को विस्फोटमा उनीहरूको सम्भावित भूमिकाको आधारमा खोजिमा रहेको संगठित अपराध स्क्वाड (एनकोज) ले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

ती नामहरू दुई रूसी सैनिक गुप्तचर अधिकारीहरूले प्रयोग गरेका उपनामहरू थिए जसलाई बेलायती अभियोजकहरूले रूसी जासूस सर्गेई स्क्रिपालको ब्रिटिश भूमिमा हत्या प्रयासको आरोप लगाएका थिए ।

तर यसलाई बेलायत र मस्को दुवैले अस्वीकार गरेका छन् । स्क्रिपाल र उनकी छोरी युलियालाई मार्च २०१८ मा बेलायती शहर सलिसबरीमा स्नायु एजेन्टको साथ विष दिइएको थियो ।

तपाइँको प्रतिक्रिया