शुक्रबार, चैत १६, २०८०

एनआरएन प्रतिष्ठानको अध्यक्षमा लामिछाने

नेपालप्लस डेस्क२०७८ वैशाख ६ गते ६:०४

गैर आवाशिय नेपाली संघले सामाजिक क्षेत्रमा काम गर्नकालागि स्थापना गर्न लागेको एनआरएनए प्रतिष्ठानको अध्यक्षमा जीवा लामिछानेको नाम पारित गरेको छ । लामिछाने संघका संस्थापक मध्येका एक हुन । संघका एक पदाधिकारीका अनुसार सोमबार परराष्ट्र मन्त्रालयबाट यसको घोषणा गरिने छ ।

सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्य लिएर डेढ दशक अघी सामाजिक संस्थाका रुपा स्थापना भएको नेपाली संघले उद्देश्य अनुसार सामाजिक काम गर्न नसकेपछि आलोचित हुँदै आइरहेको थियो । नाफा कमाउने उद्देश्यले गरिएका लगानी बाहेक संघका अन्य सामाजिक लगानिहरु सफल हुन सकेका छैनन ।

लाप्राक वस्ती निर्माण र शंखमुल पार्क निर्माण लगायतका सामाजिक कार्यमा हात हालेको संघले चरम असफलता ब्योहोरेको छ र करोडौ रुपैयाँ नोक्सान भएको छ । करिब ४२ करोडको लगानीमा सम्पन्न गर्ने भनिएको लाप्राकको बजेट ६० करोडको हाराहारिमा पुगेको छ भने १ करोडको शंखमुल पार्कको बजेट २ करोड माथि पुगेको छ । यसले पनि एनआरएनको क्षमता माथि पटक पटक प्रश्न उठ्दै आइरहेका थिए । संघलाई सामाजिक क्षेत्रमा काम गर्न छुट्टै संयन्त्रको आवश्यकता महशुस गरिएको थियो ।

आइतवार भएको भर्चुअल बैठकमा संघका अध्यक्ष कुमार पन्तले ल्याएको एनआरएन प्रतिष्ठान स्थापनाको प्रस्तावलाई आइसीसीले पारित गरेको हो । अध्यक्ष पन्तले प्रतिष्ठानको अध्यक्षका लागि गैर आवाशिय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछानेको नाम प्रस्तावित गरेका थिए । जसलाई आइसीसीले पारित त गर्‍यो तर केही केन्द्रिय सदस्यले उनको नामप्रती तिब्र असहमती प्रकट गरेका थिए ।

कतिपय सदस्यहरुले स्थापना कालदेखि अहिलेसम्म पनि उनै ब्यक्तिहरु कुनै न कुनै रुपमा नेतृत्वमा रहिरहँदा संघको विश्वसनियता ह्रास हुनसक्ने भएकोले नयाँ ब्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने आवाज उठाएका थिए । विरोध र समर्थनकाबिच अधिकांश सदस्यहरुले लामिछानेको नाममा सहमती जनाएका थिए ।

महासचिव डा. हेमराज शर्माले एनआरएन प्रतिष्ठानका लागि लामिछानेको नाम पारित भएको पुष्टी गरे । शर्माका अनुसार सोमबार एनआरएन प्रतिष्ठान र एनआरएन डेभलपमेन्ट फन्ड स्थापना भएको मन्त्रालयबाट घोषणा गरिने छ । यस अघी संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको नाम एनआरएन डेभलपमेन्ट फण्डको अध्यक्षमा चयन भएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक