शुक्रबार, वैशाख १४, २०८१

भारतमा एकैदिन साढे दुई लाख भन्दा बढिलाइ कोरोना : सरकारी अस्पतालका ओछ्यान खाली गर्न थालियो, वंगलादेशमापनि तिब्र वृद्दी

"अक्सिजन आपतकालिन भएको छ" दिल्लीका मुख्य मन्त्री केजरीवाल

नेपालप्लस स्वास्थ्य संवाददाता२०७८ वैशाख ६ गते १६:२९

Credit-PTI Via scroll.in

भारतमा पछिल्लो समयमा एकै दिन एक हजारभन्दा बढिको कोरोनाबाट मृत्यु हुनलागेपछि थप ओछ्यान र अक्सिजन माग गरिएको छ । कोरोनाका बिरामीहरु राख्ने ओछ्यान र उपचारमा रहेकालाई अक्सिजन पुर्‍याउन नसकेपछि थप माग गरिएको हो ।

अस्पतालमा कोरोनाका बिरामीहरुको अत्यधिक चापले गर्दा सरकारी अस्पतालका ओछ्यानहरु खाली गर्न थालिएको छ ।

कोरोना भाईरसको प्रकोप तिब्र भएपछि नयाँ दिल्ली सरकारले एक साताका लागि कर्फ्यु लगाएको छ ।

कोविड १९ का बिरामीहरूलाई राख्नकालागि सरकारी अस्पतालका थप ओछ्यानहरू मुक्त गरिने भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ । भाइरसको संकटले विशाल राष्ट्र खस्कँदै गइरहेको, महामारीबाट ग्रस्त भएको भन्दै अक्सिजन र औषधीहरू थप आपूर्तिको लागि अपील गरेको छ ।

भारतमा आइतवार एकै दिन दुई लाख ६१ हजार पाँच सय जनामा कोरोना संक्रमित भएको तथ्यांक सार्वजनिक भएको छ । यसले हालसम्मकै रेकर्ड तोडेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाईरसको परिक्षण गर्न गएका प्रत्येक ६ जना मध्ये एक जनामा कोरोना पोजेटिभ पाइएको छ ।

कोरोना भाईरसबाट सबैभन्दा बढि संक्रमित हुनेमा भारत विश्वमै दोस्रो देश बनेको छ । यहाँ हालसम्म एक करोड ४८ लाख नागरिक संक्रमित भैसकेका छन् । सरकारी मन्त्रालय वा सार्वजनिक क्षेत्रका कम्पनीहरूका कर्मचारीहरूका लागि आरक्षित अस्पतालहरूले आफ्ना केही वार्डहरू कोविड १९ सुविधायुक्त बनाउन लागेका छन् । त्यस्ता ओछ्यानमा आईसीयू र अक्सिजनयुक्त सामाग्रि, भ्यान्टिलेटर, प्रयोगशाला थपेर स्वास्थ्य सेवाका कर्मचारीले परिर्वतन गर्ने सरकारले उल्लेख गरेको छ ।

“भारतको धेरै राज्यहरुबाट ओछ्यानको अभाव रहेको भन्दै रिपोर्ट गरिएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । त्यस मागलाई संवोधन गर्ने मन्त्रालयले उल्लेख गरेको छ ।
अस्पतालहरुमा देखिएको बढ्दो अक्सिजन अभावलाई पूर्ती गर्न विशेष रेलहरूले अक्सिजन ट्यांकरहरू खाँचोमा परेका राज्यहरूमा ओसारपसार गरेका छन् । सरकारले भने औद्योगिक उद्देश्यका लागि अक्सिजनको प्रयोग सीमित पारिदिएको छ ।

भारतको नयाँ दिलीमै गत २४ घण्टामा २५ हजार पाँच सय जना कोरोना भाईरसबाट संक्रमित भएका छन् ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतवार आफ्नो ट्विटरमा उल्लेख गरेका छन् “यहाँ अक्सिजनको तीव्र कमी रहेको छ । यो ब्रिहद शहरका अस्पतालहरुमा “अक्सिजन आपतकालिन भएको छ ।”

उनले आइतवार पनि एक भिडियो विज्ञप्तीमा “कोरोना संक्रमितको संख्या तिब्ररुपमा बढिरहेको, अब एक सय बेड मात्र बाँकि छन्” उल्लेख गरेका थिए ।

कुम्भ मेलामा भाग लिएका हजारौं तिर्थालुहरु यदि राजधानी दिल्ली भित्रिएमा ति १५ दिन क्वारेन्टाईनमा बस्नुपर्ने पनि मुख्यमन्त्री केजरिवालले उल्लेख गरेका छन् ।

उत्तराखण्ड राज्य सरकारले सार्वजनिक गरेअनुसार गत साता हरिद्वार शहरको गंगा नदीको किनारमा कुम्भ मेला मनाउने करीव ३,७०० जनामा कोरोना भाईरस संक्रमण भएको छ । स्वास्थ्य अधिकारीहरुले चाडपर्व र सांक्रितिक जमघटले कोरोना भाईरसको संक्रमण तिब्ररुपले फैलाएर ठूलो क्षती पुर्‍याउनसक्ने चेतावनी दिएका छन् ।

पश्चिम बंगाल राज्यमा अहिले फरक फरक चरणमा निर्वाचन चलिरहेको छ । त्यहाँ प्रतिद्वन्द्वी दलहरूले ठूलो जुलुस निकालेका छन् जहाँ हजारौं हजारको सहभागिता छ । यो जमघटले रोग फैलिने अझ ठूलो त्रास बढाएको छ । पश्चिम वंगाल राज्यकी मुख्यमन्त्री ममता बेनर्जीले थप अक्सिजन र कोरोनाभाइरस औषधिको लागि अपील गरेकि छन् ।

बेनर्जीले कोरोना प्रकोपबाट बच्न राज्यलाई थप खोपहरू चाहिएको बताएकि छन् । भारतले अहिलेसम्म १२ करोड २० लाख भन्दा बढी खोपको प्रबन्ध गरेको छ । तर केही राज्यहरूले भण्डार कम भएको गुनासो गरेका छन् । विज्ञहरूले खोपको मात्रा छोटोभन्दा छिटो थप गर्न आवश्यक रहेको औंल्याएका छन् ।

भारतमा यतिबिघ्न कोरोनाको प्रकोप हुँदापनि बेनर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले आइतबार चुनावी अभियानका क्रममा ठूला ठूला जुलुसहरु गरेका थिए ।

तर पश्चिम बंगाल चुनावका एक सानो खेलाडी कंग्रेस पार्टीका नेता राहुल गान्धीले ‘गम्भीर परिस्थितिलाई ध्यानमा राख्दै’ उल्लेख गरेर आइतवार आफ्नो ट्वीटर मार्फत् पश्चिम वंगाल राज्यमा आफ्ना सबै जुलुस स्थगित गरेको घोषणा गरेका थिए।

छिमेकी बंगलादेशका अधिकारीहरूले महामारीको सुरु भएदेखि यता देशको सबैभन्दा बढी दैनिक मृत्युदर १०२ पुगेको बताएका छन् । हालसम्म वंगलादेशमा १० हजार तिन सय ८५ को कोरोना संक्रामणबाट मृत्यु भैसकेको छ ।

वंगलादेशमा हालसम्म सात लाख १८ हजार नौ सय ५० मा कोरोना संक्रमित भएको छ । त्यहाँ आइतवार एक थोक बजारलाई बिस्थापित गरेर अस्थायि कोरोना अस्पताल बनाइएको छ ।

(नेपालप्लस सँगै फ्रँस २४ न्युज र एएफपी)

तपाइँको प्रतिक्रिया