बिहीबार, चैत १५, २०८०

के महात्मा गान्धी समलिंगी थिए ?

स्टेफानी लेगिसाले२०७८ वैशाख ७ गते १६:२०

महात्मा गान्धी (१८६९- १९४८) एक भारतीय वकिल, अहिंसक अभियन्ता र लेखक थिए । हामी सबैलाई थाहा छ, गान्धीजीले सन् १९४७ मा बेलायती औपनिवेशिक शासनबाट स्वतन्त्र हुन भारतको नेतृत्व गर्ने महान उपलब्धि हासिल गरे ।

प्राय जसो इतिहासका पुस्तक र पाठ्य पुस्तकहरुले उनको जीवनको बारेमा पर्याप्त विवरण प्रदान गर्दछन् । तिनिहरुलाई शायद महात्मागान्धी समलिंगीपनि थिए भन्ने हेक्का नहुनसक्छ । वा उनको यौनजन्य पहिचानबारे लुकाउनुपर्ने हुनसक्छ । वा जानकारि नभएको पो हो कि ?

किनभने उनको व्यक्तिगत जीवनको बारेमा छलफल गर्दापनि उनीहरूले गान्धीसँग श्रीमती भएको उल्लेख गर्दछन् । तर पुरुषहरुप्रति उनको आकर्षण भएको प्रमाण भने लुकाउँछन्।

इतिहासकारहरूले निष्कर्ष निकालेका छन्- गान्धी कि त द्विलिंगी वा समलिंगी थिए गान्धीका पत्र र अन्य प्रमाणहरुको आधारमा।

उनका जीवनका त्यस्ता विवरणहरूसहित सन् २०११ मा प्रकाशित जीवनी प्रसिद्ध भयो “ग्रेट सोल : महात्मा गान्धी एण्ड हिज स्ट्रगल विथ् इन्डिया” भन्ने पुस्तकमार्फत् । यो पुस्तक पुलिट्जर पुरस्कार विजेता पत्रकार जोसेफ लेलीवेल्डद्वारा लेखिएको थियो ।

पुस्तकमा सन् १९०८ मा गान्धीले आफ्नी श्रीमतीलाई जर्मन-यहूदी वास्तुकार, र बडीबिल्डर हरमन कलेनबाचको लागि छोडिदिएको उल्लेख गरिएको छ । गान्धीले आफ्नी श्रीमतीबाट छुट्टिनुभन्दा धेरै अघि यी दुईले आफ्नो सम्बन्ध स्थापित गरेका थिए । किनकि गान्धीको श्रीमतीसँगको विवाह एक मागि विवाह थियो । इतिहासकारहरूले अनुमान गरेका छन्, यो विवाह आपसी स्नेहमा आधारित नहुन सक्छ।

उनीहरूको सम्पूर्ण सम्बन्धमा कल्लेबाच र गान्धीले आत्मीय प्रेम पत्रको आदानप्रदान गरेका थिए जसमा गान्धीले आफ्ना भावनाहरू स्पष्ट पारे :

“तपाईंले मेरो शरीरलाई कसरी पूर्ण रूपमा स्वामित्वमा लिनुभयो । यो एक बदला लिएजस्तो चोट पुर्‍याए जस्तो ।”

त्यस्तै अर्को पत्रमा गान्धीले उल्लेख गरेका छन् – “तपाईंको चित्र (एक मात्र) मेरो शयनकक्षमा सजाएर खडा छ, त्यो आक्रिति, कला ओछ्यानको विपरीत छ ।”

पुस्तक विमोचन गरिएको बेला धेरै जना आक्रोशित भएका थिए । उनीहरुले जीवनी लेखकलाई गान्धीको निन्दा गरेको आरोप लगाउँदै ति क्रोधित बनेका थिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पुस्तकलाई “विकृत रूप” भनेर आरोप लगाएका थिए । पुस्तक भारतको केही भागमा प्रतिबन्ध लगाइएको थियो । तर जनताको आक्रोशको पर्वाह नगरी भारतका केही विशेष मानिसहरूले गान्धीको बारेमा यी खुलापनहरूलाई विजयको रूपमा हेरेकापनि थिए ।

(स्टेफानी लेगिसाले एन अनजस्टिस म्यागमा लेखेको आलेखको एक भागलाई नेपालप्लसले भावानुवाद गरेको हो-सं)

तपाइँको प्रतिक्रिया

फेसबुक