शनिबार, वैशाख ८, २०८१

अधिकारकर्मी डा. उपाध्यायको ‘द घोस्ट्स इन द हिल्स’ उपन्यास प्रकाशित

नेपालप्लस संवाददाता, लन्डन २०७८ वैशाख ८ गते १३:५६

मानव अधिकारकर्मी डा. कृष्ण उपाध्यायले नेपालको माओवादी आन्दोलनको सन्दर्भसँग जोड्दै ‘द घोस्ट्स इन द हिल्स’ नामक उपन्यास प्रकाशित गरेका छन् । उक्त पुस्तकको किण्डल संस्करण र पुस्तक अमाजन मार्फत बजारमा उपलब्ध छ ।

एकजना दलित वालिकाको साहसिक यात्राको वर्णन गरिएको उक्त उपन्यास नेपाली ग्रामिण समाजमा द्वन्द्व कसरि शुरु भएको थियो भन्ने कथामा आधारित छ। दाङ्गको थारु समाजबाट शुरु भएको कथामा जानकी नाम गरेकी वालिकाको रोचक यात्राका साथै युद्ध र विद्रोहको कथा समेटिएको छ । “राज्य विरुद्ध सशस्त्र युद्धमा होमिएकी ती वालिकाको युद्धका मर्म बिर्सनेहरु विरुद्ध नै अर्को विद्रोहको कथा पनि हो यो,” उपन्यासकार उपाध्यायले भने।

नेपालको सशस्त्र माओवादी द्वन्द्वको बारेमा लेखिएको उक्त पहिलो अंग्रेजी उपन्यासमा उपाध्यायले गहिरोसँग नेपाली समाजमा कायम विभेद र अत्याचारको चित्रण गरेका छन् भने कतिपय विभेद विरुद्धको लडाईं निकै पेचिलो र अप्ठ्यारो भएको तथ्यलाई पनि उजागर गरेका छन्।

तपाइँको प्रतिक्रिया

फेसबुक