शनिबार, वैशाख ८, २०८१

यौन उत्पीडनले हल्लाएको स्विस सार्वजनिक प्रशारक

नेपाल प्लस२०७८ वैशाख ८ गते १६:५८

स्विजरल्याण्डको सार्वजनिक प्रशारक संस्थामा भएको यौन उत्पिडनको खबरले यतिखेर स्विजरल्याण्डका मेडियाहरुलाई हल्लाईदिएको छ । स्विस उच्च अधिकारीहरुबिच ठूलै सन्सनी मच्चिएको छ ।

एक अनुसन्धानले फ्रान्सेली भाषाको स्वीस सार्वजनिक रेडियो र टेलिभिजन, आरटीएसमा यौन उत्पीडनको घटनाहरु पुष्टि भएको छ । दुई अपराधीहरूलाई अपराध गरेको भन्दै किटान गरिएको छ ।

आरटीएसमा दीर्घकालीन बदमाशी र यौन उत्पीडनको आरोपपछि आरटीएस र स्विस इन्फो डट सिएचको मूल कम्पनी स्विस प्रसारण कर्पोरेशन (एस बि सि) द्वारा गत वर्ष चौतर्फी अनुसन्धान सुरू गरिएको थियो । टेम्प्सद्वारा प्रकाशित र अज्ञात स्रोतको आधारमा सार्वजनिक रिपोर्टले व्यवस्थापनले आँखा चिम्लेको उल्लेख गरेको छ ।

शुक्रबार आफ्नो छानबीनको नतीजा घोषणा गर्दै एसबीसीले एक विज्ञप्ति मार्फत बाह्य लिंकमा ‘त्यहाँ दुई आरटीएस कर्मचारीहरुद्वारा उत्पीडन भएको र त्यसलाई प्रतिबन्ध लगाइएको एसबिसीले उल्लेख गरेको छ । उसको कथनमा थप विवरण दिइएको छैन ।

पूर्व स्टार टेलिभिजन प्रस्तुतकर्ता डेरियस रोचेबिन, जसले आरटीएसबाट बिदा लिएर फ्रान्सेली टेलिभिजनमा काम गर्न गएका थिए, उनीमाथि लगाइएको यस्तै आरोपहरूमा भने सफाई दिईएको छ जसलाई उनले सँधै इन्कार गरेका थिए।

तर आरटीएस व्यवस्थापन गर्ने आरटीएस टेलिभिजनका प्रमुख र फर्मको एचआर प्रमुखले कम्पनी छोड्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

एसबीसीको निर्देशक समितिले एसआरजी प्रमुख गिलेस मार्चन्द (पूर्व आरटीएस मालिक) र वर्तमान आरटीएस मालिक पास्कल क्रिटिनमा उनीहरूमाथि विश्वास व्यक्त गरेको छ । तर उक्त बयानले मार्चन्दले आरटीएस प्रमुख हुँदा आफ्नो निरीक्षण जिम्मेवारीहरुलाई पर्याप्त ध्यान नदिएको उल्लेख गरेको छ । तर विशेषज्ञहरूले कुनै गम्भीर त्रुटि फेला पारेनन् । विज्ञहरूले कुनै पनि दुराचार फेला नपरेको कारण क्रिटिनको सवालमा कारबाही गर्न आवश्यक नभएको विज्ञप्तिमा छ।

बोर्डले उत्पीडनको कारणमा गहिरो दुख व्यक्त गर्दै प्रभावितहरुसित क्षमा मागेको छ । अनुसन्धानको परिणामको आधारमा कर्मचारीहरूको प्रतिष्ठा जोगाउन केही थप उपायहरू बनाएको जनाएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक