शुक्रबार, चैत १६, २०८०

स्विजरल्याण्डमा महिलाहरुको ऐतिहासिक बिजय : प्रान्तिय संसदमा महिलाको बहुमत

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड २०७८ वैशाख ८ गते १९:३०

Photo via www.dw.com

स्विजरल्याण्डको इतिहासमै पहिलो पटक महिलाहरूले प्रान्तिय संसदमा बहुमत प्राप्त गरेका छन् । नुसातेलका मतदाताहरूले स्थानीय संसदमा महिलाहरुलाई ५८ प्रतिशत मत दिएर ऐतिहासिक निर्णय गरेका हुन् ।

सन् २०१३ मा नुसातेल संसदमा २३ प्रतिशत महिलाको प्रतिनिधित्व थियो । सन् २०१७ मा त्यो संख्या बढेर ३४ प्रतिशत पुगेको थियो । तर आइतबार भएको मतदानमा महिला प्रतिनिधित्व स्पष्ट बहुमतमा पुग्यो ।

किस्टोन न्युजका अनुसार नुसातेलबासीले महिलाहरूको मताधिकार स्विजरल्याण्डमा ढिलो प्रगति भएको भनेका छन् । त्यसलाई ध्यान दिँदै अहिले उल्लेखनीय प्रगती गरेको बताएका छन् । महिलाहरूलाई सन् १९७१ देखि मात्रै स्विजरल्याण्डमा संघीय स्तरमा मतदान गर्न अनुमति दिइएको थियो । जबकि अन्तिम क्यान्टोनले सन् १९९० सम्म महिलाको मताधिकारको प्रतिरोध गरेको थियो ।

नुसातेल प्रान्तले मतदान गर्नुअघि बासेल शहरले महिला सांसदमा सन् २०२० मा ४२ प्रतिशतलाई जिताएको थियो । त्यस्तै, जुरिचले सन् २०१९ को मतदानमा महिलालाई ४० दशमलव ६ प्रतिशत, बासेल काउन्टीले सन् २०१९ मा ४० प्रतिशत महिला सांसद छानेर स्विजरल्याण्डमा महिलाहरुलाई उच्च स्थानमा बिजयी गराएको थियो ।

राजनीतिक वैज्ञानिक क्लाउड ल लङसँले स्विस इन्फोलाई बताएअनुसार नुसातेलको मत राजनीतिक दलहरूले महिला उम्मेदवारहरूको अधिक अनुपातलाई स्विकारेको संकेत हो । यसले सबै क्षेत्रमा लैंगिक समानताप्रतिको बढ्दो आन्दोलनबाट प्रेरित भएको देखाउँछ ।

यो गतिशील परिवर्तनले सन् २०१० लाई स्मरण गराउँछ । यो वर्ष स्विजरल्याण्डमा दोस्रो महिला हड्ताल प्रभावकारि रुपमा भएको थियो । त्यसबेलादेखि व्यापार, समाज र राजनीतिमा भेदभाव बढि भयो, लैंगिक समानता भएन भन्ने सार्वजनिक मुद्दा उठान हुन थालेको हो ।

युरोपेली परिषदको वेभसाईटका अनुसार सन् २०१९ को (दोस्रो क्वाटर) मा महिलाको ईयु मुलुकका संसदमा ३१ प्रतिशत प्रतिनिधित्व थियो । व्यापार, ब्यवशायमा महिलाको नेत्रित्व संख्या कम छ । अप्रिल २०१९ मा महिलाहरूले ईयू देशहरूमा दर्ता भएका सबैभन्दा ठूला सार्वजनिक-सूचीबद्ध कम्पनीहरूको बोर्ड सदस्यहरूमा २७ दशमलव ८ प्रतिशत मात्रै प्रतिनिधित्व गर्छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक