शुक्रबार, वैशाख १४, २०८१

चर्चिल जसले फ्लोर क्रस गरेर पार्टी नै फेरेका थिए

नेपालप्लस न्युज डेस्क२०७८ वैशाख ९ गते १२:३०

कर्णाली प्रदेशमा एमालेको ह्विप उल्लंघन गरेर आफ्नै सांसदले माओवादी केन्द्रका मुख्यमन्त्रीलाई भोट हालिदिएपछि अहिले नेपालमा फ्लोर क्रस शब्द निकै चर्चित भएको छ । संसदीय अभ्यासका पण्डितहरुले यसरी पार्टीको आदेश विरुद्ध जानु असंसदीय काम भएको भनी चर्चा परिचर्चा गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने सांसदहरुलाई कारवाही गर्ने पक्कापक्की जस्तै भएको छ ।

संसदीय व्यवस्थाको जनक मानिने वेलायतमा दोश्रो विश्वयुद्धका बेला प्रधानमन्त्री रहेका बहुचर्चित प्रधानमन्त्री विन्स्टन चर्चिलले भने आफू सांसद रहेको कन्जरभेटिव दल नै परित्याग गरेर अर्को लेबर पार्टीमा प्रवेश गरेका थिए ।

चर्चिल वेलायतको संसदीय इतिहासका अनौठा पात्र त हुँदै हुन्, संसार जित्न निस्किएको तानाशाह हिटलरसँग लडाइँ लडेर विजय पाउने लडाकु पनि हुन् । उनको राजनीतिक जीवनलाई सुक्ष्म रुपमा हेर्दा कन्जरभेटिभ दलबाट जिते । पछि लिबरल पार्टीमा प्रवेश गरेर राजनीतिमा सकृय रहेका यी नेता लेबरका केही नीतिहरुसँग असहमत भए । बिस वर्षपछि फेरि कन्जरभेटिभ पार्टीमै फर्किएका थिए ।

युवा अवस्था सेना र युद्ध पत्रकारको रुपमा बिताएका चर्चिल कुशल वक्ता, देशभक्त र राम्रा लेखकका रुपमा परिचित छन् । त्यही भएर साहित्य तर्फको नोबेल पुरस्कार प्राप्त गर्न उनी सफल भएका थिए । प्रथम र दोश्रो विश्वयुद्धका साक्षी चर्चिलको सिगारो, कालो टोली र थल्थले शरीर तर प्रष्ट वक्ताको पहिचान आज पनि वेलायतीहरुको निम्ति राजनीति,साहित्य,कला सबैको मिश्रण भएको चामत्कारिक व्यक्तित्वको रुपमा उदाहरण बनेको छ ।

सन्दर्भ फ्लोर क्रसको हो, मे ३१ मे १९०३को दिन बिहान संसद पुगेका कन्जरभेटिभ सांसद चर्चिल विपक्षी बेन्चमा गएर बसे । सभामुखसँग समय लिएर आफ्नो दलको आर्थिक नीतिमा चरम असहमति जनाउँदै आफू उक्त दलमा रहिरहन नसक्ने भएकैले विपक्षी दलतिर लागेको जनाउ दिए । त्यसदिनदेखि लगातार बीस वर्षसम्म उनी लेबर पार्टीको सकृय नेता भएर बिताए । हिटलर र मुसोलिनीले युरोपका विभिन्न देशमा कब्जा
जमाउँदै युद्ध गर्न थालेपछि सकेसम्म नलड्ने मनस्थितिमा रहेको बेलायतमा युद्धमा जान प्रेरित गर्ने यिनै थिए । लिबरल पार्टीका गतिविधिप्रति असन्तुष्ट चर्चिल कन्जरभेटिभ पार्टीमा फर्किएर प्रधानमन्त्री नै भए ।

संसदीय अभ्यासमा प्रयोग भैसकेको विषयमा नेपालमा भने निकै ठूलो आतंक पिटिएको छ । फ्लोर क्रस गर्ने अभ्यासलाई पूर्णत निषेध गर्नुपर्छ भन्ने आवाज बढिरहेको बेला हिम्मतका साथ दलै बदलेका चर्चिललाई वेलायती राजनीतिमा देशको वागडोर नै सुम्पेर युद्धमा होमिएको घटनाले प्रष्ट बताउँछ, असहमत आवाजको सुनुवाइ हुने व्यवस्था हो लोकतन्त्र । संसदीय अभ्यासमा विश्वास गर्ने जो कोही फ्लोर क्रससँग डराइहाल्नुपर्ने छैन ।

तपाइँको प्रतिक्रिया