शनिबार, वैशाख ८, २०८१

लाप्राक वस्ति स्थानियलाई हस्तान्तरण

नेपालप्लस संवाददाता२०७८ वैशाख ९ गते १२:५१

वि.सं. २०७२ को भूकम्पको केन्द्रविन्दु बारपाक नजिकैको लाप्राकबासिका लागि गैरआवासीय नेपाली संघद्वारा गुम्सीपाखामा निर्मित नमुना बस्ती आज हस्तान्तरण गरिएको छ ।

गैर आवाशिय नेपाली संघ (एनआरएनए) का केन्द्रिय अध्यक्ष कुमार पन्तको जानकारि अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली, माननीय हरिराज अधिकारीलगायतको उपस्थितिमा ५७३ वटा आवास र अन्य सामुदायिक पूर्वाधारसहित आज विहिवार हस्तान्तरण गरिएको हो ।

यो वस्ति हस्तान्तरण गर्न पाउँदा निकै खुसी लागेको पन्तले आफ्नो फेसबूकमा उल्लेख गर्दै भनेका छन् “यस परियोजनामा हरेक गैरआवासीय नेपालीको तन, मन र धन परेको छ । उहाँहरूसहित सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद ।”

फोटो – ठुले गुरुङ

फोटो – ठुले गुरुङ

फोटो – ठुले गुरुङ

तपाइँको प्रतिक्रिया

फेसबुक