शुक्रबार, वैशाख ७, २०८१

पाकिस्तानमा चिनियाँ राजदूतलाई निशाना बनाएर घातक कार बम विष्फोट, चारको मृत्यु , ११ घाईते, केहि गम्भिर

नेपालप्लस संवाददाता२०७८ वैशाख ९ गते १३:२३

By Sean Morrison @seanmorrison/Screen shot by nepalplus

पाकिस्तानमा रहेका चिनियाँ राजदूतलाई निशाना बनाएर एक घातक कार बम विष्फोट गरिएको छ ।

फ्रँस २४ न्युजका अनुसार यो विष्फोटनमा परी चार जनाको मृत्यु भएको छ भने ११ जना घाईते छन् ।

पाकिस्तानी अधिकारीहरुका अनुसार दक्षिणपश्चिमी पाकिस्तानी शहर क्वेटास्थित लक्जरी होटलको पार्किङ क्षेत्रमा बुधवार ढिलो गरि कार बम विस्फोट भएको थियो ।

पाकिस्तानका लागि चीनका राजदूत होटलमा बसिरहेका थिए । तर बम विस्फोट हुँदा उनी बाहिर निस्किएको पाकिस्तानका गृहमन्त्री शेख रशीद अहमदलाई उल्लेख गर्दै रोयटर्सले जनाएको छ ।

प्रान्तीय गृहमन्त्री जियाउल्ला लाङ्गोले चिनियाँ राजदूत सकुशल रहेको उल्लेख गरेका छन् ।

प्रहरी अधिकारी नासिर मलिकले रोयटर्सलाई भने “सेरेना होटलको पार्किङ क्षेत्रमा विस्फोट भएको छ।” ति अधिकारीले ११ जना घाइते भएको बताएका छन् ।

स्थानीय सिभिल अस्पतालका एक अधिकारी वसीम बेगले भने “चार जनाको मृत्यु भएको छ र धेरै जनाको अवस्था गम्भीर छ ।”

“विस्फोटकले भरिएको कार होटेलमा विस्फोट भयो” अहमदले स्थानीय एआरवाई न्यूज टिभीलाई भने । पाकिस्तानको तालिवान समूहले बम विष्फोटको जिम्मेवारी दाबी गरेको छ ।

“यो एउटा आत्मघाती हमला थियो जसमा हाम्रो आत्मघाती बमवर्षकले आफ्नो विस्फोटक पदार्थले भरिएको कारलाई होटेलमा प्रयोग गरेको थियो” तालिबानका सैनिक अधिकारी तहरीक-ए-तालिबान (टीटीपी) का प्रवक्ताले रोयटर्सका एक पत्रकारलाई सन्देश पठाउँदै भनेका छन् ।

प्रान्तीय सरकारका प्रवक्ता लियाकत शाहवानीको ट्वीट अनुसार चिनियाँ राजदूत नोंग रोंगले त्यस दिन शहरको प्रान्तीय मुख्यमन्त्री जाम कमललाई भेटेका थिए।

लांगोले पत्रकारहरूलाई भने “मैले उनलाई भेटें । ऊनी उच्च उत्साहमा छन् । राजदूतले बिहीबार क्वेटाको आफ्नो यात्रा पूरा गर्नेछन् ।”

यो लक्जरी होटेल इरानी वाणिज्य दूतावास र प्रान्तीय संसद भवनको छेउमा छ । क्वेटा खनिजले धनी दक्षिण पश्चिमी ब्लोचिस्तान प्रान्तको इरान र अफगानिस्तानको सिमानामा रहेको राजधानी हो जुन लामो समयदेखि स्थानीय राष्ट्रवादीहरूको तल्लो स्तरको विद्रोहको शिकार बनेको छ । यसले क्षेत्रीय स्रोतहरूमा बढी हिस्सा लिन चाहन्छ ।

यस प्रान्तमा हालै ग्वादरको गहिरो बन्दरगाह विस्तारित भएको छ जुन चीनको बेल्ट र सडक बनाएर आर्थिक कोरिडोरको रुपमा विकास गर्न ६५ अर्व डलरको योजनाबद्द लगानी अगाडि सारिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक