आइतबार, जेठ २, २०७८

फिडेल क्यास्ट्रो कसरि ६३८ वटा हत्या प्रयासबाट बचे ?

आन्द्रेइ तापालागा२०७८ वैशाख १० गते ४:०९

Credit- jeuxvideo-com

‘द फादर अफ क्युबान रेभोलुसन’ अर्थात् क्युवाली क्रान्तिका पीता फिडेल क्यास्ट्रोले ४९ वर्ष (१९५९ देखि सन् २००८) सम्म शासन गरे । त्यो झन्डै पाँच दशक हो । यो समयमा अमेरिकामा १० जना विभिन्न राष्ट्रपतिले शासन गरे । केही व्यक्तिहरूले क्यास्ट्रोलाई निर्भिक तानाशाह र कम्युनिष्टको रूपमा सोभियतका नेताहरुहरू भन्दा खराब देखेका थिए ।

जबकि अरूले उनलाई स्वतन्त्रता र सामाजिक समानतामा विश्वास गर्नेको रूपमा चित्रण गरेका थिए । त्यस्तो मूल्यांकन गर्नेमा क्युवाका जनता मात्रै थिएनन् । बरु विश्वका वामपन्थी थिए । मुक्तिकामी जनता, गरिब थिए । क्यास्ट्रो शीतयुद्धको समयमा विशेष गरी क्युबाली क्षेप्यास्त्र संकटको बखत विश्वभरी नै चिनिन्थे । कम्युनिष्टको रूपमा उनले शीतयुद्धको दौडानमा सोभियतहरूसँग नजिक रहन खोजेका थिए । यद्यपि उनले कसैमाथि कहिल्यै भरोसा गरेनन् । एउटा कारण के हो भने उनको हत्या विभिन्न पार्टीहरूद्वारा गरिएको अथक प्रयासको बाबजुद पनि संभव देखिएन, थिएन । मुख्यत: सीआईएले त्यो प्रयास गरेपनि सकेन ।

अमेरिकाको नम्बर एक सार्वजनिक दुश्मन

क्यास्ट्रोलाई इतिहासकै सबैभन्दा शिकार गर्न खोजिएको व्यक्तिको रूपमा लिइन्छ । संयुक्त राज्य अमेरिकाको लागि मात्र होइन । एक नेताको रूपमा उनको चरित्रका कारण धेरै देशहरू (संयुक्त राज्य अमेरिकालगायत) को मेनिपुलेट गर्ने ब्यक्तिका रूपमा वर्णन गरिएको थियो । यस व्यक्तिले वास्तवमा संयुक्त राष्ट्रसंघ (युएन) लाई २६ सेप्टेम्बर १९६० को दिन दिएको सबैभन्दा लामो भाषणको लागि गिनीज वर्ल्ड रेकर्ड राखेको छ। उक्त भाषण यूएनका अनुसार ४ घण्टा २९ मिनेटसम्म चल्यो।

त्यसले हत्याको प्रयासको शुरुआतलाई संकेत गर्छ । धेरैजसो नेतृत्वदायीहरूलाई सीआईएले नेतृत्व गरेको थियो । शीतयुद्धको बेला संयुक्त राष्ट्र संघले कास्ट्रोमा चासो राखेको थियो । त्यो देखेर अमेरिका कास्ट्रोले बाँकी विश्व वा कम्तिमा पश्चिमी यूरोपमा पार्न सक्ने प्रभावको बारेमा अलि पक्का हुन सकेन । त्यसैले उनलाई हटाउनुपर्‍यो ।

सन् १९६२ देखि जब क्युवामा मिसाइल संकट देखापर्‍यो, त्यो बेला सोभियत संघले क्युवामा आणविक मिसाइलहरू स्थापना गर्ने सम्बन्धमा संयुक्त राज्य अमेरिकासँग १३ दिने राजनैतिक र सैन्य अवरोधमा संलग्न भएको थियो । संयुक्त राज्य अमेरिकाले टर्कीमा आणविक मिसाइलहरू जडान गरेको प्रतिक्रियामा समग्र घृणा र कास्ट्रो प्रति नकारात्मक भावनाहरु उठ्न थाले ।

अमेरिकीहरूले कम्युनिष्टहरू आफ्नो मातृभूमिको नजीक आइरहेको देखे । र पूर्वी क्षेत्रका (सोवियत संघ) बाट आएका वा निकटलाई मित्र बनाउने कुरा त्यति पाच्य थिएन ।

नोभेम्बर २२, १९६३ मा जोन एफ केनेडीको हत्या पछि राजनितिक अवस्था झनै खराब भएको थियो । त्यस समयमा विश्वास गरिएको थियो र अझै पनि केही व्यक्तिहरू विश्वास गर्छन्, ली हार्वे ओसवाल्ट, जोन अफ केनेडीको हत्या गर्ने मान्छे क्यास्ट्रोले भाडामा लिएका थिए । वा क्यास्ट्रोमा अघिल्लो हत्याको प्रयासको जवाफमा वास्तविक हत्यारा क्युवाबाट पठाइएको एजेन्ट थियो ।

चाखलाग्दो कुरा के छ भने अमेरिकी राष्ट्रपती जोन अफ केनेडीको हत्या भएको दिन क्यास्ट्रोको हत्या गर्ने अर्को प्रयास भएको थियो । सीआईएका एक एजेन्टले क्युवामा घुसपैठ गरे र क्यास्ट्रोलाई घातक विषाक्त पदार्थहरू भएको कलम दिए जुन कलम खोल्दा सुई लाग्थ्यो । तर भाग्यले साथ दियो, कास्ट्रोको लागि दिएको कलम पहिलो पटक उनको एक एजेन्टले प्रयोग गरेको थियो ।

६३८ हत्या प्रयास

यस तथाकथित उपाख्यान (आनेक्डोट) पहिलो पटक सन् १९७५ मा संयुक्त राज्य अमेरिकाको चर्च समितिले देखायो जसलाई पहिले अमेरिकाको सिनेट सेलेक्ट कमेटी भनेर चिनिन्थ्यो । त्यसले सरकारको कामहरु अध्ययन गर्थ्यो । तर गुप्तचर बिभागका क्रियाकलापसित समायोजन गरेर । त्यसले क्यास्ट्रोको हत्या प्रयासका क्रियाकलापलाईपनि अध्ययन गर्थ्यो ।

यद्यपि सन् १९६० को दशकमा हत्याको प्रयास सुरु हुनुअघि सीआईएले विश्वभर उसको प्रतिष्ठा बिगार्न खोज्यो ताकि उसलाई वरपरका जनताको समर्थन नपरोस् । डिविइट डी आइसेनहोवेरको अध्यक्षतामा सीआईएले समग्र रेडियो कोठामा एलएसडी जस्ता चीजहरू स्प्रे गर्ने योजना पनि ल्यायो जुन प्रत्यक्ष साक्षात्कारमा क्यास्ट्रोलाई अनौंठो, बेमेल, हराउने, अलमल पार्ने थियो ।

त्यसपछि एजेन्टहरूले उनको दाह्री हटाउन खोजिरहेका थिए । क्युवामा क्यास्ट्रो शासक बनिसकेपछि उनले क्युवा भित्र दाह्री पाल्ने चलन सुरु गरेका थिए जुन उनले व्यक्तिगत ब्रान्डको रूपमा प्रयोग गरे । त्यसले उनलाई विश्वभर प्रतिनिधित्व गर्थ्यो । दाह्री हटाउनु भनेको उनको मूल ब्रान्ड गुमाउनु जस्तो देखिन्थ्यो र त्यसले उनका केहि समर्थन हराउने जोखिम लिनु जस्तो थियो ।

धेरैले रसायनिक पदार्थ प्रयोग गरेर उनको दाह्रीमा स्प्रे गर्न कोशिस गरे । तर ती सबै असफल भए । यही कारणले हो दाह्रीबिना कास्ट्रोको फोटो कतै देखिन्न, छैन ।

चर्च समितिले राखेका केही हत्या योजनाहरुमा लस भेगासमा बसोबास गर्ने इन्टरपोलका अपराधीहरू र मियामीमा निर्वासित क्यास्ट्रोको बिरूद्ध आएका क्युवाका व्यक्तिहरू समेत सम्मिलित थिए । सन् १९७५ मा क्यास्ट्रोले सीआईएलाई आरोप लगाउँदै उनले सेनेटेर जर्ज म्याकगोभरलाई २४ वटा हत्याको प्रयासको सूची बुझाइदिए ।

फिडेल क्यास्ट्रोलाई हत्या गर्न केही प्रयासहरू सन् १९७९ मा पनि भएका थिए जब कास्ट्रो संयुक्त राष्ट्र संघलाई भाषण दिन न्यू योर्कको यात्रामा थिए । त्यो बेला एक रिपोर्टरले अन्तर्वार्ता लिँदा उनलाई सोधिएको थियो “तपाईले कमिज भित्र बुलेटप्रुफ लुगा वा गन्जी वा कुनै लुगा लगाउनुभएको छ की ? क्यास्ट्रोले शर्ट खोलेर नांगो शरिर देखाइदिँदै जवाफ दिए “सामान्य गन्जी (भेस्ट) लगाएको छु, हेर्नुस” ।

प्रत्येक प्रयासको वर्णन गर्दा यो लेख छोटो पुस्तकका रुपमा परिणत हुनपुग्छ । यदि क्यास्टोको प्रत्येक हत्या प्रयासलाई हेर्न इच्छुक हुनुहुन्छ भने तपाईंले सन् २००६ देखिको ‘६३८ वेज टु किल कास्ट्रो’ शिर्षकको डकुमेन्ट्री हेनसक्नुहुन्छ ।

सारांशमा भन्ने हो भने सीआईएले क्युवा बाहिर यात्राको क्रममा क्यास्ट्रोलाइ हत्या गर्न मानिसहरूलाई बन्दूक मार्फत् मार्ने कोशिश गर्‍यो । मार्न खानालगायत क्यास्ट्रोसित साझा सामानहरु प्रयोग गर्ने ब्यक्ति प्रयोग गर्‍यो । हत्याकालागि घातक जालमा परिणत गर्‍यो । बिभिन्न घटना र ब्यक्तिबिचको दूरीसम्म पनि पुग्यो । कास्ट्रो पौडी खेल्न जाने ठाउँमा राखिने खानाको पहुँचसम्मपनि सिआइए पुग्यो । खाना खाने ठाउँमापनि हत्या प्रयाश गर्‍यो ।

“यदि हत्याबाट जोगिने प्रयास ओलम्पिक घटना वा खेल हुने भए मैले स्वर्ण पदक जित्छु” फिडेल क्यास्ट्रोले भनेका थिए ।

यो बुझ्न जरुरी छ कि यी सबै प्रयासहरू गणना गरिएको थियो । त्यसैले आणविक युद्ध सुरु हुन नपाओस् । ती प्रयास विश्वलाई एक दुर्घटना जस्तो देखिए पनि सम्पूर्ण क्युबालाई थाहा भयो कि सीआईए क्यास्ट्रोको म्रित्यु चाहन्थ्यो।

फिडेल क्यास्ट्रोको अन्तिम सार्वजनिक उपस्थिति १९ अप्रिल सन् २०१६ मा ७ औं क्युवाली कम्युनिष्ट पार्टी सम्मेलनको समापनको बेला थियो जहाँ उनले आफ्नो जिवनको अन्तिम भाषण दिएका थिए । उनले ति सबै खुलाएका थिए । क्यास्ट्रो ती सबै हत्याका प्रयासबाट बच्न सफल भए र वृद्धावस्थामा २५ नोभेम्बर २०१६ मा मरे ।

(आन्द्रेई तापालागाको यो आलेख ‘हिस्ट्री अफ यस्टरडे’ मा प्रकाशित थियो । नेपालप्लसले आफ्नालागि भावानुवाद गरेको हो-संपादक)

तपाइँको प्रतिक्रिया

फेसबुक