शनिबार, वैशाख ८, २०८१

भारतको केहि ठाउँमा शवदाहगृहमा भिड, शोकमा डुबेको परिवार चिहानमा पालो कुर्दै

नेपालप्लस संवाददाता२०७८ वैशाख १० गते १४:०७

भारतमा कोरोना भाईरसबाट म्रित्यु हुनेको संख्या बढ्दै जाँदा शबदाहग्रिहमा भिड लाग्न थालेको छ । केहि ठाउँमा अन्तिम दाह संस्कार गर्न नपाएर गाडी पार्किङ स्थलमै अन्तिम संस्कार गर्न थालेका छन् । कतिपय ठाउँमा शोक संतप्त परिवारहरुले अन्तिम संस्कारकालागि पालो कुर्नुपर्ने स्थिति बनेको छ ।

विश्वमा प्रतिदिन सबैभन्दा बढि कोरोना संक्रमित हुने देशको रुपमा भारत स्थापित भएको छ । महामारी नियन्त्रण गर्न मुस्किल परिरहेको भारतको यो अवस्थाले खस्कँदो स्वास्थ्य प्रणालीको संकेत गरेको छ ।

महामारीको दोस्रो लहरको रूपमा बिहीवार भारतले विश्वको सबैभन्दा बढी दैनिक कोविड १९ संक्रमणको रेकर्ड गरेको छ । भारतमा विहिवार एकै दिन तिन लाख १४ हजार ८ सय ३५ जना संक्रमित भएका छन् । यसले स्वास्थ्य सेवाहरूको खस्कँदो अवस्थाको बारेमा नयाँ डर उत्पन्न गरिदिएको छ ।

राजधानी नयाँ दिल्लीलगायत उत्तरी र पश्चिमी भारतका स्वास्थ्य अधिकारीहरूले आफूहरु संकटमा रहेको बताएका छन् । अधिकांश अस्पतालहरूमा अक्सिजनको अभाव भएको छ ।

केही डाक्टरहरूले कोरोनाका बिरामीहरूलाई घरमै बस्न सल्लाह दिएका छन् । भारतको पूर्वी शहर मुजफ्फरपुरको एउटा शवदाहगृह लासहरूले भरिएको छ । शोकमा डुबेको परिवारले आफ्नो पालो कुर्नुपरेको छ। दिल्लीको पूर्वी भागमा एउटा चिहानले आफ्नो पार्किंङमै अन्त्येष्टि क्षेत्र निर्माण गरेको छ ।

“अहिले अस्पतालमा कुनै ओछ्यान खाली छैन । अक्सिजन छैन । अरू सबै कुरा गौण छन्” अशोक विश्वविद्यालयको त्रिवेदी स्कूल अफ बायोसाइन्सका निर्देशक शाहिद जमेलले भनेका छन् ।

दिल्ल्लीको स्थानिय सरकारले गरेको पोस्ट अनुसार नयाँ दिल्लीमा ६ वटा अस्पतालमा अक्सिजन सकिएको थियो । दिल्ल्लीका मुख्य मन्त्रीले छिमेकी राज्यहरूले उनीहरूको आफ्नै आवश्यकता पूरा गरिरहेकाले तिनबाट सहयोग पाउने अवस्थापनि खासै नभएको बताएका छन् ।

“अस्पतालहरूलाई विरामीको जीवन बचाउन गाह्रो हुन सक्छ” मनीष सिसोदियाले टेलिभिजनसित भनेका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्याक अनुसार एक लाख ८४ हजार ६ सय ५७ संक्रमित मध्ये एक दिनकै अन्तरालमा २ हजार एक सय १४ को म्रित्यु भएको छ । अघिल्लो रेकर्ड अनुसार संयुक्त राज्य अंेरिकामा भएको थियो जुन जनवरीमा एक दिनमा २ लाख ९७ हजार ४ सय ३० जना संक्रमित थिए । यद्यपि त्यहाँ संक्रमण दर द्रुत रूपमा घटेको छ ।

भारतमा रुवाबासी

भारतमा टेलिभिजनहरुले खाली अक्सिजन सिलिन्डर बोकेका मानिसहरू देखाएका छन् । उनीहरुबिच आफन्तलाई जोगाउन रुवाबासी चलेको देखाएका छन् । त्यहाँ खाली सिलिण्डर हातहातमा बोकेर अक्सिजनको पर्खाईमा रहेका मानिसको फोटोहरू देखाइएको छ । अस्पतालमा रहेका आफन्तहरूलाई बचाउने आशामा छन् मानिस ।

पश्चिमी शहर अहमदाबादमा एक जना अक्सिजन सिलिन्डर फ्याँकिएको ठाउँमा पल्टिएको मानिसको फोटो मेडियामा आएको थियो । ति ब्यक्ति अस्पतालको बाहिरपट्टि गाडीको पछाडि पल्टिएका थिए । अर्थात् ओछ्यान बनाएर बसेका थिए ।

“हामीले सोचेका थिएनौं कि कोरोनाको दोस्रो छालले हामीलाई यत्तिको कठोर असर पार्नेछ” हेल्थकेयर फर्म बायोकनका कार्यकारी अध्यक्ष किरण मजूमदार शा, इकोनोमिक टाइम्समा लेख्छन् “”जटिलताका कारण औषधी, मेडिकल आपूर्ति र अस्पतालको ओछ्यान अप्रत्याशितरुपमा कमी भयो।”

दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले आफ्नो शहरलाई करीव थप पाँच हजार भन्दा बढी सघन उपचारका बेडहरू चाहिएको बताएका छन् ।

भारतको दयनिय अवस्था देखेपछि चीनले भारतलाई सहयोग गर्न इच्क्षा देखाएको थियो । यद्यपि यस सहयोगमा के समावेश हुनसक्छ भन्नेबारे तत्काल स्पष्ट पारिएको भने छैन।

कोरोना बिरुद्दको खोपको ज्यादै चर्चा गरिएपनि त्यसले कोरोना भाईरस नियन्त्रणमा खासै अहं भूमिका खेल्ने देखिन्न । किनभने भारतीय जनसंख्याको सानो भागले मात्र खोप लगाउन पाएको छ अहिलेसम्म ।

अधिकारीहरूले घोषणा अनुसार खोप मे १ भन्दा पछि सबैलाई खोप उपलब्ध हुनेछ । तर विज्ञहरू भन्छन् ‘६० लाख मानिसहरुका लागि पर्याप्त हुने छैन जो खोपकालागि योग्य छन् ।

स्वास्थ्य विज्ञहरू भन्छन् ‘हिउँदमा भारतले आफ्नो सुरक्षालाई रोक्न खोज्यो । जब दैनिक घटना १० हजार हुन्थे । र त्यो बेला नियन्त्रणमा रहेको देखिन्थ्यो । त्यसपछि ठूला जमघटहरूमाथि लगाएको प्रतिबन्ध हटायो ।

भाइरसको नयाँ र अधिक संक्रामक प्रकारहरू विकसित भएका छन् । विशेष गरी भारतमा शुरु भएको “डबल म्युटेन्ट” भेरियन्टले संक्रमणको तीव्र गतिलाई मद्दत गरेको छ । तर भाईरस संक्रमण हुनुमा धेरैले राजनीतिज्ञहरूलाई पनि दोष दिन्छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले महामारीको प्रारम्भिक चरणमा बृहत तालाबन्दीको आदेश दियो । तर बढी कडा प्रतिबन्ध लगाउँदा आर्थिक क्षती चर्को पर्ने देखेर सावधान रह्यो । त्यसको अर्थ अलि खुला रह्यो ।

हालैका हप्ताहरूमा, स्थानीय चुनावको लागि पर्याप्त राजनीतिक जुलुसहरू सञ्चालन गर्ने र हिन्दू चाडमा लाखौं मानिसहरू भेला हुन अनुमति दिएकोमा सरकारको आलोचना भएको छ।

यस हप्ता मोदीले राज्य सरकारहरूलाई लकडाउनलाई अन्तिम उपायका रूपमा प्रयोग गर्न आग्रह गरे । उनले मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरेका छन् । सरकार अक्सिजन र खोप आपूर्ति विस्तार गर्न काम गरिरहेको उनले बताएका छन् ।

उनले शुक्रबार हुने पश्चिम बंगालको भ्रमणसमेत रद्द गरे ।

एक यूट्यूब कार्यक्रमले सय वा बढी समर्थकहरू बिहीबार हरिरामपुरमा गृहमन्त्री अमित शाहको चुनावी सभामा उपस्थित भएको देखाएको छ । यो वैध होइन, कोरोना लकडाउनका बेला ।

पछिल्लो समयमा मोदीकै पार्टीलेसमेत हजारौं हजारको चुनावी सभा गरिरहेको छ । मानिसहरु बिभिन्न पार्टीका चुनावी सभामा सहभागि भएका छन् । तिनले सामाजिक दूरी कायम गरेका छैनन् । मास्क लगाएकापनि छैनन् ।

उत्तरी सहर लखनऊमा एक महिलाले टेलिभिजनमा भनिन् “हामी यहीं मर्दैछौं र त्यहाँ जुलुसहरू आयोजना गरिरहेका छन् ।”

क्यानाडाको म्याकगिल विश्वविद्यालयमा महामारी विज्ञानका प्राध्यापक मधुकर पाईले भारत विश्वका लागि सतर्कताको पात्र भएको उल्लेख गरेका छन् ।

“यदि हामीले सफलतालाई छिटो सार्वजनिक गर्ने हो, छिटो सफलता पाउने हो भने सबै चिज खुला गर्नुस् । जनस्वास्थ्य छोड्नुस्, खोप छिटो नलगाउनुस्, नयाँ स्वरुपका कोरोना भाईरसहरु विनाशकारी हुन सक्छन् ” उनले ट्विटरमा उल्लेख गरेका छन् ।

(समाचार स्रोत- फ्रंस २४ न्युज)

तपाइँको प्रतिक्रिया

फेसबुक