बिहीबार, वैशाख १३, २०८१

ओली पक्षको एमाले स्थायी कमिटीमा ‘महिला बहिष्कार’

शुष्मा खनाल२०७८ वैशाख १० गते २०:३१

फोटो- अनलाईन खबर

भाषण सुनिरहनु पर्दैन । देशको प्रधानमन्त्री महिलाप्रति कति अनुदार छन् भन्ने उनले पूनर्गठन गरेको स्थायी समिति हेरे पुग्छ । आजै शुक्रवार ओली पक्षको नेकपा एमाले नेत्रित्व गरेका केपी ओलीले महिलाहरुलाई पुरै बहिस्कार गरेका छन् ।

उनले माधव नेपाल र झलनाथ पक्षकाकसैलाईपनि स्थान त दिएनन् । सँगै उनले पूनर्गठन गरेको १९ जनाको स्थायी कमिटीमा महिलाहरुलाई पुरै निषेध गरेका छन् । उनको स्थायी कमिटीमा एक जनापनि महिला सदस्य छैनन् ।

देशका प्रधानमन्त्रीको पार्टी । पार्टी अध्यक्षपनि आफैं छन् । सरकार चलाउने पार्टीको प्रधानमन्त्री, पार्टी प्रमुखले आफ्नो स्थायी कमिटीमा एक जना महिलालाईपनि स्थान नदिनुले उनको महिलाप्रतिको धारणा स्पष्ठ हुन्छ । सरकार चलाउने पार्टीको स्थायी कमिटीमा किन एक जना महिलालेपनि स्थान पाएनन् ? ओली महिलाहरुलाई स्थान दिनुपर्छ भन्ने पक्षमा छैनन् । देखिँदैनन् ।

पार्टीको स्थायी कमिटी निकै शक्तिशाली निकाय हो । सरकार सन्चालनमा निति निर्माण गर्ने योनै सबैभन्दा बलियो निकाय हो, पार्टीको । तर यहि कमिटीमा महिलालाई पुरै बाहिर राखेर, निशेषनै गरेर प्रधानमन्त्रीले कसरि देश हाँक्न खोजेका हुन् ? एक जना महिलापनि नअटाउने उनको पार्टीले कसरि महिलाको हित गर्न सक्छ ? कसरि महिलाका भाववना समेट्न सक्छ ?

नितिनिर्माण तहमा उनको स्थायी कमिटीले विशेष निर्णय गर्दा महिलानै नभएको पार्टीले कसरि निर्णय लेला ? हुन त पुरुषहरुले महिला हितकालागि काम गर्दैनन् भन्ने होइन । तर समतामूलक समाजको निर्माण, प्रजातन्त्रका हरेक क्षेत्रमा हकदार महिलालाई पुरै निषेध गरेर उनले कस्तो सन्देश दिन खोजेका हुन् ? लैंगिक समनताका अनेक भाषण दिने प्रधानमन्त्री स्वयंले महिलालाई बहिस्कार गरेर कस्तो पार्टीको कल्पना गरेक अहुन् ? उनको पार्टी लैंगिक समानतामा विश्वास गर्दैन । पित्रि सत्तात्मक राज्य ब्यवस्थाकै हिमाती पार्टी हो भन्ने सन्देश प्रधानमन्त्री आफैंले दिएका छन् ।

देशमा यस्ता प्रधानमन्त्री र सरकार चलाउने पार्टीकै अध्यक्ष यतिबिघ्न महिला बिरोधी देखिएपछि कसरि महिलाहरुका हक, अधिकार, महिला समानताको रक्षा हुन्छ ? प्रधनामन्त्रीनै महिला बिरोधी जस्ता देखिएपछि देशका बाँकि जनता र निकायले के सिक्ने यस्ता प्रधानमन्त्रीबाट ? के यसैलाई भनिन्छ प्रधानमन्त्रीको प्रगतीवादी सोच ?

कोको छन् स्थायी कमिटीमा ?

उनको स्थायी कमिटीमा पूर्व माओवादीका चार नेता रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणिचन्द्र थापा र लेखराज भट्टलाई छन् । ति सँगै ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, किरण गुरुङ, छबिलाल विश्वकर्मा, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, विष्णु रिमाल, सत्यनारायण मण्डल, शंकर पोखरेल, सुवास नेम्वाङ, केशव बडाल र पुष्पराज कँडेल छन् ।

तपाइँको प्रतिक्रिया