शुक्रबार, वैशाख १४, २०८१

भारतमा अक्सिजन नपाएर मर्नेको संख्या बढ्दो

नेपालप्लस संवाददाता२०७८ वैशाख ११ गते १६:२०

credit-PT

कोरोना भाईरसका परिवर्तित रुपले भारतमा अक्सिजनको ठूलो संकट भएको छ । अक्सिजन सिलिण्डरको माग गर्दागर्दै नपाएर मर्नेहरुको संख्या ब्रिद्दि भएको छ ।

फ्रंस २४ न्युजका अनुसार अस्पतालहरुले अक्सिजनको माग गर्दागर्दै भारतमा दैनिक कोरोनाबाट मर्नेहरूको संख्याले नयाँ रेकर्ड बनाएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतको कोरोना भाइरस संक्रमण गत राती ३ लाख ४६ हजार सात सय ८६ पुगेको छ । कोरोना संक्रमितको संख्याले बाढीझैं भरिएको देशका अस्पतालहरूले अक्सिजन आपूर्तिको लागि बिन्ती गरेपनि उपलब्ध हुन सकेको छैन । लगातार तेस्रो दिन कोरोनाबाट मर्नेको संख्याले नयाँ विश्व कीर्तिमान स्थापित गरेको छ ।

भारत महामारीको दोस्रो लहरको चपेटामा छ । दिल्लीमा हरेक चार मिनेटमा एक जनाको कोरोना भाईरसबाट मृत्यु भैरहेको छ ।

अक्सिजन ग्याँस नपाएकै कारणले हिजो शुक्रवार अम्रितसर शहरमा ६ जना बिरामीको म्रित्यु भएको द हिन्दू दैनिकले आज शनिवारको अंकमा उल्लेख गरेको छ ।

सरकारले सरकारी अस्पताललाई अक्सिजन प्राथमिकतामा राखेर उपलब्ध गराउने तर निजि अस्पताललाई उपलब्ध नगराएको भन्दै अम्रितसर स्थित निलकन्ठ अस्पतालका एम डीले फस्ट ईन्डिया डकमलाई बताएका छन् ।

“कृपया हामीलाई अक्सिजन लिन मद्दत गर्नुहोस् । यहाँ झन त्रासदी हुनेछ” दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई अपील गरेका थिए ।

“राज्यका मुख्यमन्त्रीहरुसँग संक्रमणको वृद्धिको अवस्थाका बारेमा छलफल गर्‍यौं । हामीले महामारी बिरूद्धको लडाईलाई सुदृढ पार्नका लागि कस्ता कदमहरू चालेका छौं भनेर छलफल गर्‍यौं” प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्विटरमा भनेका छन् ।

यो संकट देशका अन्य भागहरूमा पनि महसुस भइरहेको छ । धेरै अस्पतालहरूले उनीहरूसँग मेडिकल अक्सिजन नभएको भन्दै सार्वजनिक सूचना जारी गरेका छन् । स्थानीय मिडियाले जयपुर र अमृतसर शहरमा अक्सिजनको अभावका कारण मर्नेको ताजा घटनाहरूको बारेमा रिपोर्ट गरिरहेका छन् ।

भारतले बिहीवार अमेरिकामा प्रति दिन संक्रमित २ लाख ९७ हजार ४ सय ३० जनाको रेकर्डलाई पछाडि पारेको छ । र भारत विश्वव्यापी महामारीको केन्द्रबिन्दु बनेको छ । तर अचम्म के छ भने अन्य देशहरुमा भने घट्दै गैरहेको छ कोरोना संक्रमण । गत फर्वरीमा भारतले कोरोना भाईरसलाई परास्त गरेको उल्लेख गरेको थियो ।

तपाइँको प्रतिक्रिया