बिहीबार, वैशाख १३, २०८१

अन्तर्राष्ट्रिय बागलुङ सेवा समाज नेपाल दर्ता

नेपाल प्लस२०७८ वैशाख १२ गते १७:३१

विश्वभरी छरिएर रहेका बाग्लुङ मुलघर भएका नेपालीहरुको साझा संस्था अन्तर्राष्ट्रीय बाग्लुङ सेवा समाज नेपाल वैधानिक रुपमा दर्ता भएको छ ।

नेपाल सरकारको आन्तरिक राजस्व विभाग बाग्लुङमा संस्था आधिकारिक रुपमा दर्ता भएको हो ।

लामो समय देखि संस्थाले आफ्ना गतिबिधीहरु संचालन गर्दै आईरहेपनि विविध कारणवश संस्थाको नविकरण रोकिएको थियो ।

संस्था नविकरण तथा दर्ताका लागी अध्यक्ष एकराज गिरी लगायत संस्थाको जिम्मेवार व्यक्तीहरु सुर्य हमाल, दिपक गौतम, सुरेन्द्र कँडेल,दीपेन्द्र आचार्य लगायतले महत्वपूर्ण भूमिका खेलेका थिए ।

संस्थाका हरेक गतिविधिलाई वैधानिक ढंगले संचालन गर्न आफूहरुले दर्ता प्रकियालाई महत्व दिएको र काम सम्पन्न गरेको संस्थाका सचिव दिपेन्द्र आचार्यले बताएका छन्व्।

यस संस्थाले बाग्लुङ जिल्लाको समग्र विकास र परोपकारको क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा राखिएको छ ।

तपाइँको प्रतिक्रिया