आइतबार, साउन १०, २०७८

म्यानमारका जनताको अनुरोध : हाम्रो प्रजातान्त्रिक आन्दोलनका पक्षमा बोलिदिनुहोस्

ओम बहादुर बगाले थापा / च्याउमे, म्यानमार२०७८ वैशाख १२ गते १७:५४

म्यानमारको जुन्टा सैनिकले एक वर्ष पछि शासन सत्ता छोड्ने भनेपनि छोड्ने छैन । बरु शासन सत्ता नछोड्न अर्को कुनै बहाना बनाउने छ । तर बुझ्नुपर्ने कुरा के छ भने सैनिक पल्टनबाटपनि अहिले जागिर छोडेर बसेका छन् बर्मेलीहरुले ।

जनताको प्रजातान्त्रिक आन्दोलन प्रजातन्त्र स्थापित नभएसम्म जारि रहने छ आन्दोलन । बर्मामा अत्याचार भएको छ । प्रजातन्त्र खोसिएको छ र सैनिक अत्याचार छ भन्ने अन्तर्राष्ट्रिय समूदायलाई राम्रोसित थाह छ । थाह हुँदाहुँदैपनि बिभिन्न स्वार्थका कारणले पर्याप्त दबाब र बिरोध गर्न सकेका छैनन् ।

म्यानमारमा अचम्म के भने जनताको आशा र भरोसा केहि छैन । निर्वाचनमा सेनाले भाग लिँदैन । तर सेनाको संसदमा २५ सिट सुरक्षित रहने ब्यवस्था छ । त्यहि २५ सिटको आधारमा आफैंले शासन चलाउँछ ।

बर्माको सैनिक क्षेत्रमा सबै जातिहरुलाई पहुँच छैन । यहाँ बिभिनन् जाति र भाषी छन् । तर यहाँको सेनामा बर्मेली मात्रै छन् । जनजाति समूदायलाई सेनामा प्रवेश गराउन चाहँदैनन् । बन्देज गरिन्छ । यहाँको सेनाको उच्चपदमा बढीसंख्यामा बर्मेली जनसमुदायको संख्या धेरै छ । अन्य जनजातिको संख्या कम छ । पढाइ लेखाइ शिक्षा नभएकाले दैनिक गुजेरा गरेर परिवार पाल्न दुख परेपछि पल्टनमा भर्ति हुन बाध्य हुन्छन् । तर उनीहरुमाथि नराम्रोगरी व्यवहार गरिन्छ । आफ्नै राष्ट्रिय भाषा वा मात्रि भाषा भएकालाई स्कूलमा त्यो भाषा पढ्न दिँदैनन् । आफ्नो भाषा, संस्क्रिति बचाउन स्कूलमा पठनपाठन हुनुपर्छ भनेर माग गर्दा दिएका छैनन् ।

म्यानमारमा ८० प्रतिशत नागरिक बुद्द धर्मावलम्भी छन् । तर यस्तो शान्तिप्रिय, अहिंसाको देश, समाज र धर्म मान्ने ठाउँमा पनि यस्तो नरसंहार भैरहेको छ ।

बर्माको संविधाननै सैनिकको हितमा छ । प्राजातान्त्रिक आन्दोलनकि नेत्रि आङ साङ सुचीका पती बिदेशी भएकाले उनले बर्माको हितमा काम गर्दिनन् भनियो । बर्माको बिरुद्दमा काम गर्छिन् भनेर प्रचार गर्‍यो सेनाले ।

तर बर्मामा तानाशाहको राज भएको छोटो, हिजो आज देखि भने होइन । यो ईतिहास ७० वर्ष पुरानो भैसक्यो । अहिलेपनि बर्मामा सेनाले चलाएको बाहेक, सैनिक नियन्त्रण बाहिरका सबै स्वतन्त्र मेडिया बन्द छन् । त्यसैले जे बोल्छ, भनिन्छ, प्रचार गरिन्छ त्यो सेनाको हितमा एकतर्फी हुन्छ । प्रजातन्त्रको खिलाफमा प्रचार गर्छ सेनाले ।

नागरिकलाई आफ्नै सेना भएको ठाउँमापनि ज्यान जोगाउन मुस्किल छ । यहाँको सेनाले राती समाएर मारेको छ । घर घरमा पसेर वालवालिकाको हत्या गरेको छ । बाउ आमा मारिएका छन् र वालवच्चा टुहुरा बनेका छन् । म्यानमारबाट थाईल्याण्ड भाग्न खोज्ने छन् अत्याचार सहन नसकेर । लुकेर जंगलमा ज्यान जोगाउन गएकाले पनि जंगलमै लेखपढ गरेका छन् । तिनलाई शिक्षाबारे महत्व थाह छ ।

नागरिकमा जुन पार्टीमाथि विश्वाश थियो तिनले भोट दिए । प्रजातान्त्रिक भोट दिने ति नागरिकलाई आज यातना दिएको छ । म्यानमारमा केटाकेटी, विध्यार्थी सबैले प्रजातान्त्रिक सान्दोलनमा समर्थन, साथ र सरिक भएका छन् । सहयोग गरेका छन् । तिनमा प्रजातन्त्र हुनुपर्छ, स्वतन्त्र मेडिया हुनुपर्छ, नागरिक अधिकार र मानव अधिकारको रक्षा हुनुपर्छ भन्ने राम्रो सुझबुझ छ । त्यसैले प्रजातान्त्रिक आन्दोलन म्यानमारका सचेत जनताले नदीमा गएरपनि उठाएका छन् । तर ति माथि गोली हानिएको छ । कलेजका बिध्यार्थी र मेडिकल क्षेत्रकालेपनि आवाज उठाएका छन् । तिमाथिपनि अमानविय दमन र यातना छ ।

बर्मेली कतिपय जनता बाहिर काम गर्न गएका छन् । र तिनलेपनि प्रजातन्त्रको आवाज उठाएका छन् । लडिरहेका छन्, वर्मामा हक अधिकार स्थापित गराउनकोलागि । आन्दोलनका क्रममा यातना र अत्याचार सहन नसकेका लगभग दुई हजार नागरिक थाईल्याण्ड पुगेका छन् सुरक्षाकालागि । तिन हजार भन्दा बढि भारततिर बिस्थापित छन् । यहाँ तिन सय जति नेपाली मूलका, नेपाली भाषी छन् । ति सबैमाथि सैनिक अत्याचार र दमन छ ।

मुस्लिम धर्म मान्ने रोहिन्जाहरुकोपनि बर्मामा प्रजातन्त्रकै माग छ । तिनको उद्देश्यपनि प्रजातन्त्रका हक र अधिकार स्थापित गराउने छ । समग्रमा सबैको उद्देश्य त्यहि छ । त्यो सबैको स्वतन्त्र सपना हो । सबैको उद्देश्य सैनिक शासन बदलेर प्रजातन्त्र स्थापित गराउनेनै छ । किनभने म्यानमारको सैनिक शासनले गोरखाली, भारतीयलाई भन्दापनि यहाँका मुसलवानहरुलाई हेला गर्छन् । जसलाई रोहिन्जा भनिन्छ । तर गोरखाली भन्दा रोहिन्जाहरु पुराना हुन् । सेनाले बंगलादेशमा गएर तालिम लिएको भन्ने आरोप लगाउँछ रोहिन्जाहरुलाई । तिमाथि हत्या, बलात्कार गरिएको छ ।

आफ्नै दाजुभाई, दिदी बहिनी, बाउ आमा समेतको हत्या गरेको, यातना दिएको देखेरपनि यो शासन ठिक छैन भनेर मानिस आन्दोलनमा लागेका छन् । यो रोहिन्जाहरुलेपनि राम्रोसित बुझेका छन् । ताकी ताकी गोली हानेर मार्ने गरिएको छ । तर भन्ने बेला सेनाले अन्जानमा भनेर पन्छिने गरेको छ ।

यस्ता अत्याचार, हत्या र हिंसाका घटना इन्टरनेटले गर्दा सामाजिक सन्जाल र अन्य मेडियामा आएकालेपनि सेनाले ईन्टरनेट बन्द गरिदिएको छ । केहि बर्मेलीहरु ईन्डोनेशिया पुगेका छन् । म्यान्मारको नरसंहारबारे कू लिडरसँग आशियन मिटिङ आयोजन गरेको दिन अप्रिल २४ कादिन ईन्डोनेशियाका मानवअधिकारका पक्षधर र प्रजातन्त्र पक्षधरहरुले सैनिक शासन बिरुद्य तिनले म्यानमारको सैनिक शासन बिरुद्द प्रजातान्त्रिक आन्दोलन शुरु गरेकालेपनि तिनलाई पक्राउ गरिएको थियो । त्यहिँको प्रशासनको सहयोगमा ।

छिमिकी देश भारत जो प्रजातान्त्रिक मुलुक भनिन्छ उसलेपनि सरकारी तर्फबाट म्यानमारको प्रजातान्त्रिक आन्दोलनमा सहयोग गरेको छैन । तर त्यहाँका नागरिकहरुले आवाज उठाएका छन् । स्थानिय तहबाट सहयोग भएको भने छ । थाईल्याण्डबासीलाई पनि थाई बोडर पुगेका म्यान्माली शरणार्थीहरुलाई सहयोग पुर्याउन सजिलोसँग जान दिइएको छैन । मोटर रोकेर खानातलासी गर्ने, कहिलेकाहीं बाटैबाट फर्काइदिने गरिएको पनि छ ।

सेनाले ईन्टरनेट बन्द गरेको बेला घरघर पस्छ । राती ढोका ढक्ढकाएर पस्ने र पक्राउ गरिरहेको छ । बच्चा र वालवालिका नभनी गोली हान्ने गरेको छ । त्यसको प्रमाण लुकाउने गरेको छ । पैसा, धनदौलतसमेत खोस्ने, लुट्ने गरिरहेको छ । यतिसम्म अत्याचार छ कि उनीहरुले अत्याचार गरेर मारेका मानिस गाडेको ठाउँबाटपनि खोतलेर लैजाने गरेको छ । नागरिकको आस्थाका केन्द्रका मठमन्दिर सबै भत्काउने गरेको छ ।

म्यानमारको सैनिकले सन् १९७२ देखिनै सैन्य कू गरेको हो । सबै अधिकार ध्वस्त पार्दै आएको छ । सबै निर्वाचन देखावटी हुने गरेको छ, सेनाको तर्फबाट । यस्तो हुँदापनि छिमेकी मुलुकहरुबाट यहाँका प्रजातन्त्रप्रेमीलाई समर्थन गरेका छैनन् । सरकारी तहबाट प्रजातन्त्रको पक्षमा बोलेका छैनन् । त्यसको कारण के भने लामो समयदेखि बर्मामा सैनिक शासन हुँदै आएकाले त्यो अन्तर्राष्ट्रियकरण जस्तो भएको छ । छिमेकी राष्ट्रहरुबाटै सैनिकलाई समर्थन गरेका छन् । प्राक्रितिक सम्पदा, स्रोत र साधन, धेरै छ बर्मामा । ति सैनिकमार्फत् कब्जा गरिएको छ । हो तिनै क्षेत्रमा छिमेकी मुलुककको दोहन छ, लगानी छ । सेनामार्फत् फाईदा लिएकाले बोल्दैनन् ।

माथिल्लो स्तरका सैनिकहरु ति प्राक्रितिक स्रोत र साधनको प्रयोग गरेर पैसा कमाइरहेका छन् । सम्पत्ती कमाउने गरेका छन् । माथिल्लो तहका सैनिकले अन्य सैनिकलाई पैसा दिन्छन् । नलिएमा गोली ठोकेर मारिदिन्छन् । उपल्लो तहका सैनिक अधिकारीले जे भन्छन् तल्लो तहकाले त्यहि मान्नेनै भए ।

कतिपय उच्च तहका सैनिकहरुमा अघिल्ला तहका सैनिकहरु कोहि राष्ट्र प्रमुख बने । कोहि अर्थ मन्त्री, कोहि सैनिक जनरल बनेकोले ‘मपनि बन्नुपर्छ, मैलेपनि माथिल्लो तहमा बसेको ईतिहाँस रच्नुपर्छ, दाम कमाउनुपर्छ’ भनेर ईतिहास रच्ने नाममा सैनिक शासन चलाईरहेका छन् ।

तर अहिले प्रजातन्त्रकालागि म्यानमारमा नागरिक अवज्ञा आन्दोलन शुरु भएको छ । प्रजातान्त्रिक आन्दोलन अगाडि बढिरहेकै छ । त्यो आन्दोलन जसरिपनि सफल हुन्छ । सफल गराएरै छोड्ने जनताको प्रतिबद्दता छ । मायनमारमा सैनिक शासन सधैंको लागि अन्त्य हुनुपर्छ । स्वतन्त्र मेडिया, स्वतन्त्र कार्यपालिका, न्याय पालिका र जनताका प्रजातान्त्रिक सबै हक अधिकार स्थापित हुनैपर्छ । मारिएका, यातना भोगेकाहरुमाथि न्याय हुनुपर्छ । यो आन्दोलनमा विश्वका जुनसुकै कुनामा रहेपनि प्रजातन्त्रवादी ब्यक्तिहरुले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ । अहिले म्यानमारका जनता अन्याय, अत्याचार, हत्या र हिंसाका शिकार बनेका छन् । यहि बेला म्यानमारका जनतालाई तिनको प्रजातान्त्रिक आन्दोलनका पक्षमा बोलिदिनुपर्ने खाँचो छ ।

म्यानमारमा अत्याचार भोगिरहेका जनताले अरु केहि आशा गरेका छैनन् ।  जति आशा R2P प्रति थियो त्यो कुर्दाकुर्दै ७५० को ज्यान आफ्नै अगाडि गयो । हुनसक्छभने यो अन्याय र अत्याचारका विरूद्ध जतिसक्नुहुन्छ उति आवाज उठाइदिनुहोस् भन्ने विश्वभरिका जनतासमक्ष हाम्रो आशा, कामना र अनुरोध छ । अहिलेसम्म हाम्रा पक्षमा आवाज उठाइदिनेहरु सबैप्रति यहाँका नागरिक अनुग्रहि छन् । ति समर्थनको राम्रो हेक्का छ हामीलाई ।

(म्यानमारको उत्तर श्यान प्रान्तस्थित च्याउमे निवाशी, कम्प्युटर साईन्समा स्नातकोत्तर गरिरहेका बगालेसित आज २५ अप्रिल आइतवार नेपालप्लसले लाईभ अन्तर्वार्ता गरेको थियो । उनको त्यहि अन्तर्वार्ताका विषयहरुलाई यहाँ समेटिएको हो-संपादक)

तपाइँको प्रतिक्रिया

फेसबुक