सोमबार, जेठ ३, २०७८

दिनमा भन्दा राती बढि कार्बन डाईअक्साईड फाल्छन् नदीहरुले ?

वातावरण / प्रक्रिति२०७८ वैशाख १३ गते ११:४१

फोटो-नेपालप्लस

दिनमा हुने मानव क्रियाकलापले के नदीनाला, खोलाहरुलाई पनि दखल पुर्‍याउँछ ? खोलानाला, नदीहरु राती शान्त र खुशि हुन्छन् ? नत्र किन नदीनाला, खोलाले दिनमा भन्दा रातमा बढि कार्बन डाईअक्साईड फाल्छन् त ?

दिनको तुलनामा रातमा औसत २७ प्रतिशत बढी कार्बन डाइअक्साइड (सीओ २) उत्सर्जन गर्छन भन्ने तथ्य स्विजरल्याण्डको लोजानका वैज्ञानिकहरूले पत्ता लगाएका छन । यो परिणामले कसरी विश्वव्यापी कार्बन चक्र गणनाको लागि प्रभावहरू पार्छन् भन्ने देखाउँछ । त्यस्तो चक्र बुझ्न सहज हुने छ ।

स्विजर फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजी लोजान (ईपीएफएल) स्थित स्ट्रीम्स एण्ड बायोफिल्म र इकोसिस्टम रिसर्च ल्याब्रेटोरी (एसबीईआर एक्सटर्नल लिंक) को टोलीले गरेको अनुसन्धानलाई अन्तर्राष्ट्रिय सहकर्मीसमेतको जर्नल नेचरले शुक्रबार प्रकाशित गरेको थियो ।

कार्बन डाईअक्साईड राती बढि उत्सर्जन हुनुले के संकेत गर्दछ भने पानीले वातावरणमा कति कार्बन डाईअक्साईट छोड्छ भन्ने हिसाबले निकै कम भएको देखाएको छ ।

“यसले विश्वव्यापी कार्बन चक्रमा उनीहरूको योगदानको गलत अनुमान लगाएको छ” ईपीएफएलको विज्ञप्तिमा भनिएको छ ।

अहिलेसम्म कार्बडाईअक्साईड (मुख्य ग्रीन हाउस ग्यास) को अनुमान बगिरहेको पानी व्यक्तिले लिएर त्यहि पानीमै नमूना पाउनुमा आधारित छ । अर्थात् पानी भएको कार्बन डाईक्साईडको मात्रा थाह पाउन बगिरहेको पानी लिएर त्यहि पानीबाटै लिने गरिन्छ ।

एसबिईआरका वैज्ञानिकहरूले हाल त्यो गणना पूर्वाग्रहपूर्ण देखेका छन् । तिनीहरूले के पाए भने नदीको पानीमा हुने वा नदीले फ्याँक्ने कार्बन डाईक्साईडको मापन ९० प्रतिशत विहान ८ बजेदेखि अपरान्ह ४ बजेको बिचमा गरिन्छ । पछिल्लो समयमा स्विजरल्याण्डका बैज्ञानिकहरुले त्यसरि लिईने मापन प्रक्रियालाई अन्य समयसितपनि तुलना गरे । हालसम्म उपलब्ध तथ्यांककोपनि तुलना गरे । ति मापनहरूलाई स्वचालित सेन्सरहरू द्वारा लगातार एकत्रित गरिएको डाटासँग दाँजेर उनीहरूले अवलोकन गरेका थिए । त्यसरि सेन्सरका माध्यमले तुलना गरेर अध्ययन गर्दा कार्बन डाईअक्साईड उत्सर्जन वास्तवमै यो दिनको प्रकाश पर्ने सबैभन्दा माथिल्लो समयमा १० प्रतिशत मात्रै उच्च अवस्थामा (पिक आवर) मा पुगेको थियो ।

उनीहरुको अध्ययन विश्वव्यापी मापनमा आधारित छ । उनीहरुले उष्ण प्रदेशिय, आर्कटिक टुन्ड्रा क्षेत्रका जंगल र फरक फरक हावापानीका फरक खाले नदी, खोलाहरुमा अध्ययन गरेका थिए ।

प्रकाश संश्लेषण

“यो भिन्नता हुनुमा धेरै कारक छन्” एसबिईआरका तर्फबाट गरिएको यो अध्ययनका एक प्रमुख लेखक लुईस गोमेज जेनेरले भने “मुख्य कारण प्रकाश संश्लेषणसँग सम्बन्धित छ । नदी र धारामा उत्पादित कार्बन डाई अक्साईडको अधिकांश भाग प्रकाश संश्लेषणले दिनको अवधिमा सोस्छ र यसबाट वातावरणमा छुट्ने वा बाहिरिने मात्रा कम हुन्छ ।”

अन्य कारकहरूमा वनस्पति, क्यानोपी शेडिंग, उचाई, तापक्रम, जमिनको बनोट, भिरालोपन, पानीको बहावटको चलायमानता वा गडबडी समावेश छ ।

विज्ञप्तिमा कार्बन निस्कासनमा नदी र नदीको अत्यधिक जटिल बनावट र आपसमा जोडिएको प्रकृतिलाई जोड दिइएको वैज्ञानिकहरुका निष्कर्ष छ । यसमा संलग्न संयन्त्रको अझ विस्तृत किसिमले विकास गर्न आवश्यक भएको उल्लेख छ ।

“विशेषगरी यस अवस्थामा उनीहरूको कामले देखाउँदछ कि विश्वव्यापी कार्बन चक्रमा बगिरहेको पानीको भूमिकालाई अझ राम्रोसँग विश्लेषण गर्नुपर्दछ र नयाँ प्रविधि र दृष्टिकोणहरू प्रयोग गरेर सटीक मापनमार्फत मात्रा परिमाण गर्नु आवश्यक छ” विज्ञप्तीमा भनिएको छ ।

अघिल्लो अनुसन्धानमा ईपिएफएल टोलीले पहाडका नदीहरूले पहिले सोचेको भन्दा बढी कार्बनडाईअक्साईड उत्सर्जन गर्छन् भन्ने देखाएको छ । हिमालका नदीहरुले चार गुणा बढी कार्बन डाईअक्साईड उत्सर्जन गर्ने उल्लेख थियो । अहिले उनीहरुले २७ प्रतिशत बढि उत्सर्जन गर्छ भनेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक