शुक्रबार, वैशाख १४, २०८१

भारतमा कोरोना संकट शिखरमा पुगेपछि अमेरिका, बेलायत, जर्मनीले मेडिकल सहयोग गर्ने

नेपालप्लस संवाददाता २०७८ वैशाख १३ गते १५:२६

कोरोना भाईरसबाट म्रित्यु हुनेहरूको धेरै अन्त्येष्टि एउटा जमिनमा जलाएर गरिएको छ । नयाँ दिल्लीमा सामूहिक दाहसंस्कारको लागि एउटा चिहानमा रूपान्तरण गरिएको छ । फोटो- आल्ताफ काद्री /एपी, अप्रिल २४, २०२१

भारतमा कोरोना भाइरस संक्रमितको संख्या सोमबार पाँचौं दिन शिखरमा पुगेपछि बेलायत, जर्मनी र अमेरिका लगायतका देशहरूले अस्पतालमा व्याप्त संकटको समाधान गर्न तत्काल चिकित्सा सहायता पठाउने वाचा गरेका छन् ।

फ्रँस २४ न्युजका अनुसार भारतमा गत २४ घण्टामा संक्रमण संख्या ३ लाख ५२ हजार ९९१ मा पुगेपछि अन्तर्राष्ट्रिय समूदायले त्यहाँ तत्कालै सहयोग पुर्‍याउन खोजेको हो । दिल्ली र अन्यत्रका भीडभाड भएका अस्पतालहरूले बिरामीलाई मेडिकल अक्सिजन र ओछ्यानको आपूर्तिको अभावले भर्ना लिन अस्विकार गर्न थालेपछि जर्मनी, बेलायत, अमेरिका जस्ता देशहरुले मेडिकल टोली पठाउन लागेका हुन् ।

राजधानी दिल्लीमा रहेको सर गंगाराम अस्पतालका प्रवक्ताले भने “हाल अस्पताल मेकल उपकरण, सुई, औषधीहरु माग्ने र सापटी लिएर काम चलाउने अवस्थामा छ । यो चरम संकटको अवस्था हो ।”

राजधानी लगायतका सबैभन्दा बढी प्रभावित शहरहरूमा लासहरू ब्यवस्थित गर्ने, अन्तिम संस्कार गर्न बृहत सेवाहरू प्रदान गर्ने अस्थायी घाट, अस्थायी सुविधाहरूमा जलाइँदै छन् ।

टेलिभिजन च्यानल एनडीटीभीले पूर्वी राज्य बिहारमा तीन स्वास्थ्यकर्मीहरूले स्ट्रेचरको अभावमा शवलाई जमिनमा घिसारिरहेको द्रिष्य प्रशारण गरेको रोयटर्सले उल्लेख गरेको छ । ।

मेरिकाको एमआईटीका राजनीति विज्ञान प्राध्यापक विपिन नारंगले ट्विटरमा भनेका छन् “दिल्ली र भारतमा मेरा सबै साथीहरू र परिवार सम्झेर मेरो मुटु छिया छिया भएको छ जसले यो नारकिय घटना ब्यहोर्नुपरेको छ ।”

आइतबार राष्ट्रपति जो वाइडेनले अमेरिकाले खोप, मेडिकल उपकरण र सुरक्षा गियरका लागि कच्चा पदार्थ भारत पठाउने बताएका थिए । जर्मनी पनि आपूर्ति पठाउन वचन दिने देशहरूको बढ्दो सूचीमा सामेल भएको छ ।

एक अरब ३० करोड जनसंख्या भएको भारतमा एक करोड ७३ लाख भन्दा बढि संक्रमित भएका छन् । ति मध्ये एक लाख ९५ हजार एक सय २३ को मृत्यु भएको छ । गत एकै रातमा कोरोनाबाट मृत्यु हुनेको संख्या २,८१२ भएपछि अधिकारीहरु झनै त्रसित भएका छन् । स्वास्थ्य अधिकारीहरुले मृत्युको संख्या अझै उच्च हुनसक्ने बताएका छन् ।

राजनीतिज्ञहरू यतिखेर चुनावी नाराका जुलुसहरु आयोजना गरेकोमा आलोचित बनेका छन् । विशेष गरी प्रधानमन्त्री मोदीले संक्रमणको दोस्रो डरलाग्दो लहरलाई बेवास्ता गर्दै रंगशाला र मैदानमा हजारौंको भीड जम्मा पार्ने, जुलुस र आमसभा गरेकाले चर्को आलोचना भैरहेको छ ।

कोरोना भाईरसको संक्रमणलाई रोकथाम गर्न धेरै शहरहरूले कर्फ्यूको आदेश दिएका छन् । सामाजिक दूरी कायम गराउन र मास्क लगाउन लागू गर्न प्रहरीहरु खटाइएको छ ।
पश्चिम वंगाल प्रान्तको पूर्वी क्षेत्रमा अझैपनि ८६ लाखले मतदान गर्न बाँकि रहेको जनाइएको छ । तिनले आजै सोमवार मतदान पुरा गर्ने छन् । त्यहाँ आठ चरणमा निर्वाचन भएको थियो र यहि साता अन्तिम हुँदै छ ।

भारतका अन्य भागहरूमा जस्तै स्थानीय निर्वाचनका लागि मतदान हुने क्षेत्रमा सबैभन्दा बढी जनसंख्या भएको उत्तर प्रदेश राज्य पनि समावेश छ । त्यहाँ एकै दिनमा ३० हजार ब्यक्तिसम्म संक्रमित भएको रिपोर्टले देखाएको छ ।

तपाइँको प्रतिक्रिया