शुक्रबार, वैशाख १४, २०८१

म्यानमार विद्रोही समूहद्वारा थाई सीमा नजिक सैन्य क्याम्प कब्जा

नेपालप्लस संवाददाता२०७८ वैशाख १४ गते १३:३०

संकेतकालागि मात्रै राखिएको बिद्रोही समूहको फोटो । फाईल फोटो- ब्याङकक पोस्ट

म्यानमारको एक प्रमुख जातीय विद्रोही समूहले आजै मंगलबार बिहान थाई सिमाना नजिक पूर्वी म्यानमारमा एक सैन्य अड्डामा हमला गरी कब्जा गरेको समूहका एक अधिकारीले दाबी गरेका छन् ।

एएफपीका अनुसार आज मंगलबार करेन राज्यस्थित सल्विन नदीको छेउमा दोहोरो भिडन्त भएको थियो । त्यहाँ सीमाको सीमांकन र रक्षा गर्ने सैनिक बसेका थिए । सोहि क्षेत्रमा बिद्रोही सेना र म्यानमारको जुन्टा शासक समर्थक सेनाबिच भिडन्त भएको हो । थाई सिमा क्षेत्रका बासिन्दाहरूले म्यानमारको गोलीबारी र विष्फोटनको आवाज सुनेको एएफपीलाई बताएका छन् ।

“हाम्रो सेनाले बर्मी सैनिक शिविर कब्जा गर्यो” केएनयूका विदेश मामिला प्रमुख पाडोह साव ताव नीले एएफपीलाई बताए “बिहान ५ बजेतिर भिडन्त भएको थियो।”

“हामी अर्को सिमात्तर्फबाट पड्केको सुन्न सक्दछौं, हामी बुलेटहरू सुन्न सक्छौं” थाई सीमा भित्र माए साम लिप निवासी करेन समूदायकि हकाराले भनिन् ।

“हामीले पाँच वा ६ वटा बर्मी सैनिकहरू नदी तर्फ दगुर्दै गरेको देख्यौं । त्यसपछि हामीले केएनयूले उनीहरूलाई गोली हानिरहेको देख्यौं । तर एकदम अन्धकार थियो ।”

“म्यानमार सेनाले बदला लिने डरले केही गाउँलेहरू आफ्नो घर छोडेर अन्य शहरहरूमा हिँडिसकेका छन्” हकाराले भनिन् “कोही पनि बस्न हिम्मत गर्दैनन् । बारुद पड्केर आगाका मुस्ला देखिनथालेपछि उनीहरू आज बिहान सबेरै दौडिए” उनले एएफपीलाई बताइन् ।

फेब्रुअरी १ ​​को सैनिक विद्रोहमा सेनाद्वारा बर्खास्त नागरिक नेता आङ साङ सुचीको आव्हानले म्यानमारमा उथलपुथल मच्चाएको छ । सुरक्षा अधिकारीहरुले प्रदर्शनकारीहरू विरुद्ध घातक आक्रमण र दमन गरेपछि विद्रोहको गति बढेको छ ।

सैनिक कू विरोधी आन्दोलनले देशभर व्यापक समर्थन प्राप्त गरेको छ । म्यानमारका केही सशस्त्र विद्रोही समूहहरूलेपनि दशकौंदेखि बढी स्वायत्तताको माग गर्दै सेनासँग संघर्ष गरिरहेका छन् ।

करेन् नेश्नल युनियन (केएनयू) का सबैभन्दा कडा विरोधकर्ताहरु मध्ये एकको हप्तासम्म म्यानमारको पूर्वी सिमानास्थित उनीहरुको क्षेत्रमा सेनासित झडप भएको छ ।

गत महिना केएनयूले एक सैन्य अड्डा कब्जा गरेपछि जुन्टाले रातमा धेरै हवाई हमला गरि प्रतिक्रिया जनाएको थियो । गत २० वर्ष भन्दा बढी समयपछि करेन राज्यमा हवाई आक्रमण भएको यो पहिलो प्रयोग थियो ।

थाई क्षेत्रमा छोटो शरण लिन नदी पार गरेका लगभग २,००० सहित २४ हजार भन्दा बढी नागरिक विस्थापित भएपछि पछिल्ला हप्ताहरूमा करेन राज्यमा द्वन्द तीव्र भएको छ ।

अनुमान गरिएअनुसार सिमा क्षेत्रमा पर्ने म्यानमारको एक तिहाई क्षेत्र असंख्य विद्रोही समूह द्वारा नियन्त्रित छ । तिनको आफ्नै मिलिशिया छ।

केएनयूले सैन्य कूको निन्दा गरेको छ र उनीहरूले कम्तिमा २,००० सैन्य विरोधीहरुलाई शरण दिइरहेका छन् जो शंकास्पद ठाउँबाट भागेका थिए ।

स्थानीय निगरानी समूहका अनुसार जुन्टा समर्थित त्यहाँको सेनाले हालसम्म ७५० भन्दा बढिको हत्या गरिसकेको छ । जुन्टासँग भने ज्यादै थोरै तथ्यांक छ र उनीहरुले म्यानमारमा भएको हिंसालाई दंगा गर्नेहरु जिम्मेवार छन् भन्दै दोष लगाउने गरेको छ ।

(नेपालप्लस सँगै ए एफपी र फ्रँस २४ न्युज)

तपाइँको प्रतिक्रिया