बुधबार, वैशाख १२, २०८१

भारतीय स्वरुपको कोरोना भाईरस १७ देशमा फैलियो

नेपालप्लस संवाददाता२०७८ वैशाख १५ गते १६:१४

आफ्नो रुप वा स्वरुप बदलिएको भारतीय कोरोना भाईरस विश्वका १७ देशमा फेला परेको छ । विश्व स्वास्थ्य संगठन (ड्ब्लुएचओ) का अनुसार आफ्नो स्वरुप बदलेर भारतीय रुपमा नयाँ प्रकारले कोरोना भाईरस देखापरेपछि भारतमा द्रुत गतीमा फैलिएको हो ।

बिग्रिएको स्वास्थ्य संकट देखिनुमा यहि भाईरस मूल कारण हो । डब्लुएफओका अनुसार भारतीय स्वरुपको कोरोना भाईरसलाई बि १-६१७ नाम दिईएको छ । र यो स्वरुपको कोरोना भाईरस १,२०० अनुक्रम (सिक्वयन्सेस) को रुपमा परिचित छ । अर्थात् यसले रुप बदलेको बदल्यै छ । नयाँ कोविड १९ को संस्करण कम्तिमा १७ देशहरुबाट जिसेड (जिआइएसएआइडी) खुल्ला ओपन एक्सेस डाटाबेसमा अपलोड गरिएकोले १,२०० भन्दा बढी अनुक्रमहरुमा पत्ता लागेको हो ।

“ति अधिकांश अनुक्रम (सिक्योन्सेस) हरू भारत, ब्रिटेन, संयुक्त राज्य अमेरिका र सिंगापुरबाट अपलोड गरिएका थिए” डब्ल्यूएचओले मंगलबार महामारीको बारेमा साप्ताहिक अपडेट गर्दै भनेको छ ।

डब्ल्यूएचओले हालै बि १-६१७ सूचीबद्ध गरेको छ जसले केहि उपस्वरुपहरु अर्थात् सानातिना फरक रुप बदल्ने गर्छ । डब्ल्युएचओले त्यहि गणना गरेको छ । ति बिभिन्न स्वरुपका भिन्न उत्परिवर्तन र विशेषताहरु अलग छन् । किनकि ति भिन्न स्वरुपले आफ्नै रुचिको रूप बनाउने गर्दछन् ।

कोरोना भाईरसका केहि रुप यस्ता छन् कि तिनको चासो गर्नुपर्ने देखिन्नन् । अर्थात् घातक र प्रभावकारि देखिंदैनन् ।

फरक फरक रुप र स्वरुपमा बदलिएर देखा पर्ने भएकोले अहिलेको नयाँ कोरोना भाइरस मूल संस्करण भन्दा बढी खतरनाक छ । यो अधिक सरुवा खालको छ । यसको कुनै स्वरुप घातक छ । वा खोपले गर्ने संरक्षणलाई बहसमा राख्न सक्षम भएरपनि यो बढि घातक भएको फ्रंस २४ न्युजले उल्लेख गरेको छ ।

डब्लुएचओका अनुसार भारतमा देखिएको नयाँ स्वरुपको कोरोना भाईरसको विक्रासक्रम र फैलिने चक्र अन्यको भन्दा ज्यादै द्रुत छ । यहि कारणले गर्दापनि हुनसक्छ कि यो फैलिने क्रमपनि अन्यको भन्दा उच्च छ ।

त्यसो त, यस अघिका केहि उत्परिवर्तित (बदलिएको स्वरुप वा भेरियन्ट) कोरोना भाईरसपनि मूल कोरोना भाईरसभन्दा छिटो फैलिएको थियो । तर ति भाइरससित घुलमिल भएर वा झन बदलिएर अहिले नयाँ स्वरुपमा विकास भएको कोरोना भाईरसले भारतमा प्रमुख भूमिका खेलेको हुनसक्ने डब्ल्युएचओको भनाई छ ।

“जे भएपनि पहिलेको कोरोना भाईरसको लहर भन्दा दोस्रो लहर फैलिने क्रम ज्यादै छिटो देखिएको छ” डब्ल्युएचओले भनेको छ ।

तपाइँको प्रतिक्रिया