शनिबार, वैशाख ८, २०८१

एकै दिन सभासदको कोरोना रिपोर्ट नेगेटिभ र पोजेटिभ आएपछि हंगामा : सभासद बेपत्ता भन्दै संसद अबरुद्द

नेपालप्लस संवाददाता२०७८ वैशाख १५ गते २०:४२

गण्डकी प्रदेशका सांसद खिम बिक्रम शाहीको एकै दिन कोरोना परिक्षण नेगेटिभ र पोजेटिभ आएपछि गण्डकी प्रदेशमा हंगामा मच्चिएको छ ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल सरकारकाे प्रदेश प्रयाेगशाला र लाईफ केयर डाइग्नाेष्टिक ल्याब गरि दुई फरक ल्याबमा गरिएको परिक्षणबाट नेगेटिभ र पाेजेटिभ काेराेना रिपाेट आएपछि गण्डकी प्रदेशभरि हंगामा मच्चिएको हो ।

आफ्नो सभासद अपहरण गरिएको भन्दै संसद रोक्न माग गरेपछि गण्डकी प्रदेशको बुधवारको संसद अवरुद्दसमेत भयो ।

कोरोना परिक्षणका तिन वटा फरक फरक रिपोर्ट

नेपालप्लसलाई प्राप्त जानकारि अनुसार आज गण्डकी प्रदेशका मुख्य मन्त्रीका बिरुद्द अविश्वास्शको प्रस्तावमा मतदान गर्ने कार्यक्रम थियो । मतदान गर्न सभासदहरु पुगेका बेला ओली पक्षका सभासद राजिव पहाडीले पिसिआर परिक्षण नगरि मतदान गर्न नपाइने भनेपछि कोरोना परिक्षणका लागि सभासद खिम बिक्रम शाही अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल सरकारकाे प्रदेश प्रयाेगशाला गएका थिए । त्यहाँ उनको कोरोना परिक्षण गर्दा नेगेटिभ देखियो । के कारणले हो फेरि उनको कोरोना परिक्षण गर्न लाईफ केयर डाइग्नाेष्टिक पठाइयो । तर लाईफ केयरमा परिक्षण गर्दा भने पोजेटिभ देखियो । त्यसपछि सभासद सिधै चरक मेमोरियल अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा भर्ना भए ।

संसद रोक्न माग गरेको राष्ट्रिय जनमोर्चाको पत्र

शाहीको पार्टी राष्ट्रिय जनमोर्चाका सचेतक पियारी थापाले आफ्नो सभासद अपहरण भएकोले मतदान रोक्न आग्रह गर्दै गण्डकी प्रदेशका सभामुखलाई पत्रनै काटे (हेर्नुस पत्र) । उनले पत्रमा “हाम्रो पार्टीको प्रदेश सभा सदस्य खिम बिक्रम शाहीको अवस्था अज्ञात रहेकोले सदनमा उपस्थित हुन नसक्नु भएकोले उहाँको अवस्था सार्वजनिक गर्न, निजको जिवन रक्षा गर्न र निज सार्वजनिक नभएसम्म सदनको कारवाहि नचलाईयोस् भन्ने बिनम्र अनुरोध गर्दछु” भन्ने उल्लेख छ ।

उनैको पत्रका आधारमा आज वुधावर गण्डकी प्रदेशका मुख्यमन्त्रीबिरुद गर्ने भनिएको संसदमा मतदान सभामुखले रोकेका थिए ।

चाखलाग्दो कुरो के छ भने अस्पतालको अति सघन उपचार कक्षमा भर्ना भएका सभासदको अवस्था कसरि उनैको पार्टीलाई थाह भएन ? राष्ट्रिय जनमोर्चाका तर्फबाट आज अलि ढिलो उनैको पार्टीका पुस्कल थापाले राष्ट्रिय जनमोर्चाका सभासद अचेत अवस्थामा चरक अस्पतालको आइसियुमा भर्ना भएको उल्लेख गरेका छन् । आफ्नो पार्टीका सभासदको अवस्था अज्ञात रहेको भन्दै राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश प्रमुख (इन्चार्ज) नरहरी बरालले प्रमुख जिल्ला अधिकारी (सिडियो) लाई गालीसमेत गरेका छन् । उनले जिल्ला प्रमुख (सिडिओ) लाई भनेका छन् “एमालेको राज्य हो यो ? राज्यमा मान्छे छैनन् ? कसको प्रतिनिधी भएर बस्या छस् तँ सिडिओ ? अपहरण गर्ने तेरो काम हो यो पुरै ?” उनले डाक्टर बद्रीले आफ्ना सबहसद शाही मर्न सक्छ भनेको समेत उल्लेख गरेका छन् ।

कसको गल्ति, केमा राजनिति

यो विषयले धेरै गम्भिर मतवपूर्ण प्रश्न उठाएका छन् । पहिलो त, गण्डकी प्रदेशकै ल्याबले नेगेटिभ रिपोर्ट दिईसकेपछि फेरि सभासद खिम बिक्रम शाहीको अर्को निजि ल्याबमा लगेर किन कोरोना परिक्षण गरियो ? र दोस्रो पटक त्योपनि २४ घण्टा भित्रै अस्पतालको ल्याबमा परिक्षण गर्दा कसरि फेरि निजि अस्पतालको ल्याबबाट पोजेटिभ आयो ? मतदानमा भाग लिन पुगेका सभासद कोरोना लाग्दैमा कसरि अचेत अवस्थामा पुगे ? किन अस्पतालको आइसियु बेडमै भर्ना भए ?

आफ्नै सभासद राष्ट्रिय जनमोर्चाकै केहि नेताले अपहरण रहेको संकेत गर्दै अज्ञात रहेको भनेर सभामुख समक्ष सभासदको अवस्था सार्वजनिक गर्न, जिवन रक्षा गरिदिन र संसद रोक्न माग गरे ? पार्टीका फरक फरक नेताको फरक फरक भनाई कसरि आयो ?

ल्याब परिक्षणले अर्को गम्भिर प्रश्नपनि तेर्साएको छ । कसरि २४ घण्टा भित्रै दुई थरी ल्याबले नेगेटिभ र पोजेटिभ नतिजा दिए ? दुई थरी नतिजा आएपछि फेरि तेस्रो नतिजा नकुरीकन सभासद तत्कालै अस्पतालको आइसियुमै भर्ना हुन किन गए ? यो विषयले पार्टी, नेता, अस्पताल र ल्याबको काम र नियतमाथि गम्भिर प्रश्न खडा गरेको छ । यसको विषयमा गम्भिर छानबिन हुनुपर्ने माग जनताले गरेका छन् ।

यसैबिच एक अर्को जानकारि अनुसार प्रधानमन्त्री केपी ओलीका विश्वासिला महेश बस्नेत हिजै पोखरा पुगेका थिए । केहि राजनितिक बिश्लेषकहरुले भने यो सबै सेटिङ मिलाएको हुनसक्ने आशंकासमेत गरेका छन् । केहिको भनाईमा सबै सेटिङ गरेर सांसद शाहीलाई गायब गरिएको हो । अस्पतालमा भर्ना भएपनि उनलाई भेटघाट गर्न नदिएको भनाई केहिको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक