बिहीबार, वैशाख १३, २०८१

कुम्भमेलाको प्रसाद बन्यो ‘कोरोना’ : पूर्वरानी कोमल आइसीयुमा, प्रति मिनेट ११ लिटर अक्सिजन दिइदैं

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ वैशाख १६ गते १५:२१

बैशाखको पहिलो सातामा पूर्व राजा–रानी ज्ञानेन्द्र र कोमल भारतको उत्तराखण्डको धार्मिक धाम हरिद्धारस्थित कुम्भ स्नान मेलामा सहभागी हुन पुगेका थिए । ‘हिन्दू सम्राट’को उपाधीसहित रथयात्रामा मदमस्त देखिने पूर्व राजा ज्ञानेन्द्र सयौं र हजारौं नागा बाबाहरुका माझमा उसैगरी गौरवान्वित चेहरामा धोती–आवरणमा उभिएका देखिन्थे । कहिले रामदेवले हाँकेको गरेको कारमा मुस्कुराइरहेका देखिने ज्ञानेन्द्र, कुनैबेला भने निरन्जनी अखडाका आचार्य महामण्डलेश्वर कैलाशानन्द गिरी महाराजसँग मन्त्रोच्चारण गरिरहेका देखिन्थे ।

कुम्भमेलामा महास्नान गरेर पुर्वराजा घर नफर्कदैं त्यही मेलामा रहेका ५ सयभन्दा बढी साधुहरुलाई कोरोना संक्रमण भैसकेको समाचार भारतीय मिडियाहरुमा आइसकेको थियो । बैशाख ५ मा घर फर्किएका ज्ञानेन्द्र–कोमलको ७ गते नै खबर आइहाल्यो— शाह दम्पत्तिलाई कोरोना आक्रमण, उपचारका लागि नर्भिक अस्पताल भर्ना ।

‘के राजा, के महाराजा अथवा के हिन्दू, के बौद्ध नभनी भुसको आगोझैं सल्केको कोरोना महामारीसँग खेल्ने काम जेजसरी भैरहेको थियो,’सधैं राजपरिवारसँग सान्त्वना दर्शाउँदै आएका एक राजभक्त नेताले ट्वीटरमा लेख्न भ्याएका छन्—‘अब न रामदेवको औषधीले केही काम गर्न सक्ने स्थिती छ, न अम्बाको पात र बेसारपानीले केही हुनेवाला छ ।’

हरिद्वार कुम्भ मेलामा नागा बाबाहरुसित पूर्व राजारानी

नर्भिक अस्पतालमा पूर्व राजा ज्ञानेन्द्र, रानी कोमल र छोरी प्रेरणासहित कोरोना उपचारमा भर्ना गरिएको भएपनि बिहिवारबाट रानी कोमलको अवस्था भने गम्भीर देखिएको छ । कोमलको श्वासप्रश्वासमा मात्रै समस्या देखिएन, बरु अक्सिजनको स्तरसमेत घटेर चिन्ताजनक अवस्था बनेर अस्पतालको आइसियूमा भर्ना गरिएको छ। बुधवारसम्म प्रतिमिनेट २, ३ लिटर अक्सिजन दिए पुग्नेमा बिहिबार अपरान्हबाट प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिनु परेको स्थितीको गम्भीरता सार्वजनिक भैसकेको छ । यति मात्रै नभएर स्थितीको संवेदनशिलतासँगै ‘प्लाज्मा थेरापी’ बाट ७० वर्षिया कोमलको उपचार सुरु गरिने भनेर अस्पतालले प्लाज्माको खोजी थालेको पनि समाचार आएको छ ।

भारतीय सुरक्षाकर्मीको सुरक्षा घेरामा पूर्व राजा

२०५८ जेठ १९ को नारायणहिटी काण्डमा घाइते पूर्व रानी कोमललाई लागेको गोलीको छर्रा फोक्सोमा अड्किएको बताइदै आएको छ । त्यो छर्रा अझैसम्म निकाल्न नसकिएको चर्चा सर्वत्र रहीआएको छ ।

कोरोना संक्रमण भएर नर्भिकमैं भर्ना भएका पूर्वराजा ज्ञानेन्द् र छोरी प्रेरणाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

तपाइँको प्रतिक्रिया