शुक्रबार, वैशाख ७, २०८१

जहाज बिक्री सम्झौताको बहानामा महाप्रबन्धक अमेरिका उड्दै, ‘गुपचुप जीएसएस फेर्ने नियोजित प्रकृया सुरु’

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ वैशाख १६ गते १५:५४

नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले आफू आएपछि कुनै पनि उपलब्धिमूलक एउटै कार्य गर्न सकेका त छैनन्, भैरहेको संरचना समेत भंग गराएर निगम ध्वस्त पार्न तल्लिन देखिन्छन ।

महाप्रबन्धक पौडेल अहिले चार ठाऊँको जिएसए नियुक्तिमा आफनो एजेण्ट छिराएर करोडौं रकम कुम्ल्याउने दाउमा लागेका छन् । बिभागिय मन्त्रिलाई समेत पत्तो नदिइ भारत, साउदी अरब, दुबई र ग्वान्जावोको जिएसए नियुक्त गर्न तल्लिन छन । भारत र दुबईमा अहिले भईरहेको जिएसए बर्ड ट्राभल्स र आजमान नेशनल ट्राभल एजेन्सी (एन्टा) सगँ निगम महाप्रबन्धक पौडेलले राम्रै बार्गेनिङ गरिरहेको र यसै सेटिङ मिलानका लागि बाणिज्य बिभागको निर्देशकमा अर्थका निर्देशक जनकराज कालाखेतिलाई सरुवा गरिएको छ । र, अर्थको कामु निर्देशकमा अनिशा खडका नियुक्त गरिएको छ ।

भारतका लागि तोकिएको जिएसए बर्ड ट्राभलले पौडेलको डिमाण्ड पुरा गर्ने छाँटकाँट नदेखाएकोले भारतको जिएसएमा बर्डलाई नदिने र एण्टाले पौडेलको रकमको डिमाण्डमा ग्रिन सिग्नल देखाएकोले कालाखेती र पौडेल एण्टाप्रति भने सकारात्मक देखिएको श्रोतले बतायो । निगमको वाइडबडि जहाज दुई महिना देखि ग्राउण्डेड छ, त्यो कसरी उडाउन सकिन्छ भन्नेतिर निगम प्रमुख पौडेलको कुनै ध्यान छैन । तर त्यो बनाउँदा कसरि कमिशन आउँछ, र जिएसएमा आफनो एजेण्ट छिराएर ठूलै रकम हात पार्न सकिएला भन्ने दाउमा महाप्रवन्धक देखि संचालक समितिका केही सदस्य लागेको निगम श्रोतको दावी छ ।

यति मात्र होईन, एयरपोर्टमा सेटिङ मिलाएर दुबई पठाउने कार्यमा लागिरहेका एयरपोर्टमा कार्यरत कुमार केसीलाई बचाउन समेत महाप्रवन्धक पौडेल लागिपरेको निगममा कार्यरत एक निर्देशक बताउँछन । निगमको एयरपोर्टमा कार्यरत कुमार केसी मानब सेटिङमा संलग्न कर्मचारी हुन जसले दुबई मार्फत बिभिन्न देशमा भिजिट भिषामा कामदार पठाउने गरेका छन् । उनी निगमबाट राजिनामा दिई भागेका र पहिले यहि सेटिङमा संलग्न अर्का भूपू कर्मचारी गौरीलाल डागीसगँ मिलेर महाप्रबन्धक डिमप्रसादलाई समेत साथ लिई सेटिङको धन्दामा साथ दिएको श्रोतले बतायो ।

नेपाल वायुसेवा निगमका महाप्रवन्धक डिम प्रकाश पौडेल

कुमार केसीको बारेमा बिमानस्थल अध्यागमनले समेत उजुरी गरेपछि गृह तथा अख्तियारले छानबिन थालेको बुझिएको छ भने निगमका बिमानस्थलमा कार्यरत एक दर्जन कर्मचारीले कुमार केसीको ईतिबृतान्त पौडेललाई बताईदिंदा पौडेलले कारबाही गर्नाको साट्टो हासोमा उडाइदिनाले नै ती दुईको बीचमा मिलेमतो रहेको थाहा भएको छ ।

डिमप्रसादले पहिले केही समय म्यानपावर ब्यबसायमा संचालन गरेका र निजले गलत ढंगबाट त्यहाँ समेत गलत कार्य गरेर प्रहरिको फन्दामा परेकाले पछि मिलापत्र गरि त्यो ब्यबसायबाट अलग भएका थिए । यसले पनि कुमार केसी, गौरी लाल डागी र डिम प्रसाद पौडेलको स्वार्थ मिलेको स्पष्ठ हुन्छ । यसका मध्यस्तकर्ताको भूमिका भने डागीले गरीरहेको श्रोतले बतायो ।

निगमले बिक्रि गरी सकेको बोइङ्ग जहाज (एसीबी, पुरानो बोइङ) अमेरिकी कम्पनी (एक्रो) लाई बेच्ने निहुमा मे महिनामा (आगामी महिना) करिब एक साताका लागि महाप्रबन्धक पौडेल अमेरिका उडन लागेका छन् । कोराना महामारीबीच एयरलाईन्सलाई कसरि चलाउने र संकटको घडीमा निगमलाई कसरि पुनरउत्थान गर्ने भन्नेमा महाप्रबन्धक पौडेलको ध्यान गएको छैन । तर, मौकामा चौका हान्ने दाउमा एक वकिल पण्डितलाई लिएर अमेरिका जाने तरखरमा उनी लागीपरेका देखिन्छन् ।

पर्यटन मन्त्रालय हाकिरहेका एमाले मन्त्रि भानुभक्त ढकालले यी सब कुराको खोजि नीति गर्दै संगठनलाई सुशानको मार्गमा डोरयाउनुपर्ने हो । तर स्वयं आधिकारिक युनियनका पदाधिकारी गएर औंल्याउँदा समेत मन्त्रिले महाप्रबन्धक पौडेलकै पक्षमा कुरा गर्नुले मन्त्रि समेतलाई महाप्रबन्धक डिम प्रसाद पौडेलले आफनो जालमा पार्न सफल भईसकेको युनियनका एक प्रतिनिधिले नेपालप्लसलाई बताएका छन ।

पूर्व पर्यटनमन्त्री योगेश भट्टराईको बिश्वास पात्रका रुपमा निगम छिरेका पौडेलले अहिले जसरि योगेशलाई छाडिदिएका छन् त्यसैगरि केहि समय पछि अहिलेका पर्यटन मन्त्रि भानुभक्तको समेत राजनीतिक जीबन समाप्त पार्ने ती युनियनका प्रतिनिधि बताउँछन ।

तपाइँको प्रतिक्रिया

फेसबुक