शनिबार, वैशाख ८, २०८१

मानव शरिर जब बिजुलीको पावरहाउस बनिदिन्छ

लुइगि जोरियो / स्विजरल्याण्ड२०७८ वैशाख १७ गते १२:०७

स्विजरल्याण्डको एक नयाँ उर्जा कम्पनीले मानव शरीरको तापलाई विद्युतमा रूपान्तरण गर्ने एक प्रविधि विकास गरेको छ । चाँडै नै हामी आफ्ना व्यक्तिगत उपकरणहरू चार्ज गर्न सक्षम हुन्छौं जुन उर्जा हामीले स्वाभाविक रूपमा उत्पादन गर्छौं । अझ गज्जब त के भने त्यसको कुनै शुल्क लाग्दैन । हरेक दिन चार्ज गर्न सकिन्छ ।

एक क्षणको लागि सौर्य, हावा, बायोमास वा हाइड्रो पावरको बारेमा बिर्सौं । यदि भविष्यको लागि नवीकरणीय उर्जाको स्रोत मानिसमा भेटिए के होला ? हामी सबैलाई थाहा छ, हाम्रो शरीरले ताप उत्पन्न गर्दछ । हामी विशेष रूपमा यसबारे सचेत छौं जब हामी ज्वरोले ओछ्यान पर्छौं, वा कडा व्यायाम पछि शरिर तातो हुन्छ । तर तातो उत्पादनको यो क्षमताले हामीलाई सरीसृप र अन्य चिसो-रगतको जीवहरू भन्दा फरक पार्छ ।

मानिसलाई खासै जानकारि भएको कुरो होइन, मानव शरिरबाट उत्पन्न तापलाई भण्डार गरेर बिजुली बनाउन सकिन्छ । तर यो नयाँ विचार भने होइन । किनभने बितेका केही वर्षहरूमा अन्वेषकहरूले उच्च प्रविधियुक्त उर्जा भण्डारण उपकरणहरू विकास गर्न सक्षम भएका छन् जुन व्यावहारिक उद्देश्यका लागि प्रयोग गर्न सकिन्छ । चिकित्सा र पहिरनको प्रविधीको क्षेत्रमा मानव ताप सन्चय गरेर यीसँग संवन्धित सामूहिक बजारको सम्भावना छ । त्यसकोलागि स्मार्ट घडीहरू वा फिटनेस ब्रेसलेटहरू जस्तै बनाउने बारे सोच्न सकिन्छ ।

मिथ्रसको २०१८ स्पिल अफ-फेडरल टेक्नोलोजी इन्स्टिच्युट ज्यूरिखबाट यस क्षेत्रको केही बजार हिस्सा सार्ने उद्देश्य हो । “म सधैं वास्तविक क्षमता भएको केहि सिर्जना गर्न चाहन्थें । त्यसैले म टेक्नोलोजी क्षेत्रमा प्रवेश गरें” फ्रान्को मेम्ब्रिनी, मिथ्रासका संस्थापक र मुख्य कार्यकारी अधिकारीले भने । यद्यपि उनले इतिहासमा मास्टर डिग्री गर्न सुरु गरेपनि उनी मानव शरीरको ताप प्रयोग गर्ने विचारबाट मोहित भए किनकि उनले “विद्युत उत्पादन गर्न यस प्रकारको विकेन्द्रीकृत दृष्टिकोणको महान सम्भाव्यता” देख्न चाहन्थे ।

मानव शरीरबाट विश्वकै उर्जाको १० प्रतिशत निस्किने

मानव शरीरबाट उत्पन्न हुने थर्मल उर्जा औसतमा १०० वाटको बत्तीले उत्पादन गर्ने बराबर हुन्छ । धेरैजसो शक्तिले वरपरको वातावरणमा आफूलाई विच्छेद गर्दछ । तर यो निश्चित रूपमा त्यस्तो खेर जाने उर्जा हो जुन पूर्वी स्विट्जरल्याण्डको कुरमा आधारित स्टार्टअपले रीसायकल गर्न चाहेको छ । यो एक थर्मो-इलेक्ट्रिक जेनरेटर (टिईजी) को माध्यम बाट गर्न सक्दछ जसले छालाको सतह, लगभग ३२ डिग्री सेल्सियस र वरपरको वातावरण बीचको भिन्नता प्रयोग गर्दछ । त्यसबाट बिजुली उत्पादन गर्न प्रयोग गर्दछ । यसलाई सीबेक प्रभाव (सिबेक ईफेक्ट) भनिन्छ ।

“महत्त्वपूर्ण कुरा भनेको शरीरको सतह र वरपरको वातावरणको बीचको तापक्रम भिन्नता हो । यो जति ठूलो हुन्छ उति धेरै शक्ति उत्पादन हुन्छ । तर यदि तपाईं ध्रुवीय क्षेत्रमा हुनुहुन्छ वा मरुभूमिमा हुनुहुन्छ भने त्यसले फरक पार्दैन” मेम्ब्रिनी बताउँछन् “यसले बिजुली उत्पादन शुरू गर्नका लागि एक डिग्रीको भिन्नता मात्रै लिन्छ ।”

मानव शरीरबाट आउने १०० प्रतिशत तातो ऊर्जालाई कब्जा गर्न र यसलाई बिजुलीमा रूपान्तरण गर्न असम्भव छ “उनी औंल्याउँछन् “तर यी टीईजीहरू एक आशाजनक रणनीति हो र तिनीहरूले ठूलो सम्भाव्यता पाइसकेका छन् । ” मिथ्रासको गणनाका अनुसार पृथ्वीको सात अरब मानिसहरूले उत्पादन गरेको तातोले विश्वमा खपत हुने १० प्रतिशत बिजुली प्रदान गर्न सक्छ ।

बिर्सिएको प्रविधि पुनरुत्थान

यो विचार नयाँ भने हैन । २० औं शताब्दीको शुरुदेखि नै अन्वेषक र इञ्जिनियरहरूले मानव शरीरलाई नवीकरणीय शक्ति स्रोतको रूपमा प्रयोग गर्ने प्रयास गरिरहेका थिए । मेम्ब्रिनीका अनुसार सन् १९४० को दशकदेखि हातले कच्याककुचुक पारेर, बटारेर, ठोकठाक पारेर बनाइएको रेडियो ट्रान्समिटरहरू बनेका थिए । ब्याट्री प्रविधीमा हाल अझै प्रगति भएको छ । यस बीचमा मानिस आफैंले स्वतन्त्र रुपमा विकास गरेका उर्जा प्रणालीहरूपनि आए ।

सामग्री विज्ञान र पहिरिनयोग्य कम आवृत्ति उपकरणहरूमा हालको प्रविधीमा धेरै विकास भएको छ । शरीरद्वारा उत्पादित शक्तिले मानिसको ताजा ध्यान तानेको छ । “मिथ्रासमा हामीले एउटा भैरहेकै प्रविधीबाट शुरू गरेका थियौं र हामीले त्यसबाट केही हेरफेर र विकास गरेर नयाँ बनायौं” मेम्ब्रिनी भन्छन्।

सीबेक प्रभाव केहि समयको लागि बुझिएको छ । बायोमिमेटिक झिल्ली र कपडाबारे अध्ययन गर्ने स्विसको इेमपिए सामग्री विज्ञान र टेक्नोलोजीको लागि स्विस संघीय प्रयोगशालाका प्रमुख रने रोसीका अनुसार अहिलेसम्म यी प्रणालीहरूको अनुप्रयोग (एप्लिकेसन्स) र प्रभावकारिता सीमित थियो । तर अब यदि स्तर मिलिवाटबाट एक वाटको दशौंसम्म बढाउन सकिन्छ । यो व्यावसायिक दृष्टिकोणबाट अझ चाखलाग्दो देखिन्छ।

उनी भन्छन् “अनुसन्धानको विभिन्न दिशामा प्रगति भइरहेको छ। उदाहरणका लागि, हामी स्मार्ट कपडाको विकास गर्दैछौं जसले सौर्य उर्जा लिन्छ । अन्य अनुसन्धान समूहहरूले मेकानिकल उर्जा पुनःप्राप्त गर्न र यसलाई उत्पन्न गर्ने स्रोतलाई जुत्ताको खुट्टामा समाहित गर्दै बिजुलीमा रूपान्तरण गर्ने कोशिश गरिरहेका छन् ।”

सुतेको बेलापनि काम गर्छ

मिथ्रासले दुई मुख्य विचारहरूमा काम गरिरहेको छ । एउटा टिईजी नामको ब्रासलेट (बाला) जुन कम्मरमा बाँध्न सकिन्छ । यसबाट मोबाईल उपकरण चार्ज गर्न सकिन्छ । अर्को एकीकृत समाधान हो जसमा थर्मो-इलेक्ट्रिक जेनेरेटर सिधा उपकरणमा सम्मिलित गरिन्छ र यसको ब्याट्रीमा अड्काउने (हुक) हुन्छ । बिजुली उत्पादन गर्न एक मात्र आवश्यकता के भने उपकरण शरीरको सम्पर्कमा हुनुपर्दछ । मेम्ब्रिनीका अनुसार कफी खाँदै गर्दा होस कि शारीरिक ब्यायाम, कसरतमा संलग्न हुँदा वा सुतिरहेको बेलापनि ब्याट्री आफैं चार्ज हुन्छ।”

स्विस स्टार्टअप वा त्यो प्राविधिक कम्पनीमा ६ जना कर्मचारी छन् । उनीहरूले कम ऊर्जाको खपत मिलाएर मेडिकल उपकरणहरूमा ध्यान केन्द्रित गर्छन् । “हामी इन्सुलिन पम्पहरू, श्रवण शक्ति र बायोसेन्सरहरू अनुगमन गर्ने शरीरको तापक्रम र महत्त्वपूर्ण कार्यहरू ऊर्जाको दृष्टिकोणबाट स्वायत्त बनाउँन चाहन्छौं” मेम्ब्रिनी भन्छन् “यो ब्याट्री खराबी र शल्य चिकित्सा गर्दा उत्पन्न सम्भावित जटिलताका कारणहरूलाई बदलेर समस्याहरूको निकट पुग्नका लागि एक तरीका हुनेछ।”

अर्को सम्भावित अनुप्रयोग (एप्लिकेसन्स) सेलुलर फोनहरू हुन् । यद्यपि यो हाल मिथ्रासको लागि प्राथमिकतामा छैन । “एक स्मार्टफोनले हाम्रो समाधानको तुलनामा धेरै उर्जा खपत गर्दछ । हामी अधिकतम ब्याट्रीको आयु लम्बाउन सक्छौं” मेम्ब्रिनी भन्छन्।

स्विसटेक पिचिनारको अन्तिम संस्करणको विजेताका रूपमा चिनियाँ बजारमा स्विस स्टार्ट-अपहरू बीचको प्रतिस्पर्धा थियो । मिथ्रासले यस वर्षको अन्त्यसम्ममा यसको पहिलो उत्पादन महत्वपूर्ण संकेतहरूको निगरानी गर्ने बायोसेन्सर प्रक्षेपण गर्ने अपेक्षा राखेका छन् ।

“हामी मेडिकल टेक्नोलोजी क्षेत्रमा कार्यरत केही ठूला अन्तर्राष्ट्रिय कम्पनीहरूसँग सम्पर्कमा छौं” मेम्ब्रिनीको भनाई छ “यो शरीरको तापको उर्जालाई विशेष रूपमा सञ्चालन गर्न यस्तो प्रकारको पहिलो उपकरण हुन गइरहेको छ ।”

(स्विस इन्फो डट सिएचमा प्रकाशित रिपोर्टलाई नेपालप्लसले भावानुवाद गरेको हो-संपादक)

तपाइँको प्रतिक्रिया

फेसबुक