मंगलबार, वैशाख ११, २०८१

नेपालीको स्वतन्त्रता र संवृद्धिको लागि वैज्ञानिक समाजवाद अपरिहार्य : जनप्रगतिशिल मोर्चा, अमेरिका

नेपालप्लस संवाददाता२०७८ वैशाख १६ गते २०:३४

नेपाली जनप्रगतिशील मोर्चा, अमेरिकाले नेपालमा दलाल तथा संसदीय ब्यवस्था पूर्णरुपमा असफल भएको भन्दै नेपाली जनताको स्वतन्त्रता र संवृद्धिको लागि वैज्ञानिक समाजवादी ब्यवस्था अपरिहार्य भएको ठहर गरेको छ ।

मोर्चाले प्रथम अधिवेशन आयोजक समिती गठन गरेको भेलाद्वारा यस्तो ठहर गरिएको हो । यही २६ अप्रिल २०२१ बुधवारका दिन भएको मोर्चाको बिस्तारित बैठकले १० सदस्यीय प्रथम अधिवेशन आयोजक समितीसमेत गठन गरेको थियो ।

मोर्चाका अध्यक्ष विश्व बहादुर शाहको अध्यक्षतामा भएको उक्त बैठकमा नेपाली जनप्रगतिशील मोर्चा पोर्तुगलका महासचिव तथा यूरोप मोर्चाका सदस्य प्रदीप अधिकारी अतिथी रहेका थिए ।

शहिदहरु प्रति सम्मान ब्यक्त गर्दै एक मिनेट मौनधारण गरि बैठकको प्रारम्भ गरिएको थियो ।

यो ब्यवस्थाको असफलताको कारणले नै लाखौं नेपाली दाजुभाइ तथा दिदीवहिनीहरु प्रवासिन बाध्य भएको भेलाले उल्लेख गरेको छ । अमेरिका आइपुगेका नेपालीहरुमाथि निरन्तर भौतिक हमलाहरु भइरहेकोपनि भेलामा उठेको छ । “यसरी नष्लवाद वा अन्य कुनै कारणवाट प्रभावित भएर नेपालीहरुमाथि भएको भौतिक हमलाको बैठकले भ्रर्त्सना समेत गरेको छ” भेलाले आफ्नो निर्णयमा भनेको छ ।

बैठकका अतिथी प्रदिप अधिकारीले नेपालको राजनीतिक अवस्था, प्रवासमा हामीले खेल्नुपर्ने भूमिका तथा आजको सामाजिक संरचनामा विकास गर्नुपर्ने राजनीतिक, सामाजिक तथा सांस्कृतिक चेतनाको विकास, अमेरिकामा मोर्चाको आवश्यकता र त्यसले खेल्नु पर्ने भूमिकाको बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

विश्व बहादुर शाहको संयोजकत्वमा गठित समितिमा सचिव दिपक लामिछाने छन् । सदस्यहरु दर्शना नेपाली, पंकज कट्टेल, कृष्णध्वज थापा, अर्जुन नेपाल, नविन चौलागाईं, रामचन्द्र पहारी, खगेश्वर काप्री र अशिम घिमिरे रहेका छन । दिपक लामिछानेले संचालन गरेको बैठ्कले कार्यसमितिको तत्काल बैठक बसी अधिवेशनको मिती तय गर्ने निर्णय गरेको छ ।

तपाइँको प्रतिक्रिया