शुक्रबार, वैशाख १४, २०८१

विश्वकै सर्बाधिक लामो झलुंगे पुल पर्यटक तान्न खुला हुँदै

नेपालप्लस संवाददाता२०७८ वैशाख १७ गते १३:५४

Image by Andrea Fonso via .highestbridges.com

पोर्चुगलले विश्वकै सबैभन्दा लामो पैदल झलुंगे पुल खुला गर्ने भएको छ । पोर्चुगलको उत्तरी भागमा रहेको झलुंगे पुल पर्यटकहरु तान्ने आशाले त्यहाँका नगरप्रमुखले खुला गर्न लागेका हुन् । यो झलुंगे पुलमा ओहोरदोहोर गर्दा जोकोहिले आफ्नो टाउकाको उचाई नाप्ने स्वादपनि लिन पाउने छ ।

यो अंग्रेजी अक्षर भि-आकारको कंक्रीट टावरको बीच कडा इस्पात केबलहरूमा झुण्डिएको छ । यसको लम्बाई ५१६ मिटर (१७०० फिट) छ । त्यहाँको चट्टाने पहाडमा झुण्डिएको यो पुल १७५ मिटर उचाईमा छ ।

यहि आइतवार मे २ का दिन औपचारिक उद्घाटनको कार्यक्रम राखिएपनि पुल भएको गाउँ आरुकाका स्थानियबासिन्दालाई हिजो विहिवार पुलमा हिँड्न अनुमति दिइएको थियो ।

त्यहाँ पुगेका रुइ ब्रान्डोले एकदमै गज्जाबको अनुभ सँगालेपनि पुलबाट मुन्तिर नहेर्न सुझाव दिँदै फ्रँस २४ न्युजसित भनेका छन् “यति माथि रैछ कि तल हेर्दा रिँगटा लाग्ने, कहालीनै लाग्ने रैछ ।”

“उद्घाटन महत्त्वपूर्ण छ । किनकि यसले हामीलाई पर्यटन गतिविधि पुनः सुरु गर्न सक्षम बनाउँछ” अरुकाका मेयर मार्गारीडा बेलेमले एएफपीटीभीलाई बताइन् ।

नगरप्रमुखका अनुसार यो पुल पर्यटक तान्न र यो क्षेत्रकै मानिसकालागि मौलिक आकर्षण थियो ।

Image by Andrea Fonso via .highestbridges.com

यो पुलको संरचनाले ठाडो पाइभा नदीको घाटीलाई पार गर्छ । यहाँ पहिले नै करिब आठ किलोमिटर (पाँच माईल) काठको पैदल यात्रा गर्ने ठाउँ बनाईएको थियो ।

“म यहाँ नजिकै बस्छु । जब मैले पहिलो पटक यो पुल बनाउने परियोजना सुनेँ, मैले साच्चै विश्वास गरिन” मासिओ सोआरेसले भने।

“तर आज मलाई यहाँ आईरहेकोमा ठूलो गर्व लागेको छ । मेरो लागि यो अनौंठो अनुभव हो” उनले थपे ।

आरुका सन् २०१७ मा निर्माण भएपछि यसले स्विस आल्प्सस्थिक रान्डाको चार्ल्स कुनेन पुलको रेकर्ड तोडेर विश्वको सबैभन्दा लामो रेकर्ड बनायो ।

यो पुललाई विश्वको सबैभन्दा लामो भनिएपनि कतिपय मेडिया र वेभसाईट, संस्थाहरुले नेपालको वागलुङस्थित झलुंगे पुललाई विश्वको सबैभन्दा लामो भन्दै आएका छन् । वागलुङको झलुंगे पुलको लम्बाई ५६७ मिट रहेको हाईएस्ट ब्रिज डटकममा उल्लेख छ ।

तपाइँको प्रतिक्रिया