आइतबार, जेठ २, २०७८

सन् १९११ मा साईकल चढ्दा महिला समलिंगी बन्छन् भन्ने किन सोचे ?

कसरी साइकल एक नारीवादी मुद्दा भयो

विनिफ्रेड जे आक्पोबी २०७८ वैशाख १७ गते १७:१२

Photo from Fit is a Feminist Issue Via medium.com/lessons-from-history

एक्काइशौं शताब्दीमा साइकल चलाउँदा पुरुष र महिला दुबैका लागि सामान्य खेल, कामकालागि वा सामान्य गतिविधि जस्तो देखिन सक्छ । तर १९ औं शताब्दीमा यो एकदम फरक थियो ।

सन् १८१७ मा कार्ल भोन ड्राईसले चलिरहेको मेसिनको आविष्कार गरे जसले सुरक्षित मेशिनहरूको आविष्कारको लागि मार्ग प्रदान गर्‍यो । तिनीहरू सन् १८०० को उत्तरार्धमा पुरुष र महिलाका लागि चलायमान (पोर्टेबल) बनाइएको थियो । यद्यपि महिलाको लागि साइकल चलाउने क्रममा ठूलो विभेद रहेको थियो । सायद यो त्यति महिलापक्षिय, महिलालाई रुचि हुने थिएन । किनकि त्यतिबेलाका मानिसहरूलाई महिला सशक्तिकरण र अधिकारको ज्ञान कम थियो ।

साईकलका बारेमा समाज कडा, साँघुरो थियो । त्यो बेलाको एजेण्डा कस्तो थियो भने ‘केटा र पुरुषकालागि साईकल आरक्षित कोटा’ जस्तो थियो । त्यहि कारणले महिलाले साईकल चलाउने बारे त्यो बेलाको विश्व कठोर थियो । डाक्टरहरूले पनि यसले महिलालाई समलिंगीवादमा डोर्‍याउनेछ भन्ने विश्वास गर्थे । महिलाले साईकल चलाउँदा महिलाको शुद्दतालाई नष्ट गर्छ भन्ने समाजले सोच्यो ।

जर्सी सिटी स्टेट कलेजमा अंग्रेजीका प्राध्यापक एलेन गार्वेले यस्तो लेखेका थिए:

यहाँ केवल सिट र यसको समायोजन मात्र होइन । तर गतिले पनि गल्ती गर्छ । सिटको रेखाबाट बाहिर निस्केको शरिरको भागमा सजाय दिएजस्तो हुन्छ । दुखाइ हुन्छ । र यो रोगविज्ञान हो । यो चलाउँदा क्षणक्षणमा गति चाहिन्छ । शरीर एक चरित्र वक्रमा अगाडि झुम्केको हुन्छ । शरीरको तौलमा प्रसारित हुन्छ । प्याडल क्षेत्रमा सबै भार थिचिन्छ । सिटको साँघुरो बाहिर आधा तौल जान्छ । प्याडल ठीकसँग सवारीको लागि समायोजित गरिएको हुन्छ । वेग हान्नु वा पहाड चढाईमा असामान्य प्रयासमा शरीर अगाडि फ्याँकिन्छ । लुगालाई दबाब दिन्छ जसबाट बाहिर निकाल्ने र उत्तेजनात्मक भावनाहरू निस्किन्छन् । अज्ञात र जवान युवतीलाई साईकल चलाउँदा अवास्तविक बनाउँछ । र कमजोर बनाउने “ग्रेनुलर इरोसन” वा “पोलिपाइड वृद्धि” को परिणाम निस्किन्छ ।

सरल शब्दमा भन्नुपर्दा, कुनै महिलाले साइकल हुइक्याउँदै गरेको बेला उनले साइकलमा सम्पूर्ण समय हस्तमैथुन गरीरहेकी हुन सक्छिन् । पक्कैपनि कोही पनि चाहँदैनथे “एक युवतीले आफ्नो सेक्सको पहिलो अनुभव साइकलको सवारीबाट प्राप्त गरोस्”।

ग्र्याभले अर्को लेख पनि लेखे “साइकललाई पुनर्ब्याख्या गर्ने: महिला विज्ञापन-समर्थित म्यागजिनहरू र यौनको तिर्खाले खरिएका महिलाहरू ।” एन्टिसाइक्लरहरूले यौन स्वास्थ्यमा आएर कसरी उनीहरूको घृणालाई जायज ठान्छन् भनेर वर्णन गर्दै भनिएको छ :

साईकलका बिरोधीहरूले सवारीले हस्तमैथुनलाई बढावा दिई महिलाको यौन स्वास्थ्यलाई क्षति पुर्‍याउने दाबी गरेका छन् । त्यसले लैंगिक परिभाषामा सम्झौता गर्ने उल्लेख गरेका छन् ।

तर साईकल पक्षधरहरु असहमत भए । यस किसिमका तर्कहरूको प्रकृति र भिन्नताहरु व्यापक रहे । र अन्तमा केही निष्कर्ष निकाले । कतिपय चिकित्सकहरु साइकलको प्याडलबाट उत्पन्न कम्पन यौन उत्तेजनाको स्रोत थियो भन्नेमा गए । प्याडल मार्दा पुठ्ठाहरु चलायमान हुने, पुठ्ठामा कम्पन उत्पन्न भैरहने बताए । तिनले महिलाको यौनांगमा यौनको आनन्दलाई रोक्न नसक्ने हुँदा लेस्बियनवादमा डोर्‍याउन सक्दछ भन्ने तर्क दिए ।

चर्च र पादरीले बाइक चलाउने महिलाको बिरूद्ध रिस पोखे । किनभने उनीहरूको विश्वासमा यसले वेश्यावृत्ति बढाउने र बफादारीतालाई खत्तम पार्ने जस्ता पाप निम्त्याउँछ । तर त्यस्तो सिटले महिलालाई त्यो अवस्थामा पुर्‍याउँछ भन्ने कुनै प्रमाण थिएन । अफवाहहरुलाई शान्त गर्न पछि महिलालाई सुहाउने सिटहरु निर्माण गरियो ।

अझैपनि महिलाको लागि साइकल चढ्नु सामान्य थिएन । बनेन । सबै महिला साइकल चालकहरू स्वतन्त्रता चाहन्थे । साईकल चलाउन चाहन्थे । यद्यपि समाजले यस्तो साधारण गतिविधिलाईपनि कठोर बनायो । त्यसबेला समाजले साइकललाई “महिलाहरू घरमै हुन्छन्” भन्ने भनाइको बिरुद्द भएको भन्दै खतरनाक ठान्यो । किनकि त्यो बेला पुरुषहरु बाहिर निस्किन्थे र महिलाहरु घरमै सिमित हुन्थे । महिलालाई साईकल चलाउन दिएपछि बाहिर निस्किन्छन् र उनीहरु स्वतन्त्र हुनथाल्छन् भन्ने विश्वाश गरे । हो, त्यो बेलाकोलागि यो आंशिक सत्य थियो । साम बीका अनुसार साइकल यात्रा गर्नु महिलाको छनौट थियो ।

वास्तवमै पादरी र अन्य पुरुषहरुले बुझ्न सकेनन् कसरी साइकलले महिलालाई स्वतन्त्रताको भावना प्रदान गर्थ्यो । तथापि, एक चर्चित अमेरिकी समाज सुधारक र महिला अधिकारकर्मी, सुसन बी एन्थोनीले महिलाहरूको साइकल चलाउने मूल्यको व्याख्या गर्नमा ठूलो भूमिका खेलेकि थिईन् । उनीले एक पटक उद्धृत गरेकि छन् :

म साइकल चलाउने बारे के सोँच्दछु भने यसले महिलाहरुलाई महिला मुक्त गर्न संसारका अरु सबै भन्दा बढी काम गरेको छ । यसले महिलालाई स्वतन्त्रता र आत्मनिर्भरताको भावना दिन्छ। म उभिएर हेर्छु र हरेक चोटि जब म एउटी महिलालाई साईकल सवारीसाथ देख्छु म आनन्दित हुन्छु । मेरो आँखामा निशुल्क सवारीमा हिँडेकि, पाङ्रा गुडाएकि स्वतन्त्र महिलाको तस्वीर आउँछ ।

(मेडियम डट कममा प्रकाशित आलेखलाई नेपालप्लसले भावानुवाद गरेको हो-संपादक)

तपाइँको प्रतिक्रिया

फेसबुक