शुक्रबार, वैशाख ७, २०८१

फ्रान्समा ‘गृहयुद्ध’ को चेतावनी दिने पूर्व सेनापतिहरूमाथि कारवाहि गरिने

नेपालप्लस संवाददाता२०७८ वैशाख १८ गते १४:१६

फ्रान्सेली सैनिकहरूको एउटा समूह, अर्ध सेवानिवृत्त अधिकारी र सेनापति सहितले फ्रान्स गृहयुद्धतिर लागिरहेको छ भन्ने चेतावनीयुक्त खुलापत्रमा हस्ताक्षर गरेपछि तिनलाई जबरजस्ती अवकाश र अनुशासन अल्लंघनको कारवाही गरिने भएको छ ।

फ्रान्समा गृहयुद्धको जोखिम रहेको भन्दै दिएको चेतावनीयुक्त खुला पत्रमा १८ जना सेवारत सैनिक अधिकारीहरूले हस्ताक्षर गरेपछि तिनमाथि कारवाहि गरिने भएको हो ।

सशस्त्र सेनाका प्रमुख फँस्वा लक्वाँथलाई उल्लेख गर्दै ल पारिजियाँ दैनिकले जनाए अनुसार प्रत्येक वरिष्ठ सैनिक काउन्सिल अगाडि उपस्थित हुनुपर्ने छ । तिलाई तुरुन्तै सेवानिब्रित्त गरिने वा पदबाट तत्कालै बर्खास्त गरिने छ ।

फ्रान्सको रेडियो फ्रान्स इन्टरनेशनलका अनुसार सेवानिवृत्त जनरलहरूद्वारा सुरु गरिएको यो अभियानका केहिको दक्षिणपन्थी वा अतिवादी समूहसित सम्बन्ध भएको भनिएको छ । उक्त पत्रमा सैन्य कर्मचारीहरूबाट हजारौं हस्ताक्षरहरू थिए । तर सशस्त्र सेना भित्र विद्रोहको त्रास गलत ठाउँमा देखिएको समाचारमा उल्लेख छ ।

“समय गम्भीर छ । फ्रान्स खतरामा छ” राष्ट्रपति इमानुएल म्याक्रोन, प्रधानमन्त्री जँ कास्टेक्स र सांसदहरूलाई सम्बोधन गरिएको खुलापत्र गत हप्ता दक्षिणपन्थी पत्रिका भनेर चिनिने भालर आक्चुएल्सले प्रकाशित गरेको थियो ।

पत्रले फ्रान्सको विभाजनको निन्दा गर्दै  “उपनगरीय सेना वा धेरैजसो आप्रवासी क्षेत्रका बासिन्दाहरुको बिरूद्ध कदम चाल्न असफल भएमा यसले गृहयुद्द निम्त्याउने र त्यसबाट हजारौंको मृत्यु हुने भविष्यवाणी गरेको थियो ।

सरकारद्वारा उचित कदम नचालेमा सरकारको “ल्याक्सिस्ट (कुनै विशेष धर्म वा अतिवादका पक्षपोषणकर्ता)” नीतिहरु अराजकतामा अन्त्य हुने पत्रको निष्कर्ष उल्लेख गर्दै भनिएको थियो “हाम्रो सभ्यतावादी मूल्यको संरक्षण गर्ने एक खतरनाक मिशनमा सक्रिय हुन र यो कर्तव्य निभाउन हाम्रा साथीहरुको हस्तक्षेपको आवश्यकता छ ।”

पत्रका हस्ताक्षरकर्ताहरूमध्ये २४ जना सेनापति हुन् जो सेवानिवृत्तिको नजीक छन् । तर फ्रान्सेली कानुन अनुसार तिनलाई सक्रिय सेवामा फिर्ता बोलाउन सकिन्छ । उनीहरुले सेनाको रिजर्भमै रहेकाले उनीहरु राजनितिक रुपमा तटस्थ रहनुपर्ने सैनिक मुख्यालयको भनाई छ । आफ्नो कर्तव्य उल्लंघन गरेकाले उनीहरूले कारवाहिको सामना गर्नुपर्ने भएको हो ।

फ्रान्सका सशस्त्र बलका प्रमुख फ्रँस्व लक्वाँथले उनीहरू एक वरिष्ठ सैनिक काउन्सिल समक्ष पेश हुने उल्लेख गरेका छन् । उनको भनाईमा ति सैनिक अधिकारीहरुलाई जबरजस्ती अवकाश र अनुशासन अल्लंघनको कारवाही हुनसक्छ ।

यस चिट्ठी सबैभन्दा पहिले मिलिटरी ब्लगमा देखापरेको थियो । यसका मुख्य खेलाडीहरु मध्ये केहि सैनिकमाथि अतिवादीहरुले आयोजना गरेको आप्रवाशी बिरुद्दको र्यालीमा भाग लिएको आरोप लागेको छ ।

पहिलो हस्ताक्षरकर्ता जँ पियर फाब्र-बेर्नाडाक हुन् जसले सन् १९९० को दशकमा एक पटक अतिवादी राष्ट्रिय मोर्चाका नेताको लागि सुरक्षा दिएको द कानार्ड अँसेन दैनिकले उल्लेख गरेको छ । अर्का जेनेरल क्रिश्चियन पिक्मल जसलाई फ्रान्सको काले क्षेत्रमा सन् २०१६ मा आयोजित आप्रवासी विरोधी र्‍यालीमा भाग लिईरहेका बेला पक्राउ गरिएको थियो । उनीमाथि सेवानिवृत्त अधिकारीको रूपमा जानु अघिनै विदेशी सेनाको कमान्डर बनेको आरोपसमेत लागेको छ ।

अन्य हस्ताक्षरकर्ताहरुमा सेवानिवृत्त जनरल अनत्वान मार्टिनेज छन् जसले “भोलँतेयर पोर ला फँस (फ्रान्सको लागि स्वयंसेवा) भन्ने संस्था स्थापना गरेका थिए । यसलाई फ्रान्समा परम्परागत दक्षिणपन्थी समूह र अतिवादी भनेर चिनिन्छ । यसले परम्परागत फ्रान्सेली मूल्यहरूको रक्षा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै आएको छ ।

प्रधानमन्त्री जँ कास्टेक्सले “राजनीतिमा सैनिक व्यक्तित्वले गरेको दुर्लभ हस्तक्षेपलाई हाम्रा सबै गणतन्त्रका सिद्धान्त, सम्मान र सैनिक कर्तव्य बिरूद्धको पहल” भनेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक