बिहीबार, वैशाख १३, २०८१

दैनिक संक्रमितको संख्या ६ हजार नाघ्यो, पूर्व राजादेखि पूर्व प्रधानमन्त्रीसम्म अस्पतालमा

नेपालप्लस संवाददाता/ काठमाडौं२०७८ वैशाख १९ गते ९:४२

photo credit-aa.com.tr

पूर्व प्रधानमन्त्री तथा हाल एमाले पार्टीमा बिद्रोही नेताका रुपमा चिनिएका झलनाथ खनाललाई कोभिड पोजिटिभ भएर निमोनिया देखिएपछि शनिबार साँझदेखि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ । प्रतिमिनेट पाँच लिटर अक्सिजन दिएपछि मात्रै नेता खनालको अक्सिजन लेभल र श्वासप्रश्वास स्थिती सहज भएको समाचार सार्वजनिक भएको छ ।

नर्भिककै भीभीआइपी सेवामैं पूर्व राजा ज्ञानेन्द्र, पूर्व रानी कोमलसहितका बिशिष्ट बिरामी र नेता खनालको बिरामी सूची एकसाथ बाहिर आइसकेको छ । नेपाली सेनाका पूर्व प्रमुख रुक्माङ्गद कटवाल बिगत ३ हप्ता देखि सैनिक अस्पातल छाउनीमा उपचार गराइरहेका छन् । उनको स्वास्थ्य स्थितिमा खास सुधार हुन नसकेको जनाइएको छ । तथापी भीआइपीहरुले अस्पतालहरुमा बेड र अक्सिजन नपाएको अवस्था भने छैन । सामान्य र आम नागरिकका लागि कहींकतै कोभिड–सिट नपाइरहेको अवस्थामा बिशिष्टहरु भने नर्भिक, ह्याम्स, मेडिसिटी, ग्रान्डी वा अन्य अस्पातलहरुमा ससम्मान भर्ना भैरहेका देखिन्छन् । आम जनसमुदायको रोस पनि यही छ कि सामान्य जनताका हकमा ‘आफ्नो स्वास्थ्य सुरक्षा आफैं गर्नु’ भनेर हात उठाउने सरकारले यी बिशिष्ट राजनेताहरुलाई किन र कसरी लगालग बिशिष्ट स्वास्थ्य सेवा दिन सकिरहेको छ ?

अर्कोतर्फ देशको मुख्य करदाता वर्ग सर्वसाधारणलाई भने आफ्नो स्वास्थ्यको ख्याल आँफै गर्न भनेर सरकारले हात उठाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ताले शुक्रवार बिज्ञप्ती जारी गर्दै ‘अस्पातलहरु भरिएका कारण अस्पातलमा हुने उपचार सहज नहुन सक्छ । त्यसैले यो महामारी बाट बाँच्नका लागि सावधानी अपनाउन’ अनुरोध गरेका छन् । त्यस्तै, काठमाडौं जिल्ला प्रशासनले थप बेडको ब्यवस्थापन, अक्सिजन जडित कम्तिमा एक हजार बेडको आइसोलेशन संचालनमा ल्याउने लगायतका काम तुरुन्त गर्न सरकारसँग आग्रह गरेको छ ।

शनिबार सार्वजनिक भएको सरकारी तथ्याकअनुसार, अहिलेसम्म ३ हजार २ सय ९८ नेपालीले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । संक्रिमतको कुल संख्या ३ लाख २९ हजार पुगेको छ भने अहिलेको संक्रमण दर ३१ प्रतिशतभन्दा माथि रहेको छ । स्थिती कस्तो भैसकेको छ भने सरकारको स्वास्थ्य मन्त्रालयले निकालेको सूचनामा ‘दिनानुदिन बृद्धि हुँदै गैरहेको मृत्युदरलाई मध्यनजर गरी मृतकको व्यवस्थापन गर्ने-जलाउने स्थानको ब्यबस्थाका लागि पनि पशुपति क्षेत्र विकास कोशलाई अनुरोध गरिएको’ अवस्था छ । शनिबार मात्रै पनि पशुपति क्षेत्रको बिद्युतीय शवदाह गृह र नियमित शवदाह गृह गरेर ५० भन्दा बढी शवहरु अन्तिम संस्कारको पर्खाइमा रहेका थिए । यो बाहेक जिल्ला र भित्री गाउँको महामारी संकट र मृत्युको हिसाब कहींकतै जोडिएको छैन ।

विश्वमा कोरोनाको संक्रमण सुरु भएको डेढ वर्ष पुगिसकेको छ । यो अवधिमा अमेरिका, बेलायत, इटली, फ्रान्स, ब्राजिल, स्पेन सहित भारत जस्ता मुलुकले लाखौंंको संख्यामा आफ्ना नागरिक गुमाइसकेका छन् । अती विकशित भनिएका यस्ता मुलुकमा कोरोना संक्रमणकै कारण मान्छेहरुको मर्ने क्रम अझै जारी छ । यसको तुलनामा नेपाल भाग्यमानी थियो । यो डेढ वर्षमा यदी सरकारले चाहेको भए अहिले थप्नका लागि आग्रह गरिएका अस्पातलमा आइसीयु कक्ष विस्तार, अक्सिजन जडित हजारौं बेड भएका आइसोलेशन सेन्टर र अक्सिजनको ब्यवस्थापना जस्ता कामहरु आरामसँग गर्न सकिन्थ्यो । तर त्यस्तो भएन ।

कोरोनाको यही महामारिका बिचमा स्रकार अथवा भनौं प्रधानमन्त्री केपी ओलीले मध्यावधी घोषणा गरे । दलिय तथा ब्यक्तिगत स्वार्थ अनुकुल हुनेगरी पटक पटक अध्यादेशहरु आए । दल नै टुक्रियो । राष्ट्रको सम्पूर्ण ध्यान प्रधानमन्त्री केपी ओलीको नालायकिमा केन्द्रित भयो । देशका कुनै पनि निकायले महामारीको सम्भावित परिणाम तर्फ सोच्नै पाएनन् । यो डेढ वर्षमा राजनीति यसरी धमिलो पारियो कि कोरोनाको कुरै छोडौं सामान्य झाडापखालालाई समेत नियन्त्रण गर्न सक्ने हुती सरकारसँग छैन । बेसार पानी र अबाका पातको रस खाएर कोरोना निको हुन्थ्यो भने तेस्रो विश्वले खरबौं खरब डलर यसको रोकथाममा खर्च गर्ने थिएनन् । यो परिणामको चेतावनी सम्बन्धित निकायले दिएकै हो । विश्व स्वास्थ्य संगठनले पटक पटक भनेकै हो । तर पनि सामान्य पूर्व तयारी नहुनु लाजमर्दो अवस्था हो ।

युरोप अमेरिका जस्ता विकशित भनिएका मुलुकहरुमा कोरोना यस्तो गतिमा फैलियो कि उनिहरुले कुनै तयारी गर्नै पाएनन । कालो बादलले आकाश छोपे जसरी एक्कासी छोपिए यि देशहरु । तर नेपालका लागि आधारभूत रुपमा तयारिको प्रशस्त समय थियो । केपी ओली प्रधानमन्त्रिको रुपमा कुनै हालतमा क्षम्य हुने छैनन् । कोरोनाका कारण मृत्‍यु भएका हरेक जिन्दगीको जिम्मेवारि एक्लो केपी ओलीले लिनु पर्छ । उचित उपचार नपाएर नागरिकको म्रित्यु हुनु भनेको सरकारका तर्फबाट गरिएको हत्यानै हो । त्यसैले यसको दोष केपीलाई जान्छ । यो सरकारले त्यो हत्याको जिम्म्वारी लिनुपर्छ । आर्यघाटमा लास जलाउन घण्टौं पर्खिनुपर्ने अवस्थाको सृजना मात्र केपी ओलीका कारणले भएको हो । प्रधानमन्त्रिको रुपमा ओली अपराधी प्रधानमन्त्री हुन् ।

तपाइँको प्रतिक्रिया