बिहीबार, वैशाख १३, २०८१

मे ३ देखि फ्रान्समा लकडाउन खुकुलो

नेपालप्लस संवाददाता२०७८ वैशाख १९ गते २१:४३

भोली सोमवार मे ३ देखि फ्रान्समा कोरोना भाईरस नियन्त्रणका लागि गरिएको लकडाउन खुकुलो पार्दै लगिने भएको छ । मे ३ देखि बिस्तारै खुकुलो पार्दै लगेर जुन ३० सम्ममा लकडाउन पूर्णरुपमा हटाईने राष्ट्रपती एमानुयल माख्रोंले केहि मेडियामार्फत् सार्वजनिक गरेका छन् ।

फ्रान्सेली राष्ट्रपतिले प्रेसलाई आफ्नो लकडाउनको योजना सुनाएका हुन् । उनले मे १९ देखि रेस्टुरेन्ट, बार्दली (टेरास) मा राखेर खान मिल्ने सुविधा भएका बार, सिनेमाघर र संग्रहालयहरू फेरि खोल्ने घोषणा गरेका छन् । हाललाई कर्फ्युको समय राती ९ बजेबाट लगाइने र त्यसलाई फेरि केहि समयमा ११ बजे पुर्‍याईने छ । त्यसैगरि उमेरको कारणले प्राथमिकतामा नपरेपनि स्वास्थ्य समस्याले अधिक तौल भएका वयस्कहरूका लागि खोप मे १ देखि खुला गरेको घोषणा गरेका छन् ।

सोमबार ३ मे देखि घरबाट १० किलोमिटर वरिपरि सिमित राखिएको यात्रा प्रतिबन्धको अन्त्य भएको छ । उच्च र माध्यमिक तहका स्कूलहरु खुल्ने तयारि गरिएको छ ।

हाल साँझ ७ बजे राखिएको राष्ट्रिय कर्फ्यू मे १९ देखि साँझ ९ बजे लाई बदलिनेछ । जुन ९ बाट बेलुका ११ बनाइने छ । जुन ३० बाट लकडाउन पूर्णरुपमा हटाइने वेस्ट फ्रान्स पत्रीकाले उल्लेख गरेको छ ।

होटेल, रेस्टुरेन्टका बाल्कोनी (टेरास) र संग्राहलय मे १९ बाट खोल्न पाइने छ । बुधवार मे १९ बाट छ जना व्यक्ति अटाउने टेबुल राख्न पाइने गरि होटेल, रेस्टुरेन्ट खोल्न दिईने छ । त्यसको साथै संग्रहालय, सिनेमाघर, थिएटरहरू र प्रदर्शन हलहरू सीमित क्षमतासहित पुनः खोल्न दिईनेछ । त्यस्ता हलमा इन्डोर (भित्र) भए ८०० जना र आउटडोर वा बाहिर खुला ठाउँमा भए एक हजार ब्यक्तिसम्म राख्न सकिने छ ।

खेल गतिविधिहरू कभर गरिएको स्थानहरूमा र खुला हावामा कडा प्रोटोकल अपनाएर फेरि सुरू गर्न सकिने छ । ६ जना व्यक्ति अटाउने टेबल राख्ने गरि क्याफे र रेस्टुरेन्ट जून ९ बाट सन्चालन गर्न सकिने छ । जून ३० मा गरिने कर्फ्यूको अन्त्य स्वास्थ्य स्थितिको आधारमा निर्णय हुने छ ।

जुन ३० तारिखमा कर्फ्यू पूर्ण रुपमा हटाउन स्थानियरुपमा स्वास्थको अवस्था हेरिने छ । स्थानिय स्वास्थ्य समितिले स्थिति अनुसार अनुमति दिन सक्नेछ ।

तथापि यी चरणहरू विभागहरु अनुसार अपनाईने छ । केहि विभागमा यि चरणहरु ढिलाइ हुन सक्छ जहाँ कोरोना भाईरस संक्रमण प्रत्येक एक लाखमा ४०० भन्दा बढि संक्रमित छन् । लेजाक्चुआलिते दाल्जास पत्रीकाका अनुसार घटना दर एक लाख बासिन्दाहरूमा ४०० भन्दा बढी भएमा बढि कडाई र सुरक्षा नियम अपनाईने छ ।

सांस्कृतिक कार्यक्रम आयोजक, खेलकूद आयोजक, ब्यापारिक शो र मेला आयोजकहरुले ५,००० व्यक्तिसम्म बस्नसक्ने कार्यक्रम आयोजना गर्न सक्ने छन् । स्वास्थ्य पास हुने विदेशीहरु संसारको अग्रणी पर्यटन गन्तव्य, फ्रान्स भ्रमण गर्न सक्षम हुने छन् । नाईटक्लबहरु भने बन्द रहने छन् । कुनै विशेष, गम्भिर रोग भएकाकालागि १८ वर्ष माथि छन् भने खोप लगाउन खुला गरिएको छ ।

सबैकालागि खोप लगाउन अनुमति खुला गर्नुअघि राष्ट्रपतीले १७०० खोप केन्द्रहरु खुलाउन खोजेकोपनि सार्वजनिक भएको छ ।

तपाइँको प्रतिक्रिया