शनिबार, वैशाख ८, २०८१

बंगलादेशमा दुई वटा डुंगा ठोक्किँदा दुई दर्जन भन्दा बढिको मृत्यु

नेपालप्लस संवाददाता२०७८ वैशाख २० गते १२:०१

Photo Credit-myanmarnews.net

बंगलादेशमा आज विहानै दुई वटा डुंगा एक आपसमा ठोक्किँदा दुई दर्जनभन्दा बढिको मृत्यु भएको छ ।

यात्रुहरु बोकेर समुद्रमा गैरहेको डुंगा (स्पिडबोट) बालुवा बोकेर समुद्री किनारतर्फ आइरहेको अर्को मालवाहक पानी जहाजसँग ठोक्किँदा कम्तिमा २६ जनाको मृत्यु भएको हो ।

शिबचर जिल्लाका सरकारी प्रशासकले पाँच जना बेपत्ता रहेको जनाएको फ्रंस २४ न्युजले उल्लेख गरेको छ ।

बगलादेश प्रहरीका अनुसार मावा शहरस्थित पद्म नदीमा करिब तीन दर्जन यात्रुहरू बोकेर गैरहेको डुंदा बालुवा बोकेर गएको पानी जहाजसित मध्य ग्रामीण शहर शिबचारको मुख्य नदी स्टेशन नजिक पुगेको बेला ठोक्किएको थियो ।

प्रहरी अधिकारी अमिर हुसेनले एएफपीलाई भने “हामीले अहिलेसम्म एक महिला सहित २६ जनाको लास फेला पारेका छौं । तीन बच्चालगायत ५ जना घाइतेलाई पनि बचाइएको छ ।”

हुसेनले एएफपीलाई बताए अनुसार मालवाहक पानी जहाजसित यात्रुवाहक डुंगा ठोक्किँदा डुंगाको धनु ध्वस्त भएपछि केहिबेर पानीमा डुबेको थियो ।

“प्रहरी, फायर ब्रिगेड र सेनाको उद्धार टोलीघटनास्थलमा पुगेको छ र त्यहाँ खोजी र उद्धार कार्य गरिरहेका छन्” उनले भने ।

प्रत्यक्षदर्शी अब्दुर रहमानका अनुसार डुंगा पानी जहाजमा ठक्कर खाएर जहाजहरू पल्टिँदा त्यहाँ ठूलो आवाज आएको थियो ।

“जब हामी घटनास्थलमा पुगेका थियौं, हामीले स्पीडबोट दुई टुक्रा भएको देख्यौं । प्रहरी र फायर ब्रिगेड आइपुग्नु अघि सयौं गाउँलेहरूले तुरुन्तै आएर उद्दार थालेका थिए” उनले भने ।

बंगलादेशले देशको सबैभन्दा ठूलो सडक र रेल स्टेसन दूर्घटनास्थल नजिक बनाइरहेको छ ।

निर्माण कार्यले नदीमा फेरी (डुंगा) यातायातलाई सुस्त बनाएको छ । फेरी (डुंगा) सुस्त हुँदा धेरैलाई कम सुरक्षित मानिने स्पीडबोटहरूमा यात्रा गर्न प्रेरित गरेको छ । स्पिडबोटबाट १५ मिनेट मात्र लाग्छ तर डुंगामा करिब दुई घण्टा लाग्छ । तर डुंगाबाट पार गर्दा बढि सुरक्षित छ भने स्पिटबोडबाट गरिने यात्रा बढि जोखिमयुक्त मानिन्छ ।

बालुवा ढुवानी गर्ने जहाजहरू पानीमा कम बस्दछन् र मौसम खराब भएका बेला प्रकाश कम हुनेहुँदा तिनलाई देख्न गाह्रो हुन्छ । यस्तो बेला तिब्र गतिमा आएका यात्रुवाहक डुंगाहरु ठोक्किने गर्छन् ।

अप्रिलको शुरुमा मध्य भागमा पर्ने शहर नारायणगंजबाट ५० यात्रु लिएर घर आउँदै गरेको फेरी ठूलो कार्गो जहाजसित ठोक्किँदा ३० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

गत वर्ष जुन महिनामा पनि ढाकामा एउटा फेरीको पछिल्लो भागमा अर्को डुंगा ठोक्किँदा डुबेर ३२ जनाको ज्यान गएको थियो ।

फर्वरी २०१५ मा यात्रुले भरिएको एउटा जहाज कार्गो डुंगामा ठोक्किँदा कम्तिमा ७८ जनाले ज्यान गुमाएका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक