शुक्रबार, चैत १६, २०८०

संसारका लगभग सबै हिमनदीहरूको पग्लिने क्रम द्रुत गतिमा

नेपालप्लस संवाददाता२०७८ वैशाख २० गते १६:२२

Photo-Sharad Joshi/ ICIMOD Via Nepali Times

संसारका लगभग सबै हिमनदीहरू द्रुत गतिमा पग्लिइरहेका छन् । ति हिमनदीहरुले आफ्नो मोटाई र हिउँको बाक्लोपन गुमाइरहेको वैज्ञानिकहरुले औंल्याएका हुन् ।

नेचर जर्नलमा प्रकाशित आलेखका अनुसार अन्वेषणकर्ताहरु भन्छन “यो नतिजा अहिलेसम्मको सबैभन्दा विस्तृत र सटीक तथ्यांकमा आधारित छ । पहिलो अध्ययन अनुसार विश्वको हिमनदीका लगभग २ लाख २० हजार समाहित छन् । धेरै विश्वविद्यालय र संस्थाहरूले यो अध्ययनमा योगदान पुर्‍याएका थिए ।

सन् २००० र २०१९ को बीचमा विश्वका हिमनदीहरूले प्रति वर्ष सालाखाला कुल २६७ गिगाटोन बरफ गुमाएका छन् । यो भनेको स्विजरल्याण्डलाई छ मिटर पानीमुनि राख्न पर्याप्त स्थान हो । हिमनदीको बरफ पग्लिने दर वर्षैपिच्छे बृद्धि भएको छ । सन् २००० देखि २००४ मा पग्लिने क्रम २२७ गिगाटोन थियो । तर २०१५ देखि २०१९ मा यो २९८ गिगाटोन पुग्यो । गत १५ वर्षको अवधिमा हिमनदीहरूले ३१ प्रतिशत बढी हिउँ र बरफ गुमाएका छन् ।

तिनीहरूको गणनाको लागि अनुसन्धानकर्ताहरूले फोटोहरू प्रयोग गरेका थिए । मल्टिस्पेक्ट्रल इमेजर भनिने प्रिथ्वीका हिमनदीको तस्विर लिने प्रविधी मार्फत नासाको टेरा उपग्रहले लिएका तस्विरहरु अवलोकन गरिएको थियो । आस्टर इमेजर भनिने प्रविधीसँग दुई क्यामेरा छन् जसले अग्लो र तल्लो भागका उच्च-रिजोलुसन मोडेलहरू प्रदान गर्दछन् । यी साथसाथै एक सुपर कम्प्युटरको पनि प्रयोग गरिएको थियो ।

टोली बरफको मोटाई र द्रव्यमानमा परिवर्तनहरू मापन गर्न सक्षम भयो । अध्ययनले ग्रीनल्याण्ड र अन्टार्कटिकाको बफरका ढिक्का वा बरफको भाग समावेश गरेको छैन ।
यस अनुसन्धानलाई जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सरकारी प्यानलको अर्को मूल्यांकन रिपोर्ट (युनाईटेड नेसन्स इन्टर गर्मेन्टल प्यानल अन क्लाईमेट चेन्ज-आइपिसिसी) मा समावेश गरिने छ ।

“हाम्रो खोजी राजनीतिक तहमा महत्त्वपूर्ण छ । सबैभन्दा खराब मौसमको अवस्थालाई रोक्न विश्वले अहिले नै कदम चाल्नुपर्दछ” ईटीएच जुरिचको हिमनदी समूह, वन, हिउँ र भूद्रिष्य अनुसन्धान गर्ने डब्ल्यूएसएलका हिमनदी समूहका प्रमुख डेनियल फारिनोटी भन्छन् ।

केहि सबभन्दा द्रुत गतीमा पग्लने हिमनदीहरू अमेरिकाको अलास्का, आइसल्याण्ड र आल्प्स हिमाली क्षेत्रमा छन् । अध्ययनमा संलग्न लेखकहरूले आउने केही दशकहरूमा हिमालयमा पग्लिएको पानीको अभावले भारत र बंगलादेशमा खानेपानी र खाद्य सुरक्षा बढाउने भन्दै चिन्ताको रूपमा औल्याएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक